काठमाडौं- संविधान सभा नियमावली मस्यौदा समितिको कार्यवधि दोस्रोपटक थपिएको छ। मस्यौदामा सहमति नजुटेपछि दोस्रोपटक दस दिन म्याद थपिएको हो। संविधान सभा नियमावली मस्यौदा तयार पार्न यसअघि फागुन १० सम्म समय दिएको थियो।
त्यसमा पनि सहमति नजुटेपछि एक हप्ता थपिएको थियो।
समितिका संयोजक लक्ष्मणलाल कर्णका अनुसार पुनः सहमति नजुटेपछि दस दिनलाई म्याद मागेपछि आज संविधान सभाले अनुमोदन गरेको हो। संविधान सभाको आगामी बैठक फागुन २९ गते बस्नेछ।