इटहरी-जिल्लाबाटै सवैभन्दा बढी समानुपातिक तर्फ मत ल्याएपनि सभासदमा कोही नपरेपछि एमाले सुनसरीले पार्टी नेतृत्वबिरुद्ध कठोर कदम चाल्ने भएको छ। जिल्ला कमिटीले शनिबार पत्रकार सम्मेलन गरी स्थायी समिति बैठकले यहाँबाट एक जना पनि सभासद छनोट नगरेपछी कठोर कदम चाल्ने घोषणा गरेको हो।
'एमालेले जिल्लामा अन्य पार्टीको भन्दा समानुपातिक तर्फ बढी मत ल्याएपनि केन्द्रले समेटेन यसमा हाम्रो पुरै असहमति छ,' कार्यवाहक अध्यक्ष द्धारिकलाल चौधरीले भने, 'स्थायी समिति वैठकले सम्पूर्ण मतदाता र पार्टी जिल्ला कमिटीलाई पनि उपेक्षा गरेकाले अब कठोर कदम चाल्नेछौ।' एमालेले समानुपातिकमा जिल्लामा ६५ हजार आठ सय ६९ मत पाएको छ। चौधरीले कठोर कदमबारे अहिले नै औपचारिक निर्णय नभएपनि निर्णय नसच्चिएमा पार्टीको निर्णयलाई अवज्ञा गर्नेलगायतका अन्य कार्य गर्ने हुन सक्ने बताए।
जिल्ला कमिटीको आकस्मिक बैठक लगत्तै आयोजित पत्रकार सम्मेलनमा जिल्लाबाट छ जनाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस भएमध्ये कम्तीमा तीन जना छनोट गरेर निर्णय तत्काल सच्याउँनुपर्ने चौधरीले बताए।
समानुपातिकको सूचिमा सर्वध्वज साँवा, सावित्री श्रेष्ठ, डिवी शाह शंकर, देउमाया थापा, श्रीकुमारी चौधरी र महफुज अन्सारी थिए। यीमध्ये सर्वध्वज साँवा र डिवी साह शंकर छनोटमा पर्ने सम्भावना वढी रहेपनि छनोटमा परेनन्। सावा एमालेका वरिष्ठ नेता ओली पक्षधर भएकाले गर्दा पनि पार्टीभित्रको सन्तुलनसँगै जातिगत सन्तुलनका लागि पनि सभासद छनोट हुने वढी सम्भावना थियो। प्रत्यक्ष तर्फ निर्वाचित सभासद समेत ओली पक्ष नभएपछि सावाको सम्भावना वढी रहेको थियो।