विराटनगर - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको कोसीपूर्वका जिल्ला भ्रमण बिहीबार चुनावी कार्यक्रममा भन्दा बढी ‘अवरोध’ पन्छ्याउँदै बित्यो। विराटनगरबाट बिहानै सहयोगीका गाडीको ताँतीका बीच गुडेको दाहालको गाडी धरानको उकालो चढेपछि ठाउँठाउँ रोकियो। कारण थियो, उनकै पार्टीबाट टुक्रिएको तर चुनाव नरुचाएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको अवरोध।दाहाललाई शान्ति प्रक्रियाविरोधी भन्दै वैद्य माओवादीले उनका चुनावी कार्यक्रम अवरुद्ध गर्ने नीतिअनुसार बुधबार राति आराले रुख ढालेर पाँच ठाउँमा बाटो अवरुद्ध गरेका थिए।
चुनावी अभियानअन्तर्गत दाहाल बुधबार पूर्वी जिल्ला भ्रमणमा निस्किएका थिए। पूर्वतयारीअनुसार नै उनी मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुमका कार्यक्रममा भाग लिन लावालस्करसहित निस्किएका थिए। तर यात्रा सहज भएन।
‘भ्रमणमा अवरोध नहोस् भनेर सारा बन्दोबस्त मिलाएको थिएँ, राति कति बेला बाटोमा रुख ढालिदिए, थाहै भएन,’ कोसी अञ्चल प्रहरीका एक अधिकारीले नागरिकसँग भने।
अगुवा–पछुवा (प्रहरीको स्कटिङ) र लगभग त्यही संख्यामा पार्टी सुरक्षा घेराभित्र डुल्ने दाहाललाई विराटनगगरबाट धरानसम्म जाँदा बाटोमा स्वागत गर्नेको लाम पनि बाक्लै थियो। जब उनी भेंडेटार उक्लिन थाले, विरोधीको अप्ठ्यारोमा परे। ‘जरैदेखि उखेलिएका रुख सडकमा लम्पसार पारिएको थियो, हटाउँदै नेताजीलाई लिएर अगाडि बढ्यौं,’ दाहालको बाटोमा तेर्स्याइएका रूख हटाउन खटिएका प्रहरीका एक अधिकारीले भने।
धरानसम्म दाहालको यात्रमा अवरोध थिएन। भानुचोकमा आयोजित सुनसरी क्षेत्र नम्बर १ को चुनावी सभामा दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रमा वर्षदिनभित्र संविधानको पूर्ण रुप घोषणा गर्ने सहमति भइसकेको बताए। 'उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएको बेला मैले नै प्रस्ताव प्रस्तुत गरें, अबको संविधानसभापछि संविधान बन्ने कुराको ग्यारेन्टी कमसेकम हामी राजनीतिक नेतृत्वले गरिदिनुपर्छ,' अध्यक्ष दाहालले भने, 'हाम्रातर्फबाट अब संविधान बन्छ, त्यसकारण मेरो प्रस्तावमा के थियो भने ६ महिनामा संविधानको पहिलो ड्राफ्ट नेपाली जनतालाई दिने, एक वर्षमा संविधानको पूर्ण रुप घोषणा गर्ने।'
धरानमा प्रफुल्ति मुद्रामा कार्यकर्तालाई सम्बोधन गरेका दाहाललाई भने भेंडेटारको उकालोले हैरान तुल्यायो। ‘सडकमा तेर्स्याइएका रुखले हामीलाई ठाउँ–ठाउँमा रोक्यो,’ विराटनगरबाट दाहालसँगै गएका एमाओवादीका एक जिल्ला नेताले भने, ‘सडक अवरोधले हाम्रा हरेक ठाउँको कार्यक्रममा ढिलाइ हुँदै गयो।’
धनकुटास्थित नागरिक संवाददाता सिद्धराज राईका अनुसार बिहीबार साँझ ५ बजेअघि नै धनकुटा बहुमुखी क्याम्पसको देवकोटा हलमा आयोजना गर्ने भनिएको कार्यकर्ता भेटघाट सडक अवरोधकै कारण राति ८ बजे सुरु भएको हो। दस बजे कार्यक्रम सकिए पनि उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार विराटनगर फर्कन सकेनन्। दाहाल बिहीबार राति धनकुटाकै होटल कान्जिरोवामा बास बसे।
धनकुटाको कार्यक्रममा दाहालले अबको संविधानसभा जीवनमरणको सवाल भएको बताए। 'अबको संविधानसभा 'लाइफ एन्ड डेथ' को सवाल हो,' दाहालले भने, 'यसले संविधान बनाउन नसके मुलुक अनिश्चित संकटमा धकेलिन्छ।'
कार्यक्रममा उनले छिन्ताङ काण्डका विधवाको सम्मान गर्ने र आठपहरिया जातिलाई संरक्षित जातिको सूचीमा पार्ने आश्वासन दिन भ्याए।
दाहालको पश्चिम भ्रमणमा पनि वैद्य माओवादीको बन्द थियो। ‘अस्ति पश्चिम जाँदा वैद्यजीले बन्द आह्वान गरिदिनुभयो, साह्रै सजिलो भयो,’ बुधबार साँझ विराटनगर आएका दाहालले भनेका थिए, ‘बन्दले बाटोमा गाडी कम गुडे, मेरो गाडी मज्जाले गुड्यो, बाटो खाली भएकाले जान सजिलो भयो।’ पूर्व भ्रमणमा भने त्यही बन्द दाहाललाई समस्या बन्यो।
त्यसअघि तेह्रथुम पुगेका दाहाललाई बाटोकै अवरोधले एक सय २२ किमि दूरी पार गर्न आठ घन्टा लागेको थियो।
तेह्रथुम संवाददाता मनोज लिम्बूका अनुसार नेकपा–माओवादीको संघर्ष समितिले धरान–धनकुटा, वसन्तपुर–म्याङलुङ, सिंधुवा–शुक्रबारेलगायत सडक खण्डमा रुख ढालेर सडक अवरुद्ध पारेकाले उनको यात्रा निकै कष्टकर बन्यो।
११ बजेदेखि म्याग्लुङको टुँडिखेलमा पर्खिरहेका समर्थक र कार्यकर्ताले दाहाललाई साढे तीन बजे मात्र भेट्न पाए। दाहाल आउँदा टँुडिखेल वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी थियो। ‘बाटोमा तीन ठाउँमा रुख ढालिएको थियो,’ पूर्व क्षेत्रका प्रहरी प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले भने, ‘राति १२–१ बजे झुक्याएर रुख ढालेछन्, हामीले फाल्दियौं।’
दाहालले सम्बोधन गर्ने चुनावी सभा ‘असफल’ पार्न बन्द आह्वान गरिएको नेेकपा–माओवादीका तेह्रथुम इन्चार्ज रोशन कन्दङ्वाले बताए। सडकका रुख पन्छाउन सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
वसन्तपुर–म्याङलुङ सडकअन्तर्गत सुर्के, पिंगुवाखोला, काँढेलगायत स्थानमा रुख ढालेर सडक अवरुद्ध पारिएको थियो। सशस्त्र प्रहरी म्याङलुङ गुल्मका गुल्मपति बलराम पोख्रेलले इलेक्ट्रिक आरा प्रयोग गरेर सडकमाथिका ठुल्ठूला उत्तिसका रुख ढालेको पाइएको बताए।
गाडीमा ढुंगा
दाहाल चढेको गाडीमा वैद्य माओवादीका कार्यकर्ताले धनकुटामा ढुंगा प्रहार गरे। सडकमाथिबाट ढंुगा प्रहार गरिए पनि कुनै क्षति नभएको प्रहरीले बताएको छ। त्यस्तै, धनकुटामा वैद्य पक्षका कार्यकर्ताले दाहाललाई कालो झन्डा देखाएको लिम्बुवान राज्यसमिति सदस्य सन्दिप रायमाझीले बताए।
घटनामा संलग्न भन्दै प्रहरीले धनकुटाबजारबाट अखिल क्रान्तिकारी धनकुटाका अध्यक्ष मिलन बास्तोला र सदस्य अजिव राई पक्राउ गर्यो।
माओवादीका कार्यकर्ताले धनकुटाको चेङचेङबारी, आत्मारा र कागतेमा रुख ढालेर अवरुद्ध गरेको सडक बिहान नेपाल प्रहरीले पन्छाएको धनकुटाका प्रहरी प्रमुख एसपी ईश्वरी चापागाईंले बताए। दाहाल शान्ति प्रक्रियाको प्रमुख विरोधी भएकाले उनको कार्यक्रम हुने दिन र क्षेत्रमा बन्द र अवरोध जारी राख्ने रायमाझीले बताए।