काठमाडौं- नेकपा (एमाले)का नेता गोकर्णराज विष्टले सहमति र सहकार्यबाटै संविधान बनाउने तथा जनताको जीवनस्तर उकास्ने काम गर्नु नै अबको मुख्य काम रहेको बताएका छन्। शान्ति र विकासका लागि नागरिक आवाजद्वारा आयोजित 'संविधान, समृद्धि र सहकार्य राष्ट्रका निम्ति अपरिहार्य' विषयको विचार गोष्ठीमा नवनिर्वाचित सभासद् विष्टले सहमति, बहुमत, अल्पमत जुनसुकै विधिबाट भए पनि राजनीतिक समस्याको समाधान खोजेर मुलुकलाई समृद्धिको बाटामा अघि बढाउनुपर्ने बताए।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र सभासद् राजेन्द्रकुमार केसीले सत्ताभन्दा पनि संविधान निर्माणको कामलाई केन्द्रविन्दुमा राखेर दलहरुको सहमतिबाट तोकिएको समयमा संविधान बनाउने र देशलाई आर्थिक विकासतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा चूडामणि शर्मा, सर्वेन्द्र खनाल, शिला पन्त, विनयराज पाण्डे, शैलेन्द्रमोहन झा र विष्णुराज पौडेललाई उहाँहरुले आआफ्नो क्षेत्रमा पुर्यादएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। रासस