काठमाडौं- मोहन वैद्य नेतृत्व नेकपा–माओवादीभित्र चर्किएको विवादले भक्तपुरमा छुट्टाछुट्टै जिल्ला कमिटी गठन भएका छन्। नेवाःराज्य समितिअन्तर्गत पहिलो पटक भक्तपुरमा आयोजना गरेको जिल्ला सम्मेलनमा नेतृत्वमा सहमति हुन नसकेपछि समानान्तर कमिटी निमार्ण भएका हुन्।निवर्तमान जिल्ला सेक्रेटरी तिलक मल्ल र दिवाकर श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै जिल्ला कमिटी गठन भएपछि सो विवाद पार्टी मुख्यालय बुद्धनगरमा आइपुगेको छ। 'दिवाकरजी र मेरो नेतृत्वमा छुट्टाछुट्टै कमिटी निमार्ण भएका छन,' मल्लले नागरिकसँग भने, 'बहुमत सदस्य र प्रतिनिधि मेरो साथमा छन, त्यसैले म आधिकारिक हुँ।' उनका अनुसार श्रेष्ठको नेतृत्वमा रहेका २६ मध्ये १४ जना आफनो पक्षमा रहेको र १ सय ४० प्रतिनिधिमध्ये ८१ जना आफ्नो पक्षमा छन्।
अरनीको सभा हलमा आइतवार भएको जिल्ला सम्मेलनमा उपाध्यक्ष सीपी गजुरेल, प्रवक्ता पम्फा भुषाल र केन्द्रीय सदस्यहरु ईश्वरी दाहाल, दिलिप प्रजापतिलगायतको उपस्थिति थियो। नेतृत्वमा सहमति हुन नसकेपछि गजुरेल र प्रजापतिले श्रेष्ठ नेतृत्वलाई चयन गरेर फर्किएपछि मल्ल समूहले छुट्टै जिल्ला समिति गठन गरेको हो। मल्लको समुहले ५१ सदस्सीय र श्रेष्ठको समुहले २६ सदस्सीय जिल्ला कमिटी गठन गरेको घोषणा गरेका छन्।
श्रेष्ठसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन्। माओवादीभित्रको विवादले भक्तपुरमा पहिलो पटक समानन्तर कमिटी निमार्ण गराएको हो भने कतिपय जिल्लामा विवाद बढ्दा जिल्ला सम्मेलन स्थगित हुन पुगेका छन्।