काठमाडौं- 'संविधान सभा/ब्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली २०७०' पारित गरेको छ। शुक्रबार बसेको संविधान सभा बैठकले सो नियमावली पारित गरेको एमाले सभासद् रविन्द्र अधिकारीले जानकारी दिएका छन्। संविधान सभा नियमावली पास भएपछि संविधान लेखनको प्रकृया सुरु गर्न बाटो खुलेको छ।यसैगरी संसद्को नियमावली पास भएपछि संसद्मा् अब 'विजिनेस' सुरु गर्न औपचारिकरुपमा बाटो खुलेको छ। संविधान सभा र ब्यवस्थापिका संसदको नियमावली पास हुन नसक्दा औपचारिकरुपमा बैठक सुरु हुन सकेको थिएन।
नयाँ संविधान कसले प्रमाणीकरण गर्ने, ककस राख्नेप कि नराख्ने र संविधान सभाभित्र ह्विप लगाउने कि नलागउने भन्ने विषयले संविधान सभा नियमावली पास हुन सकेको थिएन। फागुन १० गतेभित्र नियमावली निर्माण गरेर संविधान लेखन सुरु गर्ने प्रकृया सोही विषयहरुमा विवाद हुँदा अल्झेको थियो। नियमावली पास हुने बितिकै संविधान सभाका पाँच वटा समितिमा सदस्य चयन गर्ने कार्य सुरु हुनेछ।