काठमाडौं— एकीकृत नेकपा माओवादीभित्रको उम्मेदवार चयन विवाद पार्टी 'हेडक्वार्टर'मा आइपुगेको छ। पार्टीका प्रमुख नेता प्रस्ताव गरिएकै क्षेत्रमा सबैभन्दा बढी विवाद देखिएपछि समस्या समाधान गर्ने जिम्मेवारी पनि हेडक्वार्टरकै काँधमा आइपुगेको हो।प्रमुख नेताहरूले पूर्ववत् क्षेत्र परिवर्तन गर्दै नयाँ निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न आकांक्षा देखाएपछि विवाद चुलिएको थियो। विवादलाई केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको आइतबार हुने संयुक्त बैठकले टुंगो लगाउन प्रयास गर्ने भएको छ । स्थानीयस्तरमा देखिएको गुट–उपगुटका कारण समस्या जटिल बन्दै गएकाले तत्कालै सुल्झाउन कठिन देखिएको छ।
'भोलि (आइतबार) बिहान अध्यक्ष (पुष्पकमल दाहाल) को निवासमा उम्मेदवार छनोट समिति र केन्द्रीय कार्यालयको बैठक बसी उम्मेदवार छनोटको अन्तिम प्रयास गर्छौं,' छनोट समितिका सदस्य रामचन्द्र झाले नागरिकसँग भने । तीन महिनाअघि तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा गठित छनोट समितिले उम्मेदवार चयन गर्न नसकेपछि केन्द्रीय कार्यालयसँग संयुक्त बैठक बस्न लागेको हो ।
मधेस ब्युरो इन्चार्जसमेत रहेका झाका अनुसार केन्द्रीय कार्यालय र समितिको संयुक्त बैठकले धेरैजसो स्थानमा उम्मेदवार छनोट गर्नेछ । स्रोतअनुसार बैठकले प्रमुख नेताहरूले उम्मेदवार दिने क्षेत्रको विवाद मिलाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । अध्यक्ष दाहालले काठमाडौं–१० सहित मधेसको कुनै एक क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भनिए पनि टुंगो लाग्न सकेको छैन । धनुषा–१ वा ६ र सिरहा–५ बाट दाहालले प्रतिस्पर्धा गर्ने भनेर चर्चामा ल्याइएको छ । मिथिला राज्य समिति संयोजक श्रवण यादवले दाहालको उम्मेदवारी निक्र्योल भएपछि मात्रै चर्चामा आएकामध्ये बाँकी दुई क्षेत्रको उम्मेदवार चयन गर्ने जानकारी दिए ।
अध्यक्ष दाहाल आफैंलाई क्षेत्र छनोट गर्न दिइनेछ । बाँकी दुई क्षेत्रमा मधेसका प्रभावशाली चारजना नेताको दाबी छ । मधेस ब्युरो इन्चार्ज झा, मिथिला इन्चार्ज विश्वनाथ साह, संयोजक यादव र भर्खरै नेकपा–माओवादीबाट एमाओवादी फर्किएका महेन्द्र पासवानबीच उम्मेदवार बन्न प्रतिस्पर्धा छ । चारै जना दाहालका लागि क्षेत्र छाड्न तयार छन् तर एकअर्कालाई भने छाड्न चाहँदैनन् ।
अर्का नेता बाबुराम भट्टराई गोरखा–२ छाडेर १ बाट प्रतिस्पर्धा गर्ने भएका छन् । यसमा सहमति पनि जुटिसकेको छ । गोरखा–२ मा हितराज पाण्डेलाई उठाउने सहमति भएको छ । तर क्षेत्र नम्बर ३ मा अमर तमु, सुशीला खड्का र कृष्ण धितालको दाबी यथावतै छ ।
गोरखाबाटै आकांक्षी देखिएका नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र टुंगो लाग्न सकेको छैन । उनका लागि गोरखाबाट नभएपछि विकल्पमा बारा–६ र मकवानपुर–२ अघि सारिएको छ । तर, त्यसबारे अझै निर्णय हुन सकेको छैन । दुवै जिल्लाबाट सिफारिसमा नपरेका श्रेष्ठलाई केन्द्रले मकवानपुर र बारा दुवैबाट उठाउने प्रयास गरिरहेको छ तर श्रेष्ठले स्वीकार गरेका छैनन् ।
कैलालीमा आन्तरिक किचलो बढेपछि पोष्टबहादुर बोगटी नुवाकोट–२ मा सीमित भएका छन् भने काठमाडौं–३ मा विवादित भएपछि कृष्णबहादुर महरा रोल्पा–१ र दाङ–३ मा फर्कने निश्चित भएको स्रोतको दाबी छ । यसअघि ललितपुर–१ बाट सभासद भएका वर्षमान पुन झापा–७ मा एमाले नेता केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भनेर चर्चामा ल्याइए पनि उनी मोरङ–२ तर्फ मोडिएका छन् । सिन्धुली–३ मा हरिबोल गजुरेल र स्थानीय नेता सुरजबहादुर स्याङतानबीच प्रतिस्पर्धाका कारण विवाद कायमै छ । दुवैले एकअर्कालाई छाडिदिन आग्रह गरेका छन् तर अझैसम्म स्वीकार नगरेपछि विवाद केन्द्रीय कार्यालय आइपुगेको छ । त्यस्तै सिन्धुली–१ मा बलराम तिमल्सिना र राजन दाहालबीचको प्रतिस्पर्धाले पनि विवाद निम्त्याएको छ ।
पार्टीलाइन विपरीत अखण्ड सुदूरपश्चिम माग गर्ने लेखराज भट्ट कैलाली–५ बाट डोटी–२ मा पुगेका छन् र ताम्सालिङ इन्चार्ज विश्वभक्त दुलाल प्रतिस्पर्धा गर्ने भनिएको मकवानपुर–३ मा स्थानीय ज्योति रायमाझी प्रतिस्पर्धीका रूपमा उभिएका छन् । तामाङ मुक्ति मोर्चाले ताम्सालिङका आठवटा जिल्लाबाट कम्तीमा १५ जनालाई प्रत्यक्ष र २० जनालाई समानुपातिकका लागि तामाङ समुदायबाटै टिकट दिनुपर्ने माग शुक्रबार पेरिसडाँडामा दर्ता गराएको छ । यो पनि केन्द्रीय कार्यालयलाई टाउको दुखाइ बनेको छ ।
भोजपुरा राज्य समिति इन्चार्ज प्रभु साहको रौतहट–३ मा जिल्ला इन्चार्ज अशोक जयसवाल र नेकपा–माओवादीबाट गत बुधबार मात्रै एमाओवादी फर्किएका धीरज पट्टेलले दाबी गरिरहेका छन् । पर्सा–५ मा भोजपुरा संयोजक छत्रबहादुर श्रेष्ठ, एमाले परित्याग गरी आएकी उर्मिला अर्याल र जालिम मियाँको दाबी छ । पर्सा–३ बाहेक जिल्लाका अन्य सबै ४ क्षेत्रमा नवप्रवेशीले टिकट पाउने भएपछि युद्धकालीन र पूर्व जनमोर्चाका नेता असन्तुष्ट देखिएका छन्् ।
जिल्ला संयोजक प्रह्लाद गिरीले पर्सा–१ मा रेखा थापा, २ मा बसुरुद्धिन अन्सारी, ३ मा राजकिशोर यादव, ४ मा आफू सुनिश्चित भएको दाबी गरे । यता स्थानीय नेता÷कार्यकर्ताले भने नवप्रवेशीलाई मात्र टिकट दिइए बागी उम्मेदवारी दिने चेतावनी केन्द्रीय कार्यालयलाई दिएका छन् ।
बाराबाट पूर्व सभासदद्वय शिवचन्द्र कुशवाहा र जयराम दाहाल तथा रौतहटमा जिल्ला इन्चार्ज जयसवाल र राज्य इन्चार्ज साहका छुट्टाछुट्टै सूची केन्द्रमा आइपुगेको छ । रौतहट–२ मा एमाले त्याग गरेका सञ्जय साहलाई भोजपुरा इन्चार्ज प्रभु साहले अस्वीकार गरेका छन् । प्रभु साहले यो स्थानमा किरण साहलाई अघि सारेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका चिनियाँ ठेकेदारसँग ५० लाख घूस लिएको आरोप लागेका राजकाजी गुरुङलाई पर्वत–२ का लागि केन्द्रले टिकट दिएपछि असन्तुष्टहरू देखिएका छन् । पर्वतमा स्थानीय कमिटीले पत्रकार सम्मेलन गरी गुरुङलाई बहिष्कार गर्ने धम्की दिएको छ । र, उनीहरूले मुख्य सचिव हितराज पाण्डेलाई शनिबार उम्मेदवारको नयाँ सूची बुझाएका छन् ।
सिन्धुपाल्चोक–१ मा राजकुमार श्रेष्ठ र सरल सहयात्रीको दाबीले सहमति हुन सकेको छैन । दोलखा–१ बाट सिफारिस भएका विशाल खड्काको सट्टा केन्द्रले गंगा कार्कीलाई टिकट दिने तयारी गरेपछि समस्या देखिएको छ । महोत्तरी–४ मा रामकुमार शर्मा र राजेन्द्र साहको दाबी छ भने धनुषा–४ मा तमलोपाबाट आएका अरविन्द साहलाई उम्मेदवारी दिने भनेपछि फुलगेन साह विपक्षमा उभिएका छन् । धनुषा–५ मा नवप्रवेशी विजय यादव सुनिश्चित भएका छन् । सर्लाही–१ मा मकवानपुरबाट गएका प्रह्लाद लामिछाने र मनीष माझीबीच कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद कायमै छ ।
नेवाःमा 'टुरिस्ट उम्मेदवार'विरुद्ध स्थानीय नेताले बागी उम्मेदवारी दिने बताएका छन् । स्थानीय माओवादी नेता माधव तिमल्सिना र गंगा लामा 'टुरिस्ट नेता'विरुद्ध खुलेरै लागेका छन् । उनीहरूले काठमाडौंबासीलाई नै टिकट नदिए बागी उम्मेदवारी दिने सार्वजनिक रूपमै घोषणा गरेका छन् । उम्मेदवार छनोट समितिका सदस्य हरिबोल गजुरेलले उम्मेदवार चयनका लागि छलफल जारी रहेको जनाउँदै 'यो विषय छिट्टै टुंग्याउने' बताए ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट विद्रोह गरेर आएको महेन्द्र पासवान नेतृत्वको टोलीले प्रत्यक्षतर्फ टिकट पाउनुपर्ने भन्दै छुट्टै सूची केन्द्रमा बुझाएको छ । पासवान टोलीलाई कम्तीमा १० वटा निर्वाचन क्षेत्र दिने प्रतिबद्धता अध्यक्ष दाहालसहितको केन्द्रीय कार्यालयले गरेको स्रोतको दाबी छ ।
सिरहा–५ मा महेन्द्र पासवान आफैं, सप्तरी–५ मा चतुर चौधरी, सप्तरी–३ मा इब्राहिम मियाँ, धनुषा–६ दीपक यादव, धनुषा–७ मा जागेश्वर महत्तो, धनुषा–२ मा किरण मण्डल, महोत्तरी–५ सोबराती मंशुर, रौतहट–३ मा धीरज पट्टेल, रौतहट–५ मा राजेन्द्र पट्टेल, बारा–१ राकेश यादव, बारा–३ मा रञ्जित पट्टेल र पर्सा–२ मा राजदेव पासवानले उम्मेदवारी पाउनुपर्ने पासवान टोलीको दाबी छ । यही सर्तमा एमाओवादीले पार्टी प्रवेश गराएको एक नेताले बताए । एमाओवादी केन्द्रीय कार्यलयसँग भएको सहमतिअनुसार पासवानसहित पाँचजना केन्द्रीय सदस्यमा मनोनीत भइसकेका छन् ।
मधेस ब्युरोको मिथिला राज्य समितिअन्तर्गत पाँच जिल्लाका ३१ निर्वाचन क्षेत्रमध्ये धनुषा–१ र ६, सिरहा–५, महोत्तरी–४, सर्लाही–१ लगायत करिब १० क्षेत्रमा उम्मेदवार चयन गर्न बाँकी छ । अन्य क्षेत्रमा भने निक्र्योल भइसकेको मिथिला राज्य समिति संयोजक श्रवण यादवले जानकारी दिए । यादवका अनुसार सप्तरी–१ मा मानपुर चौधरी, २ मा अमर मण्डल, ३ मा उमेश यादव, ४ मा शेरसिंह मण्डलको उम्मेदवारी टुंगो भइसकेको छ । सप्तरी ५ र ६ मा पनि सहमति भइसकेको छ ।
सिरहा–१ मा मुनीलाल साह, २ मा सर्वजित यादव, ३ मा रामरिझन यादव, ४ मा रामकुमार यादव र ६ मा रामकुमार यादव छनोट भएको यादवले जानकारी दिए । त्यस्तै धनुषा–२ मा रामचन्द्र मण्डल, ३ मा हृदय मण्डल, ५ मा विजय यादव, ७ मा रामकुमार महतो छनोट भएका छन् भने महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, २ मा लालबाबु यादव, ३ मा रामआधार कापड, ६ मा भरत साह छानिएका छन् । त्यस्तै सर्लाही २ मा राजकुमार यादव, ३ मा भरत थापा, ४ मा किशोरीराय यादव, ५ मा अब्दुल अन्सारी र ६ मा फकिर महतो छनोट भइसकेको संयोजक यादवले जानकारी दिए । 'छनोट हुन बाँकी क्षेत्रमा केन्द्रीय कार्यालयले निर्णय गर्छ,' यादवले भने, 'केन्द्रको निर्णयलाई तल्लो तहमा मान्ने सहमति भएको छ ।'

पासवानको बेग्लै सूची

मिथिलामा उम्मेदवारी चयन