खरसाङ — राजनीतिक अडान कायम नराख्दा कार्यकर्तामा छाएको निराशा र विपक्षी शक्तिको चलखेल बढ्न थालेपछि चेपुवामा परेको गोर्खा जनमुक्ति मोर्चा गोर्खाल्याण्ड मुद्दा टुंगोमा पुर्याउन उपाय खोज्दैछ। स्थापनाको छैटौं बार्षिकोत्सव मनाइरहँदा मोर्चासँग जनता रिझाउने कुनै उपलव्धि नभएपछि मोर्चा कुनै न कुनै राजनीतिक उपलव्धि हातपार्ने दाउमा देखिन्छ।
चौध दिनपछि नयाँ दिल्लीस्थित साउथव्लकमा हुने भनिएको त्रिपक्षीय वार्ताबाट केही प्रगति हुने अपेक्षा गरेको मोर्चा वार्ता उपलव्धिमूलक नभए राजनीतिक रुपमा कमजोर हुनेछ।
३६ दिनसम्म बन्द गर्दा समेत नगलेको बंगाल सरकारसँग फेरि गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन (जिटिए)मैं सम्झौता गरेको मोर्चा केन्द्र सरकारलाई हल्लाएर दार्जिलिङ क्षेत्रबाट दशकौँदेखि उठिरहेको छुट्टै राज्यको मागलाई निष्कर्षमा पुर्याउन चाहन्छ। ७ अक्टोवर २००७ मा पार्टी स्थापना हुँदा मोर्चा अध्यक्ष विमल गुरुङले 'सन् २०१० भित्रै गोर्खाल्याण्ड हुने' ठोकुवा गर्दै जनता उचाले पनि उपलव्धि न्युन छ। वार्ता झारेझुरे विषयमैं टुंगिए मोर्चाप्रति सुरु भएको वितृष्णा थप फैलेर दार्जिलिङमा राजनीतिक अस्थिरता छाउने देखिन्छ।
मोर्चा स्थापना भएदेखि नैं सुस्ताएका तर भरखरैदेखि सक्रिय हुने संकेत देखाइरहेका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङ र पश्चिम बंगाल मुख्यमन्त्री ममता बनर्जीको बढ्दो पहाड भ्रमणले गुरुङ झस्किँदैछन्। 'गोर्खाल्याण्ड राज्य कायम गराएरै छोड्ने लक्ष्य पूरा गर्न आउँदो डिसेम्वरमा नयाँ दिल्लीमा डेढ लाख नेपालीभाषी उतार्नेछौं' सोमवार यहा" आयोजित जनसभामा उनले घोषणा गरे, 'केन्द्रलाई हल्लाउन हामी त्यत्तिका मान्छे दिल्लीमैं उताछौं, अझै थप्नुपरे भारतभर छरिएका गोर्खालीले हामीलाई पक्कै साथ दिनेछन्।'
समग्र दार्जिलिङको विकासका निम्ति 'जिटिए' गठन गरेर त्यसैमार्फत दिएको तीनसय करोड रुपिया" त्यत्तिकै थन्किइरहेको र बित्थामा मान्छे उचालेर छुट्टै राज्यको 'पूरा नहुने' रटान दोहोर्याइरहेको भन्दै मुख्यमन्त्री बनर्जीले मोर्चाको खेदो खन्दैछिन्। 'भएको टन्न बजेटले विकास निर्माणका काम गर्नुपर्नेमा अनावश्यक बखेडा झिकेर मोर्चाले मान्छेलाई दिग्भ्रमित पार्दैछ' उनले बारम्बार दोहोर्याएकी छन्, 'भारतमा अब छुट्टै राज्य गठन गर्ने सम्भावना टरेकाले दार्जिलिङबासी आन्दोलनमा नअल्मलिई विकास निर्माणमा जुट्नुपर्छ ।'
मुख्यमन्त्रीको पहाड आगमन र बोलीप्रति रुष्ट मोर्चाले भने भाषा, संस्कृति र रीतिरिवाज नमिल्ने भन्दै पश्चिम बंगालबाट आधा शताव्दीदेखि अलग्गिन खोजेको प्रष्ट्याइरहेको छ । 'आन्दोलनका दौरान हामीले राष्ट्रपति प्रधानमन्त्री भेटिसकेका छौं भने मुख्यमन्त्रीको कुरा सुनेर चुप लाग्दैनौं' हजारौं उपश्थित सभामा उनले भने, 'अब गोर्खालीको शक्ति देखाउन डेढलाख मान्छे सडकमा उताछौं ।' लेप्चाको एउटा कार्यक्रममा भाग लिन २ सेप्टेम्बरमा दार्जिलिङक्षेत्र उक्लिएकी मुख्यमन्त्री बनर्जी अक्टोबर २४ मा फेरि पहाड चढ्दैछिन् ।
३६ दिन दार्जिलिङ बन्द हु"दा सरकारलाई ७० करोड नोक्सान भएको उल्लेख गर्दै गुरुङले बर्षभरमा पहाडबाट सरकारको पोल्टामा आठसय करोड पुग्ने बताएका छन् । 'तर हामीलाई चाहिं बंगालले जिटिए चलाउन बर्षभरमा ५० करोड मात्रै दिन्छ' उनले आक्रोश पोखे, 'बा"की सातसय ५० करोड पनि दार्जिलिङकै हितमा चाहिन्छ ।' अधिकारप्राप्तिको आन्दोलन दमन गर्न सरकारले ठूलो संख्यामा केन्द्रिय रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) परिचालन गरे पनि कोही डराउनुनपर्ने र छुट्टै राज्यको लडाईंमा सदैव लाग्नुपर्ने उनको भनाई छ ।
गोर्खाल्याण्ड राज्य कायम गर्ने कुरा गरे पनि मोर्चा भारेभुरे सम्झौता गर्दै लक्ष्यमा पुग्न नसकेको गुनासो चौतर्फी बढेको छ । पछिल्लोपल्ट 'जिटिए'मैं सम्झौता गर्दा सयौं कार्यकर्ता रुष्ट छन् । धेरैले त पार्टी नैं परित्याग गरेको अवस्थामा मोर्चा धर्मसंकटमा परेको छ । 'राजनीतिमा सानातिना समस्या आइरहन्छन् तर हडबडाउनु हु"दैन' अध्यक्ष गुरुङले कार्यकर्तालाई थम्थम्याउन खोज्दै भने, 'नेता भनेको मानेको पातको पानी जस्तो यता र उता ढल्मलाउनु हु"दैन भन्ने थाहा छ, त्यसैले म गोर्खाल्याण्ड राज्य गठन नभएसम्म आन्दोलनमैं मरिमेट्नेछु ।'