काठमाडौं— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगरको उम्मेदवारी फिर्ता गराउन एमाओवादी कञ्चनपुरको एक टोली राजधानी आएको छ। जिल्ला संयोजक पार्वती दुलालको नेतृत्वमा आएको टोलीले कञ्चनपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी बिनाको उम्मेदवारी फिर्ता लिन अध्यक्ष दाहालसँग आग्रह गरेको छ।जिल्ला संयोजक पार्वती दुलालको नेतृत्वमा आएको टोलीले अध्यक्ष दाहाललाई भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।
भेटका अवसरमा अध्यक्ष दाहालले आफूलाई गलत रिपोर्टिङ भएका कारण टिकट दिएको बैठकमा सहभागी एक जिल्ला नेताले जानकारी गराए। 'अध्यक्षले गलत रिपोर्टिङ भयो जिल्लाबाट सिफारिश हुँदा पनि अन्तिम सूचिमा राखिएको थाहा भएन। सबैले जित्छन् भनेपछि टिकट दिइएको हो। यसमा म पुनःविचार गर्छु भन्नुभएको छ', हिजो साँझ दाहाललाई भेटेका टोलीका एक सदस्यले नागरिकन्युजसँग भने।
पार्टीको स्थानीय तहमा सहमति नजुटाइ अध्यक्ष बुहारीलाई टिकट दिइएपछि एमाओवादीका स्थानीय नेता कार्यकर्ता रुस्ट छन्। पार्टीले आधिकारिक उम्मेदवार बिना मगरलाई अघि सारे पनि गगनबहादुर सिंहले क्षेत्र नं.१ मै बागी उम्मेदवार दिएका छन्। बागी उठेका सिंहलाई समानुपातिकतर्फ लगेर बिनालाई मान्यता दिन प्रयास यसअघि नै असफल भइसकेको छ।
बिना प्रकरणकै प्रकरण केन्द्रीय सदस्य खड्ग बस्नेतले पदबाट राजीनामा दिइसकेका छन्।