काठमाडौ - एमाले संसदीय दलको नेताका छान्न पार्टी अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओली गुटको छुट्टा छुट्टै बैठक बसिरहेको छ।अध्यक्ष खनालको गुट खनालकै निवास डल्लु र शर्माको गुट बालकोटमा बसिरहेको हो। संसदीय दलको नेतामा सहमति जुटाउन दुई गुट छुट्टाछुट्टै बैठक बसेको हो। एक सहभागी नेताले बैठकबाटै सहमतिको प्रयास गरिने बताए।
खनाल निवासमा डल्लुमा बसिरहेको बैठकले तीन बिकल्प अघि सारेको एक नेताले बताए। आउँदो महाधिवेशनमा नेता ओलीलाई सर्वसम्मतले अध्यक्ष बनाउने, दुबै (खनाल-ओली)लाई पछि सारेर उपाध्यक्ष बामदेव गौतमलाई संसदीय दलको नेता बनाउने वा केपी ओलीलाई संसदीय दलको नेता बनाएर माधव नेपाल वा झलनाथ खनाललाई राष्ट्रपतिको रुपमा अघि सार्ने रहेको ती नेताले बताए।
पार्टी मुख्यालय बल्खुमा सोमबार दिनभरीको बैठकले पनि संसदीय दलको नेताका लागि सहमति जुटेको थिएन। हालसम्म अध्यक्ष खनालमा गुटमा ९६ जना सभासद् र खनाल गुटमा ७२ जना सहभागी छन्। सोमबार ५ जना भने अनुपस्थित थिए।
खनाललाई वरिष्ठ नेता माधव नेपालको समर्थन रहेको छ भने ओलीलाई उपाध्यक्ष गौतमको समर्थन रहेको छ।
दुई गुटको छुट्टाछुट्टै बैठकपछि दुबै गुटको केहीबेरमा बैठक बस्नेछ। बैठकमा सहमति नभए आजै ११ बजे केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय समितिले पनि सहमति जुटाउन नसके दिउँसो २ बजे मतदान हुनेछ।