काठमाडौं- नेतृत्व व्यवस्थापनसम्बन्धी विषयमा सहमति जुट्न नसक्दा एमाले स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। महाधिवेशन नजिकिएको अवस्थामा व्यवस्थापिका संसदमा दलको नेतृत्व समेत छनोट गर्नुपर्ने भएकाले शीर्ष नेताहरूबीच सहमति खोज्ने बहानामा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको हो।
जिम्मेवारी भागबन्डा नमिलेपछि नेताहरूले बैठक स्थगित गर्दै आन्तरिक व्यवस्थापनलाई पन्छाउन थालेका छन्। 'आज (शनिबार) एमालेको स्थायी कमिटी बैठक स्थागित भएको छ,' बैठक स्थगितप्रति कटाक्ष गर्दै एमाले सचिव शंकर पोखरेलले फेसबुकमै लेखे, 'बैठकप्रति नेताहरूको अरुचि हो या अन्य कुनै कारण, बुझ्न गाह्रो भो। बैठक टारेर समस्या समाधान हुने होइन।'
सचिव पोखरेलको भनाइले पनि समस्या टार्न खोजेको संकेत मिल्छ। आखिर समस्या के हो? 'अध्यक्षसँग परामर्श गरेर महासचिवले बैठक बोलाउने प्रचलन छ। तर अध्यक्षबाटै बैठक स्थगित भएको खबर आएको छ,' पोखरेलले नागरिकसँग भने, 'बैठक स्थगित गर्नेलाई नै सोध्नुहोला।'
सामूहिक नेतृत्व प्रणालीअनुसार चल्दै आएको एमालेभित्र अहिले प्रमुख चार शीर्ष नेताको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती देखिएको छ। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम पार्टीभित्र शक्तिशाली बन्ने कसरतमा लागेका छन्।
'अहिलेको पहिलो समस्या नै शीर्ष चार नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो,' एक केन्द्रीय सदस्यले भने, 'वैशाखमा हुने महाधिवेशनसमेतलाई ध्यानमा राखेर अहिले नै निर्णय गर्नुपर्ने भएकाले समस्या देखिएको छ।' ती नेताका अनुसार शीर्ष नेताहरू आपसमा सशंकित छन्।
शीर्ष चार नेताको व्यवस्थापनमा त समस्या छ नै, उनीहरूलाई साथ दिँदै आएका दोस्रो पुस्ताका नेताहरूको व्यवस्थापन पनि उत्तिकै समस्या बनेको छ। यसले नेतृत्व व्यवस्थापनसम्बन्धी समस्यालाई अझ जटिल बनाएको छ। दोस्रो पुस्ताका नेताहरूका कारण पार्टीभित्र समीकरण बन्ने, भत्किने र नयाँ समीकरण बन्ने क्रम जारी छ।
'चार नेतासँगै दोस्रो पुस्तामा रहेका नेताहरूको समेत अहिले नै व्यवस्थापन गर्नुपर्ने देखिएको छ,' दोस्रो पुस्ताका एक नेताले भने, 'बैठकले चाँडै निष्कर्ष निकाल्न सक्ने अवस्थै छैन।' विभिन्न तहमा रहेका नेताहरूमा कुनै न कुनै गुटमा लागेर आफ्नो स्थान सुरक्षित राख्न चाहने प्रवृति रहेको पनि ती नेताले बताए।
पदाधिकारीमा रहेका मात्रै होइन, स्थायी कमिटीमा रहेका भरतमोहन अधिकारी, अमृत बोहोरा, सिद्धिलाल सिंहजस्ता नेतालाई के कस्तो जिम्मेवारी दिने भन्ने विषय पनि निर्क्योल हुन सकेको छैन। यस्तै, संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङलाई पार्टीभित्र दिने जिम्मेवारी पनि टुंगो लाग्न सकेको छैन। यसरी धेरै नेताको पदीय जिम्मेवारी मिलाउनुपर्ने भएकाले पनि समस्या चाँडै समाधान हुने नदेखिएको नेताहरू बताउँछन्।
संविधानसभाको पहिलो बैठकमा पहिलो बेन्चमा अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्य ओली, उपाध्यक्ष गौतमपछि पाँचौं स्थानमा नेम्वाङ बसेका थिए। अर्की उपाध्यक्ष विद्या भण्डारी दोस्रो लहरमा बसेकी थिइन्।
पछिल्लो पटक महासचिव ईश्वर पोखरेल वरिष्ठ नेता नेपालकहाँ शक्ति बाँडफाँटको प्रस्ताव लिएर पुगेका थिए। उनको प्रस्तावमा अध्यक्ष खनाललाई संसदीय दलको नेता, वरिष्ठ नेता नेपाललाई राष्ट्रपति, स्थायी कमिटी सदस्य ओलीलाई महाधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष गौतमको नेतृत्वमा सरकारमा जाने उल्लेख थियो।
पोखरेलको प्रस्तावलाई नेपालले अस्वीकार गरेको उनीनिकट एक नेताले बताए। 'राष्ट्रपति नबन्ने भनेर उहाँ (नेपाल)ले पहिले नै घोषणा गरिसक्नुभएको छ। त्यसैले पनि त्यो प्रस्तावले काम गर्दैन,' ती नेताले भने।
वैशाखमा हुने महाधिवेशनबाट वरिष्ठ नेता नेपाल खनाल र गौतमको सहयोगमा अध्यक्ष बन्ने दाउमा छन्। 'अध्यक्ष खनाललाई संसदीय दलको नेता बनाई गौतमको साथ लिएर महाधिवेशनमा अघि बढ्ने प्रयासमा उहाँ हुनुहुन्छ,' ती नेताले थपे, 'ओलीलाई राष्ट्रपतिको प्रस्ताव गरेर व्यवस्थापन गर्ने योजना नेपालको छ।' त्यसका लागि वरिष्ठ नेता नेपाल अध्यक्ष खनाललाई संसदीय दलको नेता बनाउने योजनामा छन्।
पछिल्लो चरणमा अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतमको समीकरण बनाउने अभियान सुरु भएको छ। रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, वेदुराम भुसाल, गंगालाल तुलाधर, योगेश भट्टराईलगायत नेता यसमा प्रयासरत छन्। 'पार्टीलाई नयाँ उचाइमा पुर्याघउने हो भने सहमति गरेर अघि बढ्नुको विकल्प छैन,' संस्थापननिकट एक नेताले भने, 'तर अहिलेजस्तै अवस्था कायम रहने हो भने खनाल र ओलीबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा नहोला भन्न सकिन्न।'