काठमाडौं– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन्। ‘संविधान निर्माणमा हाम्रो सहयोग हुनेछ,’ अनामनगरमा आइतबार एक कार्यक्रमपछि पत्रकारहरुसँग उनले भने, ‘व्यवस्थापिका संसदमा भने हामी प्रतिपक्षमा बस्नेछौं।’
मधेसी दलहरूबीच पार्टी एकीकरणको प्रसंगमा अध्यक्ष यादवले प्रारम्भिक चरणको कुराकानी सकारात्मक रहेको बताए। ‘सुरुवाती छलफल सकारात्मक छ,’ उनले भने, ‘एकीकरणका लागि सैद्धान्तिक र संगठनात्मक कुरा पनि मिल्नुपर्छ।’