प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र राजनीतिलाई स्थिरता दिन आफूलाई विश्वासका पक्षमा मतदान गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै झुटो बोलेर देशमा तनाव, अनेकता र भ्रम फैलाउने काम नगर्न सुझाव दिए।
प्रधानमन्त्रीले भने,“देश विकास गर्ने हामी सबैको जिम्मवारी हो, आपसमा वैमनष्यता र घृणा फैलाउने होइन, मिथ्या राजनीति नगरौँ, देश बनाउने कुरा गरौँ, विभेदलाई अन्त्य गर्दै जानुपर्छ, त्यसका लागि सरकार लागेको छ, त्यसमा सबैको सहयोग आवश्यक छ।”
जनताको मागका आधारमा संविधान संशोधन हुने बताउँदै उनले तर यसलाई मिच्ने काम कहीँकतैबाट हुनुहुन्न भने। कतिपय अवस्थामा देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कातिर हुने जनाउँदै निर्वाचन गर्दा लोकतन्त्र र संसदीय व्यवस्था खतरामा नपर्ने उनले स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्थानुसार नै ल्याइएको स्पष्ट गरे।
अविश्वासको प्रस्ताव फिर्ता नलिने र विश्वासको मत पनि नदिने अवस्थालाई अन्त्य गर्न आफू विश्वासको मतका लागि अघि बढेको बताउँदै उनले विरोध गर्ने तर विकल्प नदिने परिस्थिति सिर्जना गरिनु ठीक नभएको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले भने,“संसद्को विश्वास मसँग छैन भने मैले मार्गप्रशस्त गर्नुपर्छ, विकास र स्थिरता, सहकार्य र सहमतिका लागि म ठूलो पार्टीका हैसियतले न्यायोचित हक राख्छु। त्यसैले विश्वासको मत मागेको छु।
प्रधानमन्त्री निर्वाचनमा जान्छ कि भन्ने आशंका भए पक्षमा मतदान दिएर चकनाचुर तुल्याउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिमा संवाद, सहमति र एकताका आधारमा देशलाई अघि बढाउने अभियानमा जुट्न आह्वान गरे। प्रधानमन्त्रीको जवाफसँगै विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको मतदान प्रक्रिया शुरु भएको सभामुखले जानकारी दिए।