काठमाडौै– नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सम्माजनक स्थान पाए मात्र सरकारमा जाने बताएका छन्। 'एमालेले सम्मानजनक स्थान खोजेको छ, त्यो पाए मात्र सरकारमा जान्छ,' व्यवस्थापिका संसदको आइतबारको बैठकबाट बाहिरिए लगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, 'सहमतिको प्रक्रिया टुंगिएको छ। अब बहुमतीय प्रक्रियाबाट सरकार बन्नेछ।'
नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक अगाडि खनालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको पक्षमा अझै एमाले अडिग रहेको जनाए ।