काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ संविधान राष्ट्रपति वा संविधानसभाका सभाध्यक्षमध्ये कसबाट जारी गराउने भन्नेमा विवाद उत्पन्न भएकाले संविधानसभा नियमावली मस्यौदामा आइतबार पनि सहमति जुट्न सकेन।
आइतबार १३ घन्टाभन्दा बढी समय चलेको नियमावली मस्यौदा समितिको बैठकमा सरकारको नेतृत्वकर्ता कांग्रेसले राष्ट्रपति र एमालेले संविधानसभा अध्यक्षबाट जारी गराउनुपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको हो।
एमालेले संविधानसभा नियमावली २०६५ मा व्यवस्था भएअनुसारै नयाँ नियमावलीमा पनि 'सभाध्यक्षले प्रमाणीकरण गर्नुपर्ने' व्यवस्थाकै पक्षमा अडान लिएको थियो। कांग्रेसले भने पुरानो व्यवस्था संशोधन गर्दै राष्ट्रपतिबाट गराउनुपर्ने जिकिर गरेको थियो। राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिबाटै संविधान प्रमाणीकरण गरिनुपर्ने तर्क कांग्रेसले राखेको हो।
कांग्रेस–एमाले विवादपछि एकीकृत नेकपा माओवादीका प्रतिनिधिले पुरानै नियमावलीमा व्यवस्था भएअनुसार अघि बढ्न सुझाव दिएका थिए। 'संविधानसभा नियमावली २०६५ मा सभाध्यक्ष र राष्ट्रपति दुवैको भूमिका रहेकाले त्यसैअनुसार अघि बढ्न सुझाव दियौं,' समितिमा सदस्य रहेका एमाओवादी सभासद रामनारायण बिडारीले आइतबार नागरिकसँग भने।
संविधानसभा नियमावली २०६५ को नियम १०८ मा भने संविधानको विधेयक संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्ने र राष्ट्रपतिले सार्वजनिक गर्ने व्यवस्था छ। नियम १०८ को उपनियम २ मा 'संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीकरण भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्ने' उल्लेख छ।
उपनियम ३ मा 'प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोह आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली जनतासमक्ष संविधान सार्वजनिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने' उल्लेख छ।
बैठकमा चौथो ठूलो दल राप्रपा नेपालले कांग्रेस–एमालेलाई आपसी सहमति गरी छिटो टुंग्याउन आग्रह गरेको थियो। अन्य साना दलले भने कांग्रेसलाई साथ दिएका थिए। संविधानसभामा प्रतिनिधित्व गर्ने ३० वटै दलका प्रतिनिधि रहेको नियमावली मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि कांग्रेस–एमालेबीच मात्रै छुट्टै बैठक बसेको थियो। त्यसमा पनि सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठकपछि बस्नेगरी समितिको बैठक आइतबार राति अबेर सकिएको छ। व्यवस्थापिका संसदको बैठक सोमबार बस्ने भएको छ।
तराई मधेस लोकतान्त्रिक पार्टीका बृजेशकुमार गुप्ताले समितिमा प्रमुख दलबीच नै सहमति हुन नसकेको बताए। 'प्रमुख दलबीच नै विवाद देखिएका कारण मस्यौदामा सहमति हुन नसकेको हो, त्यसमा साना दलको अवरोध छैन,' गुप्ताले नागरिकसँग भने, 'मुख्यतः कांग्रेसले राष्ट्रपतिबाट र एमालेले सभाध्यक्षबाट नयाँ संविधान प्रमाणीकरण हुनुपर्ने अडान राखेपछि आजको बैठक विनानिष्कर्ष टुंगियो।'
समिति बैठकमा संविधानसभाभित्र ह्विप लगाउने कि स्वविवेक प्रयोग गर्न पाउने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन। आफ्नो एजेन्डा स्थापित गराउन दबाबमूलक संस्था ककसबारे पनि अझै सहमति जुट्न सकेको छैन।
'संविधानसभाभित्र ह्विप लगाउने/नलगाउने विषयमा फरक–फरक धारणा आएका छन्,' संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सभासद रुक्मिणी चौधरीले भनिन्, 'ककस गठन गर्ने/नगर्नेबारे पनि सहमति जुट्न बाँकी छ।' उनका अनुसार यी विषयमा दलका फरक–फरक धारणा आएपछि थप छलफल गरेर टुंग्याइने भएको छ।
समिति संयोजक तथा सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले धेरैजसो विषयमा समितिभित्र सैद्धान्तिक सहमति जुटिसकेको जानकारी दिए। 'संविधानसभाभित्र कुन–कुन समिति रहने भन्नेलगायत विषयमा सैद्धान्तिक सहमति भइसकेको छ,' संयोजक कर्णले भने, 'नयाँ संविधान प्रमाणीकरण, ककस, ह्विप वा स्वविवेकको मत प्रयोगबारे अझै छलफल गर्न बाँकी छ।'
कर्णका अनुसार ती विषयमा फेरि छलफल गर्न सोमबार बैठक राखिएको छ। सोमबार व्यवस्थापिका संसदको बैठकलगत्तै समितिको बैठक बसेर सहमतिको प्रयास गरिने नेताहरूले जानकारी दिएका छन्।
संविधानसभा बैठकले फागुन १० भित्रै नियमावली मस्यौदा निर्माण गर्ने समयावधि तोकिए पनि उक्त समयभित्र समितिले नियमावली निर्माण गर्न सकेको थिएन। समयावधि सकिएको एक साता नाघिसक्दा पनि दलहरूबीच सहमति जुट्न नसक्दा संविधानसभाले काम पाएको छैन।
सभासद प्रेमबहादुर सिंहका अनुसार अघिल्लो संविधानसभामा रहेको संवैधानिक समितिको सट्टा पछिल्लो संविधानसभामा भने 'संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति' नामक नयाँ समितिको व्यवस्था गरिएको छ।
'यो समितिलाई संविधानसभाभित्र रहेका र त्यसभन्दा बाहिर रहेका शक्ति र सरोकारवालासँग सहमति खोज्ने अधिकार दिइएको छ,' सिंहले भने, 'अन्य समितिमा हुन नसकेको सहमतिलाई यो समितिमा ल्याएर टुंगाउने अधिकार पनि प्राप्त छ।'