काठमाडौं— संविधानसभा चुनावमा भाग लिने कि जनविद्रोहको लाइनमै अडिग रहने भन्ने विषयमा दुई लाइनको संघर्षका कारण नेकपा–माओवादीभित्र संकट उत्पन्न हुन थालेको छ। सातौं महाधिवेसनले पास गरेको जनविद्रोहको कार्यदिशा वस्तुगत र राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिका कारण सफल हुन नसक्ने भन्दै पार्टी परित्याग गर्ने केन्द्रीय नेताको संख्या बढ्न थालेका छन्।मंगलबार माओवादी त्यागेर नेकपा–माओवादी (विद्रोही) गठन गरेका केन्द्रीय सदस्य महेन्द्र पासवानले मंसिर ४ को चुनावमा भाग लिने जनाएका छन् । 'निर्वाचन बहिष्कार वस्तुगत परिस्थितिअनुसार मेल खाँदैन । त्यो जनताको भावना पनि होइन,' उनले भने, 'चुनावमा सहभागी हुने कि नहुने भन्नेमा त्यहाँ (माओवादी)भित्र अझै बहस जारी छ ।'
संविधानसभा–२ को चुनावमा सहभागी नभए माओवादी विघटनको दिशातर्फ जाने उनको दाबी छ । पासवानसँगै अर्का केन्द्रीय सदस्य धीरज पट्टेलले चुनावमा भाग लिने भन्दै पार्टी छाडेका छन् । केही दिनअघि मात्रै केन्द्रीय सदस्य सूर्यनाथ यादवले पार्टी परित्याग गरेका थिए ।
०६९ असार ५ गते नेकपा–माओवादी गठन भएयता ८ केन्द्रीय नेताले पार्टी परित्याग गरिसकेका छन् । पार्टी छाड्नेमा कुमार दाहाल, कृष्णध्वज खड्का, रेखा शर्मा, खुसीराम पाख्रिनसमेत छन् । यादवबाहेक सबै नेता एकीकृत नेकपा माओवादीमा फर्किसकेका छन् ।
महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ, प्रवक्ता पम्फा भुषाल, केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत नेता मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिए संविधानसभालाई उपयोग गरेर जानु पर्छ भन्ने पक्षमा उभिँदै आएका छन् ।
सचिव नेत्रविक्रम चन्दसहित बहुमत केन्द्रीय सदस्य चुनाव बहिष्कारको विकल्प नभएको भन्दै चुनावमा सहभागी हुन नहुने अडानमा छन् ।
'अध्यक्षज्यू (मोहन वैद्य) यसै कारण चेपुवामा पर्नु भएको छ,' एक केन्द्रीय सदस्यले भने, 'त्यसकारण माओवादी कहिले निर्वाचन भाग लिने–लिने जस्तो, कहिले नलिने–नलिने जस्तो भइरहेको छ ।'
बहिष्कारको नीति लिएका प्रभावशाली नेताहरूले नै पार्टी छाडेपछि तराई–मधेसमा माओवादी कमजोर हुने देखिन्छ । दीपक यादव (इन्चार्ज, धनुषा), रञ्जित पट्टेल (इन्चार्ज, बारा), घनश्यामप्रसाद रजक (इन्चार्ज, मधेस विशेष जिल्ला संगठन (नेवाः), पर्सा सहइन्चार्ज राजदेव पासवान, जागेश्वर महत्तो (धनुषा– सहइन्चार्ज) र अजय पासवान (सेक्रटरी, धनुषा), चतुरनारायण चौधरी (सहइन्चार्ज, सप्तरी)लगायत मधेसमा प्रभाव पार्ने अधिकांश नेता चुनावलाई उपभोग गर्न भन्दै पार्टीबाट बाहिरिएका छन् ।
मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी उनीहरूले चुनावलाई उपयोग गरेर जाने निर्णय गरेको बताए । पासवानको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ, जसमा मधेसी समुदायका नेताको बाहुल्य छ ।