काठमाडौं-पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै विपक्षी दलले मंगलबार व्यवस्थापिका संसदको बैठक चल्न दिएनन्। विरोधका कारण संसदको बैठक कार्यसूचीमा प्रवेशै नगरी बुधबारसम्मका लागि स्थगित गरिएको छ।
संविधानसभा निर्वाचनपछि बसेको संसदको बैठकमा पहिलोपटक विपक्षीको विरोधका कारण सदन स्थगित भएको हो। संसदमा सत्तारुढ दलका नेताले समेत मूल्यवृद्धिको चर्को विरोध गरेका थिए।
व्यवस्थापिका संसदको बैठक सुरु हुनासाथ ढ्यापढ्यापको समयमा कांग्रेसका सभासद अर्जुननरसिंह केसीले खानेपानी र दूधको मूल्य बढाएको केही दिन बित्न नपाउँदै सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध गरेका थिए। 'निमुखा, निश्चित आय भएका र सीमान्तकृत जनतालाई आर्थिक भार थप्नेगरी सरकारले मूल्यवृद्धि गरेको छ,' केसीले भने, 'सरकारको बजार अराजकताले जनता मारमा परेका छन्।'
नेपाल आयल निगमभित्र भएको चुहावट र अनियमितता छानबिन नगरेर सरकारले मूल्यवृद्धि गरेको जनाउँदै उनले निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गरे। उनले सबै मूल्यवृद्धि फिर्ता लिनसमेत आग्रह गरेका थिए।
नेकपा एमालेका सभासद केशव बडालले पनि मूल्यवृद्धिको मार समग्र क्षेत्रमा पर्ने भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका थिए। त्यसपछि विपक्षमा रहेका एकीकृत नेकपा माओवादी र राप्रपा नेपालले सरकारले जनतालाई आक्रान्त पार्ने गरी मूल्यवृद्धि गरेको भन्दै एकसाथ विरोध गरे।
'जनतालाई राहत र सुशासन दिने भने पनि सरकारले मूल्यवृद्धि गरेको छ,' एमाओवादी नेता गिरिराजमणि पोखरेलले भने, 'मूल्यवृद्धि फिर्ता नभएसम्म सदनका कुनै पनि काम अघि बढ्न सक्दैन।'
विपक्षीको विरोधबीच सभामुख सुवास नेम्वाङले सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री सुशील कोइरालालाई समय उपलब्ध गराएका थिए। तर प्रधानमन्त्री कोइरालाले बिमस्टेक सम्मेलनका बारेमा मात्रै जानकारी गराएपछि विपक्षी दलका नेताले आक्रोश पोख्दै विरोध कायमै राखे। प्रधानमन्त्री कोइरालाले बिमस्टेक सम्मेलनमा नेपालको सहभागिता र त्यहाँ रहँदा गरिएको 'साइडलाइन' वार्ताका विषयमा मात्र सदनलाई जानकारी गराएका थिए।
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आयल निगमको अक्षमता र भ्रष्टाचारका विषयमा ध्यानै नदिई सरकारले एक्कासि मूल्यवृद्धि गरेको बताउँदै फिर्ता नभएसम्म सदनका कुनै पनि काम अघि नबढाउन सभामुख नेम्वाङसँग आग्रह गरे।
विपक्षी दलका नेताले लगातार विरोध गरेपछि अर्थमन्त्री रामशरण महतले संसदलाई जवाफ दिएका थिए। अर्थमन्त्री महतले बाध्यात्मक अवस्थामा सरकारले अप्रिय निर्णय गर्नुपरेको बताए। '१ महिनामा १ सय ७० करोडको घाटा छ,' उनले भने, 'आयल निगममा केही व्यवस्थापकीय कमजोरी होलान् तर त्यो अत्यन्त न्यून हो।' उनले सरकार जमानी बसेर र आफैंले आयल निगमलाई अबर्ौं रकम उपलब्ध गराए पनि घाटा कम हुन नसकेको भन्दै बाध्यकारी अवस्थामा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्न सरकार तयार रहेको बताएका थिए।
'आयल निगमलाई सरकारको ग्यारेन्टीमा नागरिक लगानी कोष र सञ्चय कोषले १८ अर्ब रुपैयाँ बुझाएको छ,' उनले भने, 'त्यसमा सरकारले करिब १२ अर्ब रुपैयाँ पनि दिएको छ।' उनले आइओसीले तत्काल ५ अर्ब रुपैयाँ भुक्तानी नगरे आपूर्ति बन्द गर्ने सम्भावना रहेकाले पनि मूल्यवृद्धि गर्नुपरेको बताएका थिए।
उनले दिएको जवाफ पनि टालटुले भएको भन्दै विपक्षीले कुनै पनि हालतमा संसदको काम अघि नबढाउन दबाब दिएपछि बैठक आधा घन्टाका लागि स्थगित भएको थियो।
'प्रधानमन्त्रीले यसबारेमा कुनै जानकारी नै गराउनुभएन,' एमाओवादी नेता कृष्णबहादुर महराले भने, 'सत्तापक्षकै सभासदबाट यसको विरोध गरिएको छ। अर्थमन्त्रीले दिएको जवाफ पनि टालटुले छ। यो समस्या समाधान होइन। त्यसैले सदनको कामकारबाही अघि बढ्न सक्दैन।'
प्रधानमन्त्रीसहित सरकारी टोली र विपक्षीबीच भएको वार्तामा सरकारले ५० प्रतिशतसम्म मूल्य घटाउने प्रतिबद्धता जनाएको थियो। यसमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लचिलो भए पनि राप्रपा नेपालका अध्यक्ष थापाले नमानेपछि वार्ता असफल भयो।
'सरकारले गरेको प्रस्तावमा एमाओवादीका नेताहरू लचिलो हुनुभएको थियो,' वार्तामा सहभागी एक नेताले भने, 'तर, राप्रपा नेपाल भने मूल्यवृद्धि पूरै फिर्ता नभएसम्म सदन चल्न नसक्ने अडानमा रहेकाले सहमति हुन सकेन।'
आधा घन्टाका लागि स्थगित भएको बैठक साढे ३ घन्टापछि चलेको थियो। तर, विपक्षी दलका नेताले माग पूरा नभएसम्म सदन नचलाउन आग्रह गर्दै उठेर विरोध जनाएपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो।
बैठकमा एमाओवादी अध्यक्ष दाहालले संकेत गरेपछि विपक्षी दलका सभासदले उठेर विरोध जनाएका थिए। एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत सबैजसो दलले विरोध जनाएका थिए।