मधेसकेन्द्रित दलबीच एकता पहल
१३ पौष २०७०
•
७ मिनेट पाठ
मधेसकेन्द्रित दलबीच एकता पहल
काठमाडौं— निर्वाचन परिणामले अप्रत्याशित रूपमा कमजोर बनाएलगत्तै संविधानसभामा प्रतिनिधित्व गर्ने र नगर्ने दुवै किसिमका तराई–मधेसकेन्द्रित दलले एकता र मोर्चाबन्दीको प्रयास थालेका छन्।संविधानसभामा मधेस मुद्दालाई स्थापित गराउने उद्देश्यले एकता र मोर्चाबन्दीको प्रयास थालेको मधेसकेन्द्रित दलका नेताहरूले जनाएका छन् । आ–आफ्नो पार्टीभित्र नीतिगत निर्णय गरी उनीहरूले एकता र मोर्चाबन्दीको प्रयास सुरु गरेका हुन् ।




समानुपातिक सभासद चयनमा व्यस्त तराई–मधेसकेन्द्रित राजनीतिक दलले सो विषय टुंगो लगाएलगत्तै एकीकरण, मोर्चाबन्दी र सहकार्यका लागि पहल सुरु गर्ने भएका छन् । छलफल भने सुरू भइसकेको छ ।

जानकार स्रोतका अनुसार तीन समूहमा त्यस्ता एकता र मोर्चाबन्दी गर्ने गरी छलफल अघि बढेको छ । तराई–मधेसकेन्द्रित राजनीतिक दलमध्ये सबैभन्दा ठूलो विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मंसिर २२–२४ गते सम्पन्न केन्द्रीय समिति बैठकले औपचारिक रूपमै सबैभन्दा पहिला एकता, सहकार्य र मोर्चाबन्दीका लागि पहल गर्ने निर्णय गरेको थियो ।

'समानुपातिकको टुंगो लाग्नेबित्तिकै मधेसवादी दलसँग एकता, मोर्चाबन्दी र सहकार्यका लागि पहल सुरु हुन्छ,' फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले नागरिकसँग भने । उनका अनुसार फोरम लोकतान्त्रिक एजेन्डा र विचार मिल्ने सबैसँग सकेसम्म पार्टी एकता र त्यो सम्भव नभए मोर्चाबन्दी गरेर अघि जाने पक्षमा छ ।

निर्वाचनअघि एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आबद्ध लोकतान्त्रिकले निर्वाचनपछि भने सो गठबन्धन औपचारिक रूपमा नै छाडिसकेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध अन्य चार दल भने निर्वाचनमा धाँधली र षड्यन्त्र भएको भन्दै एमाओवादीसँगै छन् । त्यसैले लोकतान्त्रिकको नेतृत्वमा फरक मोर्चाको सम्भावना देखिएको छ । महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी भने अझै पनि एकता र मोर्चाबन्दीका बारेमा खुलिसकेको छैन ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण र एकताको तहसम्म छलफल सुरु भएको छ । तिनीहरूले औपचारिक निर्णय नै गरेर गृहकार्य सुरु गरेका हुन् ।

'मधेस आन्दोलनपछि भएको आठबुँदे सहमतिमा हस्ताक्षर गरेका दलबीच एकीकरण गर्ने प्रयास स्वरुप पहल सुरु भएको हो,' तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने, 'विभाजित भएर नगएको भए मधेसकेन्द्रित दलले ८० सिटमा विजय हासिल गर्ने सम्भावना रहेको तथ्यांकले देखाएको छ, त्यसले पनि एकता अनिवार्य बनायो ।'

मण्डलका अनुसार आठबुँदे सहमतिका हस्ताक्षरकर्ता दलबीच हुने एकीकरणले तराई–मधेसमा पार्टी थप बलियो बन्ने ठम्याइ छ । त्यसका लागि तीनै दलका अध्यक्षबीच अनौपचारिक रूपमै विभिन्न चरणमा छलफल भइसकेको उनले जानकारी दिए । 'पार्टीको जारी केन्द्रीय समितिले एजेन्डा र विचार मिल्ने मधेसवादी दलबीच एकता र मोर्चाबन्दी गरेर जानुपर्ने निर्णय पुनः गरेको छ,' फोरम नेपालका महासचिव रामसहाय यादवले नागरिकसँग भने, 'केही दलसँग त्यसबारेमा अनौपचारिक छलफल पनि भएको छ, आशावादी छौं ।' उनका अनुसार १५ गते समानुपातिकको सूची बुझाउने बित्तिक्कै एकता र मोर्चाबन्दीको पहल सुरु हुनेछ ।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले मंसिर २५–२९ गतेको केन्द्रीय समिति बैठकमा एकता, सहकार्य र मोर्चाबन्दी गरेर अघि जाने निर्णय भएअनुसार पहल सुरु गरिसकेको बताए । 'केन्द्रीय समितिको निर्णयपछि गृहकार्य सुरु भइसकेको छ,' सुमनले नागरिकसँग भने, 'फोरम नेपाल र तमलोपासँग अनौपचारिक छलफल जारी नै छ ।' उनका अनुसार एकीकरण गरेर जानेसम्म छलफल भइरहेको छ ।

यसैगरी, अनिलकुमार झा नेतृत्वको संघीय सद्भावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकसहित संविधानसभाबाहिर रहेका अमर यादव नेतृत्वको तराई–मधेस फोरम र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच पनि एकीकरणको प्रयास भइसकेको छ ।

मधेस मिडिया हाउस, हनुमानस्थानमा संयुक्त पत्रकार सम्मेलन गर्दै ती चार दलले एकीकरणको पहल सुरु भएको घोषणा गरिसकेका छन् । मंसिर २० गतेको सो घोषणापछि ती दलबीच सांगठनिक र पदीय जिम्मेवारी बाँडफाँटसम्ममा छलफल भइरहेको छ ।

'पार्टी एकीकरणका लागि पहल गरिसकेका छौं,' फोरम गणतान्त्रिकका अध्यक्ष यादवले नागरिकसँग भने, 'समानुपातिकको सूची बुझाएपछि फेरि बसेर मूर्त रूप दिन्छौं ।' उनका अनुसार सबैजसो पार्टी समानुपातिकतर्फका सभासद चयन गर्न ब्यस्त भएकाले एकीकरण र मोर्चाबन्दीको छलफल निर्णायक तहमा पुग्न सकेको छैन ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस