काठमाडौं ३ मा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले
२३ असोज २०७०
•
९ मिनेट पाठ
काठमाडौं ३ मा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले
काठमाडौं - संविधानसभाको पहिलो चुनावमा नेपाली कांग्रेसका चक्रबहादुर ठकुरी काठमाडौं ३ बाट विजयी भएका थिए। त्यसबेला काठमाडौं जिल्लामा तीन क्षेत्र बढाएर १० पुर्‍याउँदा तत्कालीन १ र २ नम्बर चोइट्याएर यो क्षेत्रलाई अस्तित्वमा ल्याइएको थियो। बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि पहिलोपटक २०४८ मा आमनिर्वाचन हुँदा पाँच क्षेत्र रहेको काठमाडौंमा २०५६ को निर्वाचनसम्म आइपुग्दा सात क्षेत्र भयो। २०४८ को जनगणनापछि जनसंख्या आधारमा दुई क्षेत्र थपियो। २०५८ को जनगणना नतिजा २०६० मा आउँदा जनसंख्या अझ बढेपछि काठमाडौंको क्षेत्र संख्या १० पुर्‍याएर २०६४ को संविधानसभा निर्वाचन सम्पन्न भयो।पहिलो आमनिर्वाचनमा १ तथा २०५६ मा २ नम्बर क्षेत्रमा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ६ (बौद्ध) र जोरपाटी गाविस अहिले ३ नम्बरमा पर्छन्। यसैगरी दुवैपटक तत्कालीन क्षेत्र नम्बर २ मा रहेका बालुवा, गोकर्णेश्वर, नयाँपाटी र सुन्दरीजल तथा दुवैपटक १ मा रहेका भद्रवास र आलापोट पछिल्लो निर्वाचनदेखि क्षेत्र नम्बर ३ मा परेका छन्। २०४८ मा २ तथा २०५६ मा १ नम्बरमा रहेको गागलफेदी गाविस पनि क्षेत्र नम्बर ३ को हिस्सा हो। 
१० क्षेत्र हुनुअघि क्षेत्र नम्बर १ मा सधैं नेकपा एमालेको वर्चस्व थियो भने २ मा पनि एकपटक कांग्रेसका दमननाथ ढुंगानाबाहेक सधैं एमालेले जितेको थियो। पछिल्लोचोटि संविधानसभा चुनावका बेला बनेको यो क्षेत्रमा जोरपाटी गाविसका पूर्वअध्यक्ष कांग्रेसका ठकुरीले निकट प्रतिद्वन्द्वी एमालेका रामेश्वर फुयाँललाई ३ हजार ४ सय १७ मतले पराजित गरेका थिए। फुयाँल आलापोट गाविसका पूर्वअध्यक्ष हुन्। यो क्षेत्रमा एकीकृत माओवादीका मनु हुमागाईं तेस्रो भएका थिए। 
पहिलो संविधानसभाको असफलतापछि देश पुनः दोस्रो निर्वाचनका लागि तयार रहँदा काठमाडौंको क्षेत्र नम्बर ३ मा कांग्रेस र एमालेले पुरानै उम्मेदवारको भिडन्तलाई नवीकरण गरेका छन्। एमाओवादीले भने यसपालि हुमागाईंको सट्टा गणेश रेग्मीलाई प्रतिस्पर्धामा उतारेको छ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ सँगै आठ गाविसमा गरी कुल ४४ हजार ९ सय ६४ मतदाता रहेको क्षेत्रमा विजय अभियानलाई निरन्तरता दिन सक्नेमा कांग्रेस उम्मेदवार ठकुरी विश्वस्त छन्। एमालेका फुयाँल भने यसपालि नतिजा उल्टने दाबी गर्छन्।
'अहिलेसम्मको स्थितिमा चक्रबहादुर दाइले चुनाव हारिसक्नुभयो। उहाँ अघिल्लोपटक जिते पनि संविधानसभामा निष्प्रभावी हुनुभयो। साथमा स्थानीय क्षेत्रमा विकास निर्माणको काममा पनि उहाँको कुनै भूमिका रहेन,' फुयाँलले भने, 'जनताले यसपालि त्यो कुरा जोडदार रूपमा उठाएका छन्।'
त्यतिखेर चुनाव हारे पनि विकास निर्माणमा डटेर लागिरहेको दाबी गर्ने फुयाँल त्यसकै आधारमा जित्ने बताउँछन्। 'क्षेत्रीय विकासका लागि मैले उपत्यकामा पाँच रिङरोडको सपना देखेको छु। जोरपाटीबाट सुन्दरीजल, चिसापानी हुँदै गोसाइँकुण्ड जाने र जोरपाटीबाट दक्षिणढोका साँखु हुँदै मेलम्ची जाने दुई राजमार्ग मेरा सपना हुन्। त्यसका लागि पहल सुरु भइसकेको छ। मैले भोट पाउने आधार यिनै हुन,' उनले भने। 
यो क्षेत्रमा बौद्ध र जोरपाटीकै मत निर्णायक हुनेछ। बाँकी सबै सात गाविसमा भन्दा यी दुई क्षेत्रको मत बढी छ। बौद्धको मत १२ हजार ७ सय ५४ छ भने जोरपाटी गाविसमा सबभन्दा बढी १४ हजार ३ सय ३६ मत छ।
जोरपाटीकै पूर्व गाविस अध्यक्ष ठकुरी यिनै क्षेत्रमा आफ्नो पकड भएकाले जित पक्का देख्छन्। 'हामी निश्चित रूपमा चुनाव जित्छौं। यो चुनावमा हाम्रो कसैसँग प्रतिस्पर्धा हुँदैन। धेरै भोटले जित्छौं,' ठकुरीले भने, 'नेपाली कांग्रेस र व्यक्तिगत रूपमा मैले गरेको कामबाट क्षेत्रका जनता खुसी छन्। मैले पाएको सांसद विकास कोषको रकम पनि यही क्षेत्रको विकासमा उपयोग गरेँ।'
एमाओवादी उम्मेदवार रेग्मी विगतमा कांग्रेस र एमालेका उम्मेदवारले क्षेत्रका लागि केही नगरेको आरोप लगाउँदै आफूले जित्ने दाबी गर्छन्। 'हामीले भूमिगत कालदेखि उठाएका एजेन्डाप्रति जनता विश्वस्त छन्। यो मुलुकलाई लम्बिँदै गएको संक्रमणकालबाट निकास दिन एमाओवादीका एजेन्डामात्र सक्षम छन् भन्ने जनताले बुझेका छन्,' उनले भने, 'यो क्षेत्रको विकासका लागि एमाले र कांग्रेसका उम्मेदवारले विगतमा केही नगरेको जनताले बुझेका छन्। पुरानाबाट हुँदैन, अब यो क्षेत्रको विकास गर्न नयाँ चाहिन्छ भन्ने बुझेर जनताले मलाई मत दिनेमा विश्वस्त छु।'
एमाओवादीका उम्मेदवार अघिल्लो निर्वाचनमा पाँच हजार मतले पराजित भए पनि यसपालि नतिजा उल्टने उनको दाबी छ। 'अहिले ६ वर्ष बितिसकेको छ। यसबीच बाग्मतीमा धेरै पानी बगिसक्यो। परिस्थिति बदलिएको छ,' उनले भने ।
संघीय समाजवादी पार्टीका आङकाजी शेर्पा, राप्रपा नेपालबाट प्रतिस्पर्धामा उत्रिएकी जोरपाटीकी बासिन्दा कलाकार मीरा राणा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका रुद्र श्रेष्ठ यो क्षेत्रका अन्य मुख्य उम्मेदवार हुन्। यिनले ल्याउने मतले मुख्य प्रतिस्पर्धामा रहेका कांग्रेस र एमालेको नतिजालाई समेत प्रभावित गर्न सक्ने आँकलन गरिएको छ।




क्षेत्र नम्बर ३ का मतदाता
वडा नम्बर ६ (बौद्ध) – १२७५४ मत
जोरपाटी गाविस – १४३३६ मत
बालुवा गाविस – २९५२ मत
गोकर्णेश्वर गाविस – ३०६९ मत
नयाँ पाटी गाविस – ३३५६ मत
सुन्दरीजल गाविस – १४३३ मत
भद्रवास गाविस – १५६४ मत
आलापोट गाविस – २१६७ मत
गागलफेदी गाविस – ३३३३ मत
कुल मतदाता – ४४९६४ 

२०६४ को तथ्यांक
कुल मतदाता ५१२५८
खसेको मत ३३८४१
सदर मत ३२३८४
बदर मत १४५७
चक्रबहादुर ठकुरी, नेपाली कांग्रेस १२९६६ (विजयी)
रामेश्वर फुयाँल, नेकपा एमाले ९५४९
मनु हुमागाईं, नेकपा माओवादी ७३७१
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस