काठमाडौं— जनकपुरको तिरहुतिया गाछीस्थित एमाले जिल्ला कार्यालयमा बिहीबार निकै चहलपहल थियो। दिउँसो २ बजेतिर क्षेत्र नम्बर २ का उम्मेदवार आनन्द (गंगाराम) यादव विभिन्न झाँकीसहितको जुलुस नेतृत्व गर्दै पार्टी कार्यालय आइपुगे, उम्मेदवारको मनोनयनपत्र लिन।उनी आइपुग्नु आधा घन्टा अघिदेखि नै पार्टी कार्यालयमा छट्पटी बढ्न थालिसकेको थियो । कारण– मतदाता नामावली सूचीमा धुइँपत्ताल खोज्दा पनि उनको नाम फेला परेको थिएन ।
मतदाता सूचीमै नाम नभएपछि पार्टीको टिकट पाए पनि मनोनयनपत्र कसरी दिनु !
'सुरुमा हामीले कम्प्युटरमा खोज्यौं । नभेटेपछि निर्वाचन आयोगको वेबसाइटमा खोज्यौं । नामावलीका हार्डकपी पनि हेरौं,' एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बिहीबार नागरिकसँग भने, 'दोहो¥याएर तेह¥याएर खोज्दा पनि फेला परेन । जे भयो, निकै दुर्भाग्यपूर्ण भयो ।'
त्यसपछि साह लगायत पार्टीका अन्य केन्द्रीय सदस्य योगनारायण यादव र शत्रुघन महतोबीच छलफल भयो । महतोले केन्द्रलाई जानकारी गराए ।
यादव भने आफू श्रीमान–श्रीमतीले नै फोटोसहितको नामावली दर्ता गरेको दाबी गर्छन् । 'मैले टोली आएको बेला फोटो खिचाएको हो,' उनले नागरिकसँग टेलिफोनमा भने, 'तर कसरी मेरो नाम रहेनछ । थाहै भएन ।'
यादवको नाम नभेटिएपछि भाग्य चम्क्यो, भोलाप्रसाद साहको । प्रत्यक्षतर्फ सिफारिस भएर पनि साहले टिकट पाउन सकेका थिएनन् । 'टिकट नपाएर निराश साह त्यतिबेला घरमै थिए,' एक कार्यकर्ताले भने, 'यादवको नाम नभएको थाहा पाउनेबित्तिकै उनको दौडधुप सुरु भयो ।'
केन्द्रबाट करिब साढे चार बजेतिर साहलाई उम्मेदवार बनाएको औपचारिक 'फ्याक्स' जनकपुर पुग्यो । साहले हतारहतार निर्वाचन कार्यालय गएर उम्मेदवारी दर्ता गरे । कांग्रेसका रामकृष्ण यादव र एकीकृत माओवादीका रामचन्द्र मण्डलसँग उनको प्रतिस्पर्धा हुँदैछ ।
उम्मेदवारकै नाम मतदाता सूचीमा नभेटिएको मात्र होइन, नुवाकोट–२ मा आधिकारिक उम्मेदवारको दाबी गर्दै दुई व्यक्तिले नाम दर्ता गराएका छन् ।
एमालेका शान्ता थापा (अधिकारी) र बद्री मैनाली दुवैले आफू अधिकारिक उम्मेदवार भएको दाबी गर्दै उम्मेदवारी दर्ता गरेका छन् । मैनालीले क्षेत्र २ मा एमालेको आधिकारिक र क्षेत्र ३ मा स्वतन्त्र रूपमा उम्मेदवार दर्ता गरेका छन् ।
'नुवाकोट २ मा पार्टीका उम्मेदवार शान्ता थापा (अधिकारी) हुन्,' एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले भने, 'मैनालीले विन्दा ढुंगानाको सिफारिसमा टिपेक्स लगाएर दर्ता गराएका हुन् । हामीले फ्याक्सबाट यस विषयमा जानकारी गराइसकेका छौं ।'
निर्वाचन अधिकृतले शुक्रबारसम्म 'ओर्जिनल पत्र' बुझाउने सर्तमा मैनालीको उम्मेदवारी दर्ता गराएका हुन् । यसबारे प्रतिक्रिया लिन खोज्दा मैनालीसँग सम्पर्क हुन सकेन ।
पार्टीले नुवाकोट २ मा सुरुमा शोभा श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो । त्यसको २४ घन्टापछि ढुंगानाको नाम पार्टीले छान्यो । ढुंगानाले पनि असमर्थता जनाएपछि थापालाई चयन गरिएको थियो ।
राष्ट्रिय जनमोर्चा नेपालका नेताहरूले भने निर्वाचन आयोगको लापरवाहीका कारण राजधानीमै उम्मेदवारी दर्ता गराउन अप्ठेरो परेको आरोप लगाए । आयोगका कर्मचारीले नामावली खोज्न नसक्दा समस्या उत्पन्न भएको काठमाडौं ४ का उम्मेदवार गोविन्दसिंह थापाले बताए ।
'नामावली खोज्न कम्प्युटरको समेत व्यवस्था रहेनछ । उम्मेदवार, त्यसका प्रस्तावक र समर्थकको नाम मतदाता सूचीमा छ कि छैन खोज्न काठमाडौंको भए जिल्ला निर्वाचन कार्यालय र बाहिरका भए बबरमहल र निर्वाचन आयोगको कार्यालय नै पुग्नुपर्ने अवस्था थियो,' थापाले नागरिकसँग भने, 'त्यसले उम्मेदवारी दर्ता गर्न घन्टौं लाग्यो ।'
सिराहामा भने समयमै पुग्दा पनि मनोनयन दर्ता गर्न नपाएको संघीय समाजवादी पार्टी र दलित जनजाति पार्टीका उम्मेदवारले आरोप लगाएका छन् ।
पाँच बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिए पनि आफूहरू लाममा बस्दाबस्दै वञ्चित भएको भन्दै संघिय समाजवादी पाटी र दलित जनजाति पार्टीका नेताहरू निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका छन् ।
'लाममा बस्दाबस्दै पनि हामी साना दललाई मनोनयनबाट वञ्चित गराइयो,' समाजवादी पार्टीका दिनेश यादवले भने ।
समाजवादीका ५ र जनजातिका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराउन नपाएको उनको भनाइ छ ।