वार्तामै बसेन एमाले
०१ फागुन २०७०
•
११ मिनेट पाठ
वार्तामै बसेन एमाले
काठमाडौं-सत्ता बाँडफाँटमा देखिएको विवादमा सहमति खोज्न नेपाली कांग्रेसले पटकपटक छलफलमा बोलाउँदा पनि अर्का सत्ता साझेदार एमालेले गृहको अडान दोहोर्‍याउँदै वार्ता अस्वीकार गर्दै आएको छ।




कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि भएको द्विदलीय सहमतिअनुसार उपप्रधानमन्त्री र गृहमन्त्री नदिएको भन्दै एमालेले बिहीबार पनि वार्ता अस्वीकार गरेको छ। कांग्रेसले मंगलबार र बुधबार वार्तामा बोलाउँदा पनि एमालेले अस्वीकार गरेको थियो।

एकपटक सहमति भइसकेको विषयमा फेरि थप वार्ता हुन नसक्ने, तर त्यसबाहेकका अन्य विषयमा मात्रै कांग्रेससँग कुराकानी गर्न सकिने एमाले अडान छ।

एमाले सचिव शंकर पोखरेलले कांग्रेस सहमतिबाट पछि हटेकाले पूर्वसहमति कार्यान्वयन नभएसम्म वार्ता हुन नसक्ने बताए।

'कांग्रेसले यसअघि भएका सहमति कार्यान्वयन गरेको अवस्थामा मात्रै वार्ता हुन सक्छ,' पोखरेलले नागरिकसँग भने, 'सहमति भइसकेको विषयमा थप छलफल र वार्ता गर्नुको औचित्य छैन। यस विषयमा एमालेले थप कुराकानी गर्र्दैन।'

कांग्रेस र एमालेबीच मन्त्रिपरिषदमा एउटा मात्रै उपप्रधानमन्त्री रहने र गृहमन्त्रीसहितको उपप्रधानमन्त्रीको जिम्मेवारी एमालेलाई दिने सहमति भएको पनि उनले बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीको विषयमा सहमति भइसकेको भन्दै एमालेले कांग्रेसले बोलाएको वार्ता अस्वीकार गर्दै आएको हो। मन्त्रालय बाँडफाँटबारे कुराकानी गर्न प्रधानमन्त्री सुशील कोइरालाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई मंगलबार साँझ, बुधबार र बिहीबार गरी तीनपटकसम्म वार्तामा आउन आग्रह गरे पनि उनी गएका छैनन्।

आफ्नो शपथ बहिस्कार गरेकै साँझ प्रधानमन्त्री कोइरालाले एमाले संसदीय नेता ओलीलाई छलफलमा बोलाएका थिए। तर उनी गएनन्। त्यसपछि कोइरालाले बुधबार बालकोट नै आएर वार्ता गर्ने खबर ओलीलाई पठाएका थिए।

यता, ओलीले भने कांग्रेस–एमालेबीचको सातबुँदे सहमति कार्यान्वयन नभएसम्म सत्ता बाँडफाँटबारे विषयमा थप वार्ता नै हुन नसक्ने सन्देश पठाए।

'कोइरालाले मंगलबार कुराकानी गर्न आउन सन्देश पठाउनुभएको थियो। पछि, बुधबार बालकोट नै आएर वार्ता गर्ने सन्देश पनि पठाउनुभयो,' ओलीका स्वकीय सचिव रमेश आचार्यले नागरिकसँग भने, 'सातबुँदे सहमति गरेर त्यसबाट कांग्रेस पछि हटेको भन्दै मन्त्रालय बाँडफाँटको विषयमा उहाँ (ओली) ले थप वार्ता नगर्ने खवर पठाउनुभयो।'

आचार्यका अनुसार ओलीले गृहबाहेकका बाँकी मन्त्रालयको बाँडफाँट, सरकारका नीति तथा कार्यक्रमजस्ता विषयमा मात्रै थप वार्ता हुने बताएका छन्।

कोइरालाले बिहीबार फेरि ओलीसँग वार्ता र छलफल गर्न चाहेका थिए। ओलीले पुरानै अडान दोहोर्‍याएकाले सम्भव हुन सकेन।

ओलीले मात्र होइन, एमालेका अन्य नेताले पनि वार्तामा बस्ने विषय अस्वीकार गर्दै आएका छन्। स्रोतहरूका अनुसार एमाले अध्यक्ष झलनाथ खनालले पनि वार्ताका लागि रुचि देखाएका छैनन्। खनाल र ओलीलगायत शीर्ष नेताले वार्तामा बस्न अस्वीकार गरेपछि कोइरालाले एमालेका दोस्रो तहका नेताहरूसँग वार्ता गर्न चाहेका थिए। तर, त्यस्तो वार्तासमेत हुन सकिरहेको छैन।

एमालेका विभिन्न तहका नेताहरूसँग कुराकानी प्रयास भइरहेको, तर एमाले नेताहरूले छलफलमा आउन नै अनिच्छा व्यक्त गरेको कोइराला निकट स्रोतले पनि जानकारी दिएको छ।

'उहाँ (एमाले नेता) हरूलाई वार्ताका लागि बोलाइरहेका छौं। तर, उहाँहरूले समय दिनुभएको छैन,' कोइराला निकट स्रोतले भन्यो। तर, वार्ता प्रयास भने जारी रहेको र शुक्रबारको व्यवस्थापिका संसद बैठकअघि सहमति हुने पनि स्रोतले दाबी गरेको छ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाललगायत नेताहरू भने शुक्रबारको व्यवस्थापिका संसदको बैठकअघि नै समाधान खोज्न सक्रिय छन्।

त्यसअघि नै यो विषय नसल्टाए विवाद संसदमा पुग्ने र त्यसैका कारण थप पेचिलो बन्ने निष्कर्ष निकाल्दै उनीहरु समाधानका लागि सक्रिय भएका हुन्। उनीहरूले कोइरालालाई भेटी यो विषय शीर्ष तहबाट समाधान खोज्न दबाब दिएका छन्। व्यवस्थापिका संसदको शुक्रबारको बैठक १ बजे बस्दैछ।

प्रधानमन्त्री निर्वाचनअघि भएको द्विदलीय बैठकमा गृह मन्त्रालयसहितका १३ वटा मन्त्रालय आफूहरूलाई दिने सहमति भएको एमालेले बताउँदै आएको छ। तर, कांग्रेसले गृह मन्त्रालय एमालेलेलाई दिने विषयमा सहमति नभएको बताउँदै आएको छ। प्रधानमन्त्री कोइरालाले समेत गृह मन्त्रालय दिने सहमति नभएको बताएका छन्। कांग्रेसका वार्ता समितिका सदस्यहरूले समेत गृह दिने सहमति नभएको दाबी गर्दै आएका छन्।

पूर्वसहमतिअनुसार एमालेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री दिने/नदिने विषयमा कांग्रेसभित्र पनि मतभेद छ। महामन्त्री प्रकाशमान सिंह एमालेलाई गृह मन्त्रालय दिन नहुने पक्षमा छन्। उनी आफैं उपप्रधानमन्त्रीसहित गृहमन्त्रीका आकांक्षी हुन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि एमालेलाई गृह दिनै नहुने पक्षमा छन्।

कोइरालाले संसदीय दल निर्वाचनअघि आफूलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री दिने बाचा गरेकाले त्यसैअनुसार हुनुपर्ने सिंहको दाबी छ। वरिष्ठ नेता शेरबहादुर देउवाले भने गृह मन्त्रालय महत्वपूर्ण भएकाले यो विषयमा निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसँगै हुनुपर्ने बताएका छन्।

अर्का महामन्त्री सिटौला, रिजाललगायत नेता भने पूर्वसहमतिअनुसार एमालेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय दिनुपर्ने पक्षमा छन्। 'गृह मन्त्रालय अरु मन्त्रालयको दाँजोमा त्यत्तिको ठूलो, संवेदनशील मन्त्रालय भन्ने मलाई लाग्दैन,' सिटौलाले नागरिकसँग भने, 'गृह दिनै नसकिने र गृहबाहेक आउनै नसकिने दुवै अतिवादी विचार हुन्।'

सत्तासाझेदार दललाई सहमति गरेपछि धोका दिन नहुने पक्षमा पनि सिटौलालगायत नेता छन्। कांग्रेसले वार्ताका लागि नेताहरू रामशरण महत र दीपकुमार उपाध्यायलाई जिम्मा दिए पनि यो कार्यदलले सहमति गर्न नसकेपछि अन्त्यमा सिटौला, रिजाललगायतको पहलमा सहमति भएको थियो। वार्ताकारद्वय महत र उपाध्याय एमालेलाई गृह मन्त्रालय दिने सहमति नै नभएको दाबी गर्छन्।

यता, एमाले नेताहरूले भने सहमतिको कार्यान्वयनन नगरेर कांग्रेसले धोका दिएको बताउँदै आएका छन्। सिटौलाले चाहिँ कसैले, कसैलाई धोका नदिएको बताउँदै नागरिकसँग भने, 'शीर्ष नेताबीच भएको समझादारीमा केही तुषारापात भएको पक्कै हो। अन्यथा यस्तो हुने थिएन।' जति ढिला भयो त्यति समस्या बल्झँदै जाने पनि उनको धारणा छ।

एमालेले मन्त्रिपरिषदमा एक मात्रै उपप्रधानमन्त्री राख्ने र उप प्रधानसहित गृह मन्त्रालय एमालेले पाउने सहमति भएको बताउँदै आएको छ। सहमतिप्रति कांग्रेस नेतृत्वले धोका दिएको बताउदै एमालेले मंगलबारको कोइरालाको सपथ ग्रहण समारोहलाई समेत बहिस्कार गरेको थियो। एमालेका अध्यक्ष भलनाथ खनाल र माधवकुमार नेपाल भने सपथ समारोहमा पूर्व प्रधानमन्त्रीको हैसियतमा भाग लिएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस