इलाम— चुनावी प्रचार क्रममा झापाबाट मंगलबार बेलुकीदेखि अपहरणमा परेका संघीय लिम्बूवान राज्य परिषद इलाम ३ र झापा ३ का उम्मेदवार गोपाल थेवे अझै सम्पर्क बाहिर छन्।हिजो बेलुकी ५ बजेतिर झापाको बिर्तामोडबाट चुनावी कार्यक्रमका लागि अर्को स्थान जानेक्रममा थेवे अपहरणमा परेका हुन् ।
इलामको प्याङ गाविस स्थायी घर भएका ३६ बर्षीय थेवेलाई चुनाव विरोधी नेकपा माओवादी र मञ्चसम्बद्ध लिम्बुवानले अपहरण गरेको बुझिएको छ। पहिले नेपाली कांग्रेसको राजनीति गर्ने थेवे लोकतन्त्र स्थापनापछि लिम्बुवान राजनीतिमा संलग्न भएका थिए ।
परिषदतर्फबाट इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर लिम्बुले अपहरणमा परेका थेवे अझै सम्पर्कमा नआएको जानकारी दिँदै तत्काल छोड्न आग्रह गरेका छन् । इलाम र झापाका अधिकारवादी तथा परिषदका नेता कार्यकर्ताले पनि अपहरित थेवेलाई छुटाउन पहल गरिरहेका छन् ।