काठमाडौं—संविधान निर्माणका लागि उच्चस्तरीय राजनीतिक समितिको स्थायी अध्यक्ष पुष्पकमल दाहाललाई बनाउनु पर्ने एमाओवादी प्रस्ताव कांग्रेस-एमालेले अस्वीकार गरेका छन्। बबरमहल स्थित शान्ति कोषको सचिवालयमा भएको मुख्य ३ दलका शीर्ष नेताको बैठकमा एमालेले संविधानसभाको गठनपछि समितिको औचित्य नहुने तर्क राख्यो भने कांग्रेस दाहालको नेतृत्वप्रति सकारात्मक देखिएन।'हामीले सबै विषय संविधानसभाबाट निरुपण गर्नुपर्छ भन्यौं', बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले संवाददाताहरुसँग भने- 'समिति राख्दा संविधानसभा छायामा पर्नसक्छ।'
बैठकमा कांग्रेस उच्चस्तरीय समितिप्रति सकारात्मक देखिए पनि दाहाललाई नेतृत्व दिने विषयमा भने सकारात्मक देखिएन। 'सहमति प्रयास जारी छ', बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।
एमाओवादी नेता पोष्टबहादुर बोगटीले धेरै विषयमा विवाद मिलेको सुनाए। 'धेरैजसो कुरा मिलेको छ। उच्चस्तरीय राजनीतिक समिति र एक वर्षभित्र आमनिर्वाचन गराउने कुरामा छलफल जारी छ', उनले भने।
हिजो भएको बैठकमा एमाओवादीले निर्वाचन धाँधली छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन,
संविधानका विषयमा जनआन्दोलनका सहयात्रीबीच सहमति, उच्चस्तरीय राजनीतिक समितिको अध्यक्ष दाहाल, सत्य निरूपण तथा मेलमिलाप आयोग तत्काल गठन र एक वर्षभित्र सहमतिमा संविधान निर्माण गर्ने माग उठाएको थियो।
आजको बैठकमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला सहभागी थिए। एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, रघुजी पन्त सहभागी थिए। एमाओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी सहभागी थिए।