बल्छी थाप्दै एमाओवादी
०८ असोज २०७०
•
६ मिनेट पाठ
बल्छी थाप्दै एमाओवादी
काठमाडौं — संविधानसभा चुनावका लागि उम्मेदवारी दर्ता गर्न थपिएको समयमा 'उम्मेदवार छान्नु सट्टा' एकीकृत माओवादीले अन्य पार्टीका नेता तान्ने अभियान सुरु गरेको छ । उम्मेदवारी छनोट सकसपूर्ण भएपछि एमाओवादी अन्य पार्टीका नेतालाई आफ्नोमा प्रवेश गराउने अभियानतिर मोडिएको हो।उसले आफैंसँग छुट्टिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केही केन्द्रीय नेतालाई पार्टीमा भिœयाएको छ भने अन्य केहीलाई ल्याउने कसरत गरिरहेको छ । यो सेरोफेरोमा एमाओवादीले कांग्रेसका खेमराज भट्ट 'मायालु' देखि एमालेबाट उम्मेदवार भएका सञ्जय साह, नवजनवादी मोर्चाका अध्यक्ष मनोज सिंहलगायतलाई पार्टीमा ल्याएको छ ।

यो अभियानमार्फत् एमाओवादी अन्य पार्टीलाई मनोवैज्ञानिक दबाब दिन चाहन्छ । अध्यक्ष पुष्पकमल दाहालले नै पार्टी प्रवेशको लहर चलेको दाबी गरेका छन् । त्यतिमात्र होइन, एमाओवादीले दुईतिहाई ल्याउनेसमेत उनको दाबी छ ।

एमाओवादीको उम्मेदवार छनोट समितिले भने अझै उम्मेदवार चयन गर्न सकेको छैन । आंकाक्षी बढी भएको तथा युद्धकालीन, गैरयुद्धकालीन र नवप्रवेशी तीन पक्षबीच सन्तुलन मिलाउनु परेकाले उम्मेदवार छान्न उसलाई अप्ठेरोमा परेको हो । महिला, मुस्लिम, मधेसी, अल्पसंख्यक, पिछडिएका क्षेत्रजस्ता आरक्षण कोटा मिलाउनुपर्ने चुनौती पनि उत्तिकै छ । यसले प्रभावशाली भनिएकै नेताहरू प्रतिस्पर्धा गर्ने अवसरबाट बाहिरिने सम्भावना छ ।

'महिला, मुस्लिम, पिछडिएका क्षेत्र, दलित, कर्णालीजस्ता सबैलाई मिलाएर जानुपर्ने भएकाले उम्मेदवारी छनोटमा ढिलाइ भइरहेको छ,' भोजपुरा राज्य संयोजक छत्रबहादुर श्रेष्ठले मंगलबार नागरिकसँग भने, 'सबैलाई मिलाउनुपर्ने र नयाँ साथीहरूलाई ठाउँ दिनुपर्ने चुनौती पार्टीसामु छ ।'

ताम्सालिङ र भोजपुरामा विवाद


एकीकृत माओवादीको ताम्सालिङ र भोजपुरा राज्य समितिमा उम्मेदवार छनोटमा गुटगत प्रतिस्पर्धा चर्किंदै गएको छ ।

ताम्सालिङ राज्य समितिअन्तर्गत सिन्धुली–३ मा हरिबोल गजुरेलविरुद्ध स्थानीय नेता तथा पूर्व जिल्ला सेक्रेटरी सुरजबहादुर स्याङतान उभिएका छन् ।

गजुरेललाई उम्मेदवारी दिनै नहुने पक्षमा रहेका स्याङतानले उक्त क्षेत्रमा ४५ प्रतिशतभन्दा बढी तामाङ बाहुल्य रहेको कारण देखाउँदै टिकट आफूले पाउनुपर्ने अडान राखेका छन् । सिन्धुली–१ मा राजन दाहाल र बलराम तिमल्सिनाबीच प्रतिस्पर्धा चलेकाले उक्त क्षेत्रको उम्मेदवार चयन जटिल बनेको छ ।

मकवानपुर–३ मा ताम्सालिङ राज्य समितिका इन्चार्ज विश्वभक्त दुलालविरुद्ध स्थानीय नेता ज्योति रायमाझी उभिएका छन् । रायमाझीले उक्त क्षेत्रमा दाबी गरेपछि दुलाल कहाँबाट उठ्ने निक्र्योल हुन सकेको छैन ।

भोजपुरा राज्य समितिअन्तर्गत बारा, पर्सा र रौतहटमा द्विपक्षीय÷त्रिपक्षीय प्रतिस्पर्धा चलेकाले तीनै जिल्लाबाट को–को निर्वाचनमा प्रतिस्पर्धा गर्ने टुंगो हुन बाँकी छ । राज्य समिति बैठक बोलाएर उम्मेदवार छनोट गर्ने भनिए पनि पाँच दिन नाघिसक्दासम्म बैठक बस्न सकेको छैन ।

रौतहटमा भोजपुरा राज्य समिति इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज अशोक जयसवालले आ–आफ्नै उम्मेदवार अघि सारेका छन् । साहले १ नम्बर क्षेत्रबाट एमाले परित्याग गरी आएका राजकिशोर यादव र जयसवालले श्रीप्रसाद मुखिया, २ मा साहले किरण साह र जयसवालले शैलैन्द्र साह, ३ मा साह र जयसवाल दुवैको आफ्नै दाबी छ । त्यस्तै, ४ नम्बर क्षेत्रमा साहले उपेन्द्र साह र जयसवालले सत्यनारायण भगत, ५ मा साहले कान्ती महतो र जयसवालले बिन्देश्वर यादव तथा ६ नम्बरमा साहले देवेन्द्र पट्टेल र जयसवालले अमित श्रेष्ठ, काजीमान कुश्वार र रीता बस्नेतलाई अघि सारेका छन् ।

बारामा प्रभु साह, जिल्ला इन्चार्ज शिवचन्द्र कुशवाहा र पूर्वसभासद जयराम दाहालका आ–आफ्नै सूची भएकाले उम्मेदवार छनोट थप जटिल बनेको छ । कुशवाहाले १ देखि ६ का लागि क्रमशः शम्भु मण्डल, शिवचन्द्र, श्रीपासवान, रामनारायण पाल, लालबहादुर पट्टेल, ज्वाला साह र जयराम दाहालको सिफारिस गरेका छन् भने साहले १ देखि ६ मा क्रमशः ज्वाला साह, कुशवाहा, समिर मियाँ, सुरेश साह, शम्भु मण्डल र हरि चौलागाईंलाई सिफारिस गरेका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस