सुदूरपश्चिम प्रदेश : आगामी बजेट २९ अर्ब
३१ जेष्ठ २०७८
•
२ मिनेट पाठ
सुदूरपश्चिम प्रदेश : आगामी बजेट २९ अर्ब
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।  




प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याउन लागेको बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ । प्रदेश सरकारले चालु आव २०७७/७८ मा रु साढे ३३ अर्बको बजेट ल्याएको थियो । मन्त्रालयका अनुसार आव २०७८/७९ को बजेट रु २८ देखि २९ अर्बका बीचमा आउनेछ ।

मन्त्रालयका अनुसार संघीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुुनाका साथै चालू आवको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आवको बजेटको आकार घट्नेछ ।  

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले कोरोना महामारी रोकथामका लागि लामो समयसम्म जारी निषेधाज्ञाका कारण  विकास निर्माणका योजनासमेत प्रभावित भएकाले चालु आवको बजेटमा डेढ अर्बदेखि दुई अर्ब बचत हुने बताए । अघिल्लो आव २०७६/७७ मा कोरोना महामारी रोकथामका लागि भएको लकडाउनका कारण विकास निर्माणका योजनासमेत प्रभावित हुँदा रु १० अर्ब ५७ करोड बचत भएको जनाइएको छ ।  

चालु आवमा जारी निषेधाज्ञामा पनि प्रदेशमा विकास निर्माण कार्य नरोकिएकाले बजेट खर्च ९० प्रतिशतभन्दा बढी हुने मन्त्रालयका सूचना अधिकारी साउँदको भनाइ छ । मन्त्रालयले दिएको जानकारीअनुसार आगामी आवमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन हुनेछ । सो मन्त्रालयले रु आठ अर्ब ४३ करोडको बजेट सिलिङ पठाएको छ । चालु आवमा भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट साढे ११ अर्बको रहेको छ ।

प्रदेश सरकारले आगामी आवमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयका लागि चार अर्ब ४५ करोड बजेट विनियोजन हुने मन्त्रालयका सूचना अधिकारी साउँदले बताए ।  चालु आवमा सामाजिक विकास मन्त्रालयको बजेट करीब  ६ अर्बको छ ।

यसैगरी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु दुई अर्ब ३४ करोडको बजेट सिलिङ पाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई  एक अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रु ३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रु ३१ करोडको बजेट विनियोजन गर्ने तयारी गरिएको जनाइएको छ ।

सङ्घीय सरकारबाट आगामी आव २०७८/७९ का लागि प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ रु आठ अर्ब ५४ करोड ४० लाख, ससर्ततर्फ रु चार अर्ब १९ करोड ३३ लाख, विशेष अनुदानतर्फ रु ६१ करोड ३५ लाख र समपूरक अनुदानतर्फ एक अर्ब २२ करोड ९४ लाख  विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आगामी आवमा संघीय सरकारबाट १० अर्ब ६३ करोड १७ लाख चालुतर्फ र  तीन अर्ब ९४ करोड ८५ लाख पूँजीगततर्फ गरी जम्मा १४ अर्ब ५८ करोड दुई लाख अनुदान पाउने जनाएको छ ।  

प्रदेश सरकारको आन्तरिक राजश्व परिचालनबाट  ८० करोड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँडबापत प्राप्त रकम र चालु वर्षको बजेट बचतलाई समावेश गरी आगामी वर्षको बजेट निर्माण गरेको जनाइएको छ । रासस
अर्को समाचार
सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
०२ असार २०८१
•
४ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ।




सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा सो बजेट प्रस्तुत गरे।

चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार अर्थात् ३५ प्रतिशत विनियोजन गरिएको छ। यस्तै पूँजीगतर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ४२ प्रतिशत विनियोजन गरिएको छ।

प्रदेश सरकारले अन्तर सरकारी बित्त हस्तान्तरण अन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार अर्थात् ९ दशमलव ५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात् शून्य दशमलव ३१ प्रतिशत विनियोजन गरिएको छ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री पालले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व परिचालनबाट १ अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकार राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, सङ्घीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ४ करोड ४ लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड २७ लाख  र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ६ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त ३ अर्ब १३ करोड ३४ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट प्राप्त हुने १ अर्ब ४२ करोड, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५५ करोड ६० लाख रुपैयाँ बजेटमा अनुमान गरेको उल्लेख गरेका छन् ।  

बजेटमा विगतका वर्षमा जस्तै कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

ऊर्जा, जडीबुटी, कृषि अनुदान, वन तथा पर्यावरण संरक्षण,  उद्योग, सामाजिक न्याय, खानेपानी लगायतका कार्यक्रमलाई विशेष जोड दिइएको छ। किसानका लागि बीउ बिजन तथा मलका लागि सहुलियत, कृषि तथा पशुपन्छी, कृषि यान्त्रिकीकरणका लागि पनि बजेट छुट्याइएको छ।

स्थानीय रैथाने बाली सन्तुलन खेती प्रवर्द्धन तथा बजारीकरणमा प्राथमिकता दिइएको छ। युवावर्गलाई कृषिमा आकर्षित गर्न विशेष बजेट छुट्याइएको छ। जलवायु परिवर्तन अनुकूल कृषि मैत्री बनाउन योजना ल्याइएको छ।

सडक पूर्वाधारतर्फ ५ अर्ब ६८ करोड रुपैयाँ छुट्याइएको छ । खप्तड–मार्तडी, सतबाँज–श्रीभावर–हाट, चिसापानी–ऋषिदह–बडिमालिका, दैजी–पोखरा–ढुंगाड–बझाङ, खलंगा–खार–देथला–पारिबगर–खण्डेश्वरी, दिपायल–शैपाल, सहजपुर–बोगटान–दिपायल, बेलौरी–कलुवापुर–नायल बुडर, भजनी–छोटी भन्सार, खिमडी–ठूलीगाड, जयगढ–मष्टा–रामारोशन र पाटन–पञ्चेश्वर सडक आयोजना निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्न बजेटमा उल्लेख गरिएको छ।

सडक सञ्जालसँग नजोडिएका बझाङको शैपाल, बैतडीको सिगास, दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ।

खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रतर्फ १ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ। ऊर्जा, सिँचाइ र नदी नियन्त्रणतर्फ ३ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। पर्यटनतर्फ स्व. प्रेमसिंह धामी पर्यटन प्रवर्द्धन सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, डोटीको पूर्वीचौकी गाउँपालिका अन्तर्गत नक्षेत्र बाटिका तथा कैलालीको गौरीगंगामा हर्बल पार्क निर्माण गरिने बजेटमा उल्लेख छ। उद्योग, पर्यटन, वन तथा वातावरण पर्यटन मन्त्रालयका लागि २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

सुदूरपश्चिम प्रदेश विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापनाका लागि बजेट छुट्याइएको छ। प्रत्येक स्थानीय तहमा एक/एक वटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रका रुपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

बौद्धिक अपाङ्गता भएको बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कञ्चनपुरको बेलौरीमा सुविधायुक्त आवासीय विद्यालय सञ्चालनमा ल्याइने भएको छ।

एक जिल्ला एक पुरातात्त्विक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन, पहलमानसिंह स्वाँर साहित्य तथा साहित्यिक सम्मेलन आयोजना गरिने बजेटमा उल्लेख छ। सबै जिल्लाहरुमा क्रमशः बहुउद्देश्यीय रंगशाला निर्माण र स्तरोन्नति गरिँदै लगिने, टीकापुरमा निर्माणाधीन स्पोर्ट एकेडेमी र महेन्द्रनगरमा निर्माणाधीन बहुउद्देश्यीय कवर्डहल निर्माण सम्पन्न गर्न १२ करोड बजेटमा विनियोजन गरिएको छ।

प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। महिला विपद् व्यवस्थापनका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ। 

अपराध न्यूनीकरण गर्न सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्र तथा राजमार्गमा सिसिटिभी जडान गर्न बजेट छुट्याइएको छ। बजेट भाषणमा मन्त्री पालले प्रदेशभरिका महत्त्वपूर्ण धार्मिक स्थलको योजनामा आधारित विकासका लागि आवश्यक बजेट विनियोजन गरेको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस