धनुसा– धनुसा क्षेत्र १ मा एकीकृत माओवादीका उम्मेद्वार रामचन्द्र झा र उनका बागी श्रवण यादवका कार्यकर्ताबीच झडप भएको छ। बालाबाखर गाविस ६ कुम्भकर्ण टोलमा भएको झडपमा झा पक्षधर ५ कार्यकर्ता घाइते भएका छन्। झडपको क्रममा भरत यादवको टाउकोमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।अन्य घाइतेमा जिवछ मण्डल, मरिनिदेवी मण्डल, देवनारायण यादव, सुमेस्वर यादव, गितादेवी मण्डल छन्। घरदैलो कार्यक्रम भइरहेको समयमा, मोटरसाइकलमा आएका श्रवण यादवका कार्यकर्ताले एक्कासी आक्रमण गरेको रामचन्द्र झाले आरोप लगाएका छन्। झाले आफ्ना बागी उम्मेद्वा र यादवलाई पक्राउ गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।
झा एकीकृत माओवादी मधेस ब्युरो इन्चार्ज हुन्। यादव भने मिथिला संयोजक हुन्। पार्टीले झालाई धनुसा क्षेत्र नं १ मा टिकट दिएपछि असन्तुष्ट बनेका यादव बागी उम्मेद्वालर उठेका थिए।
झा एकीकृत माओवादी मधेस ब्युरो इन्चार्ज हुन्। यादव भने मिथिला संयोजक हुन्। पार्टीले झालाई धनुसा क्षेत्र नं १ मा टिकट दिएपछि असन्तुष्ट बनेका यादव बागी उम्मेद्वालर उठेका थिए।