काठमाडौं- एमालेले मतदान प्रक्रियाबाट मंगलबार संसदीय दलको नेता चयन गर्ने लगभग निश्चित भएको छ। सोमबारको केन्द्रीय कमिटी बैठकले सहमतिका लागि दिएको अन्तिम समयसीमा मंगलबार बिहान ११ बजे सकिँदैछ भने त्यसबीच सहमति हुने सम्भावना अत्यन्तै क्षीण रहेकाले दिउँसो २ बजे मतदान प्रक्रिया सुरु हुनेछ।
संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली मैदानमा छन्। दुवै नेताले आ–आफ्ना गुटको नेतृत्व गरेका छन्।
सोमबार केन्द्रीय कमिटी बैठकले नेताहरूलाई सहमति गर्न मंगलबार बिहान ११ बजेसम्मको अल्टिमेटम दिएपछि पनि सहमति प्रयासको सट्टा दुवै नेता आ–आफ्नो समूहको गुटगत भेलामा सक्रिय भए।
खनाल समूहले थापाथलीस्थित ट्रेड टावर र ओली पक्षले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा छुट्टाछुट्टै भेला गरे। ओली पक्षको भेलामा ९६ सभासद र खनाल पक्षको भेलामा ७२ सभासद उपस्थित भएको नेताहरूले जनाएका छन्।
बाँकी ५ सभासदमात्रै दुवै पक्षको भेलामा गएनन्। संविधानसभामा एमालेको १ सय ७५ सिटमध्ये वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले दुई/दुई स्थानमा जितेका कारण १ सय ७३ जनाले मात्रै भोट गर्न पाउँछन्।
ओलीलाई उपाध्यक्ष गौतमले साथ दिएका कारण उनको पक्षमा धेरै सभासद देखिएपछि संस्थापनको पहलमा गौतमसँग मध्यरात वार्ता सुरु भएको छ। भैंसेपाटीस्थित गौतम निवासमा भएको वार्तामा अध्यक्ष खनाल र ओलीका साथै विष्णु पौडेल सहभागी छन्।
स्रोतहरूले दिएको जानकारीअनुसार ओली–गौतम–ईश्वर पोखरेल गठबन्धनका 'आर्किटेक्ट' नै सचिव पौडेल हुन्।
मध्यरातको छलफलमा सकेसम्म अध्यक्ष खनालका नाममा सहमति जुटाउने प्रयास भएको स्रोतले जनाएको छ। तर, यसपटक ओली–गौतम पक्ष कुनै हालतमा नछाड्ने पक्षमा पुगेका कारण खनालको नाममा सहमति जुट्न भने गाह्रो छ। सहमति नभए अध्यक्ष खनाल आफैंले प्रतिस्पर्धा नगर्ने मनस्थितिमा पुगिसेकेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।
संसदीय दलमा प्रतिस्पर्धा गरेर अध्यक्षले नै पराजय भोगे नराम्रो सन्देश जाने भन्दै खनालनिकट नेताहरूले पछिल्लो वार्ताको प्रक्रिया अघि बढाएका हुन्।
दुई नेताबीच सहमति नभएको अवस्थामा भने मंगलबार दिउँसो निर्वाचन हुनेछ। सोमबारको केन्द्रीय कमिटी बैठकले मंगलबार ११ बजेसम्म सहमति खोज्न समय दिएको र नभए दिउँसो २ बजे निर्वाचन गर्ने निर्णय गरेको छ। एमाले मुख्यालय बल्खुमा भएको सोमबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले चुनाव गरेर जाँदा सन्देश नराम्रो जाने भन्दै सर्वसम्मतिको आधारमा नेता चयन गर्न समय थप गरेको हो।
'संसदीय दलका नेताको छनोट सर्वसम्मतिले गर्न रातभरको समय दिएका छन्,' बैठकपछि सञ्चारकर्मीसँग सचिव शंकर पोखरेलले भने, 'बैठकमा सहमति भए त्यसैअनुसार नभए दिउँसो २ बजे दलका नेता छनोटका लागि मनोनयन दर्ता हुनेछ।'
मंगलबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ।
सोमबारको बैठकमा वरिष्ठ नेता नेपालले अध्यक्ष खनाललाई र उपाध्यक्ष गौतमले स्थायी कमिटी सदस्य ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा छनोट गर्न प्रस्ताव गरेका थिए। नेपालले पार्टीको प्रमुखलाई निर्वाचित गर्ने एमालेको परम्परा रहेको भन्दै अध्यक्ष खनाललाई नै सर्वसम्मत रुपमा संसदीय दलका नेता बनाउनुपर्ने प्रस्ताव गरेका थिए।
'२०४८ यता पार्टीको प्रमुख नै संसदीय दलको नेताको रुपमा सर्वसम्मत रुपमा चयन हुने परम्परा छ,' नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'अन्य राजनीतिक दलका अध्यक्षहरु नै संसदीय दलको नेता बन्ने तर हाम्रोमा त्यस्तो नहुँदा राम्रो सन्देश जाँदैन।'
गौतमले 'एक व्यक्ति एक पद' का आधारमा पार्टी चल्नुपर्ने भन्दै अहिले केपी शर्मा ओलीलाई सर्वसम्मत नेता छनोट गरेर जानुपर्ने धारणा राखेका थिए। उनले नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने भन्दै त्यसका सुरुआत संसदीय दलबाट हुनपर्ने बताएका थिए।
अध्यक्ष खनाल र स्थायी कमिटीका सदस्य ओली आकांक्षीको रुपमा रहेका छन्। उपाध्यक्ष गौतमले पछिल्लो समय गठबन्धन निर्माण भएको छ भने खनाल–नेपाल एकै स्थानमा आइपुगेका छन्। बुटवलमा भएको महाधिवेशनमा खनाल–गौतम एकैतिर थिए भने ओली–नेपालबीच गठनबन्धन बनेको थियो।
पछिल्लोपटक एमालेभित्र बनेको समीकरणका कारण आन्तरिक राजनीतिसमेत हलचल भएको छ। विकसित घटनाक्रमबारे बुझ्न एमाले मुख्यालय पुगेका कार्यकर्ता तथा नेताको कारण सोमबार निकै चहलपहल देखिन्थ्यो।
लामो समय एकदेखि छुट्टाछुट्टै समूहमा रहेका ओली–गौतमबीच नेतृत्व हस्तान्तरणको विषयमा अघि मिलेर जाने सहमति भएको थियो। अध्यक्ष खनाल र नेपालले पार्टीको नेतृत्व लामो समयसम्म गरेको भन्दै समान हैसियत भएको नेताहरुले पनि अवसर पाउनुपर्ने धारणा राख्दै आएका छन्। खनाल–नेपाल पक्षले भने यो प्रयासलाई पार्टी विभाजनको सूत्रपात गर्ने अभियान चलाएको आरोप लगाएका छन्।
मंगलबार केन्द्रीय कमिटी बैठकमा कृष्णगोपाल श्रेष्ठ र कर्ण थापासहितका ओली निकट केही केन्द्रीय सदस्यहरुले संसदीय दल नेताको छनोटका विषय केन्द्रीय कमिटीमा नपर्ने भन्दै संसदीय दलबाटै टुंग्याउनुपर्ने धारणा राखेका थिए। केन्द्रीय सदस्य घनश्याम भुसालले सभासदलाई पार्टीले उठाएका कारण केन्द्रीय कमिटी बैठकमा छलफल गर्न सकिने जिकिर गरेका थिए।
बैठकमा पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले संसदीय दलका नेता छनोट सर्वसम्मत गर्न अझै समय रहेको भन्दै त्यसका जिम्मा शीर्ष नेतालाई दिनुपर्ने धारणा राखेका थिए। 'सो प्रस्तावमा थप केन्द्रीय सदस्यहरुले सहमति जनाएपछि भोलिसम्म बैठक स्थगित भएको छ,' केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। बैठक सकिएलगत्तै दुवै समूहका केन्द्रीय सदस्य तथा सभासदको छुट्टाछुट्टै भेला सुरु भएको हो।