नुवाकोट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्वर १ का उमेदवार अर्जुननरसिंह केसीले आगामी संविधान सभा निर्वाचनमा कांग्रेसले नेतृत्व गर्न नपाए पुनः देशले नयाँ संविधान नपाउने बताएका छन्। विगतमा एमाओवादीको ज्यादतिबाट मुक्ति पाइन्छ कि भनेर माओवादीलाई भोट दिएका मतदाताले अबको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिएर लोकतान्त्रिक संविधान निर्माण गर्ने दिशामा उन्मुख भएको बताए। अघिल्लो संविधान सभाले संविधान बनाउन नसक्नुको आत्मगत समीक्षा गर्दे कसैको प्रलोभनमा नपरी मतदान गर्न पनि केसीले आग्रह गरे।बुधबार क्षेत्र नम्वर १ को ओखरपौवा कागतीगाउँ र ककनी निगालेमा मतदातासँग अन्तरक्रिया गर्दे कांग्रेस नेता केसीले नेपाली कांग्रेसको नेतृत्व बिना संविधान सम्भव नभएको दाबीसमेत गरे। अघिल्लो संविधान सभापछि एमाओवादी र एमालेका दुई–दुईजना प्रधानमन्त्री हुँदा पनि संविधान बन्न नसकेको बताउँदै केसीले कांग्रेसले नेतृत्व पाए एक वर्षमै लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे।
त्यसक्रममा नेता केसीले आगामी निर्वाचनलाई सफल बनाउनु सबैको प्रमुख दायित्व भएको बताउँदै मतदाताले निर्भयतापूर्वक मतदान गर्ने वातावरण निमर्काणका लागि आफू र आफ्नो पार्टीले कुनै कसर वाँकी नराख्नेगसमेत स्पष्ट पारे।