जाजरकोट - एमाओवादी कार्यकताको खुकुरी प्रहारबाट नेपाली कांग्रेस जाजरकोटका एक नेता वेहोस भएका छन्। कांग्रेस जाजरकोटको क्षेत्र नं २ का क्षेत्रीय सचिव वीरेन्द्र शाही एमाओवादी कार्यकर्ताको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन्।मंगलबार राति मजकोट ७ तैया स्थित आफ्नै निवासमा रहेका शाहीलाई १ दर्जन बढी संख्यामा आएका एमाओवादी कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ। आक्रमणपछि बेहोस भएका उनको होस अहिले सम्म खुल्ल नसकेको कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको प्रचार गरेको भन्दै एमाओवादी कार्यकर्ताले शाहीको घरको छाना समेत भत्काइदिएको कांग्रेसको तर्फवाट क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार राजिवविक्रम शाह बताए।
नेपाली कांग्रेसको प्रचार गरेको भन्दै एमाओवादी कार्यकर्ताले शाहीको घरको छाना समेत भत्काइदिएको कांग्रेसको तर्फवाट क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार राजिवविक्रम शाह बताए।