काठमाडौं — मलेसियास्थित दूतावासले 'ट्राभल डकुमेन्ट' का निम्ति नेपाली कामदारसँग बढी पैसा असुल्न थालेपछि उनीहरू दलालको फन्दामा परेका छन्। दूतावासलाई १ सय ६० रिंगेटमा बन्ने ट्राभल डकुमेन्टका निम्ति २ हजार ८ सय तिर्नुपरेको मलेसियाबाट फर्कनेहरूले बताएका छन्।
त्यही पैसा जोगाउन र छिटोभन्दा छिटो मलेसिया छाड्न धेरैजना दलालको भर पर्दा नक्कली भिडाइएको खुलेको छ । उनीहरूले हतारमा फिर्ती अनुमति (आउटपास) पनि लिएका थिएनन् ।
मलेसियाबाट फर्कन लागेका १ सय ६ नेपाली कामदार नक्कली ट्राभल डकुमेन्ट र फिर्ती अनुमति नभएकै कारण सोमबार राजधानी क्वालालम्पुर विमानस्थलमा पक्राउ परे । एयर एसिया, नेपाल एयरलाइन्स र मलेसियन एयरलाइन्सबाट फर्कन लागेका उनीहरूलाई त्यहाँको अध्यागन विभागले विमानस्थलबाटै पक्राउ गरेको हो ।
गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष रमेश तिवारीले अध्यागमनले विमानस्थल पुगेका १ सय २० मध्ये १ सय ६ जनाको कागजपत्र शंकास्पद देखिएकाले नियन्त्रणमा लिएको जानकारी दिए ।
'मलेसियामा व्यापक धरपकड चलिरहेको छ, अवैध कामदार स्वदेश फर्कन आत्तिरहेका छन्,' उनले नागरिकसँग टेलिफोनमा भने, 'यस्तो बेला कामदारहरू दलालको फन्दामा परेका हुन सक्छन् ।' उनीहरूले मलेसियाको अध्यागमन विभागबाट फिर्ती अनुमति नलिएको र नक्कली डकुमेन्ट बनाई फर्कन खोज्दा पक्राउ परेकोे तिवारीले बताए ।
मलेसिया सरकारले सेप्टेम्बर पहिलो सातायता अवैधानिक कामदार पक्राउ गरी सम्बन्धित देश फर्काउने अभियान चलाइरहेको छ । त्यसयता मलेसियामा रहेका अवैधानिक नेपाली कामदार स्वदेश फर्कने क्रम बढेको छ । मलेसियास्थित नेपाली दूतावासले दैनिक ३ सय हाराहारी ट्राभल डकुमेन्ट बनाउन आउने गरेको जनाएको छ । यस्तोमा कामदारलाई दूतावासमा सहज पहुँच नहुनुका साथै कागजपत्र बनाउन चल्तीको भन्दा बढी शुल्क तिर्नुपरेपछि बाहिरै सेटिङ मिलाएर नक्कली बनाउने गरेको पाइएको छ ।
'दूतावासबाट सामान्य मान्छेले काम लिन सक्दैन,' नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका अध्यÔ हरि भट्टराईले भने, 'बाहिर सेटिङ मिलाएर फर्कन खोज्दा कागजपत्र नमिलेर पक्राउ परेका हुनसक्छन् ।' मलेसियामा यस्तो समस्या बढिरहँदा पनि दूतावासले ध्यान नदिएको उनले गुनासो गरे ।
पक्राउ परिने डरले हतारमा फर्कन खोज्दा फिर्ती अनुमति नलिएको वा ट्राभल डकुमेन्ट नै नक्कली भएकाले समातिएको उनले बताए । 'पक्राउ परेका नेपाली कामदारलाई अहिलेसम्म यहाँको सरकारले भेट्न दिएको छैन । सुरुदेखि नै पक्राउ परेका कामदार कुन ठाउँमा छन् भन्ने पनि कसैलाई जानकारी छैन, न दूतावासले नै जानकारी राखेको छ,' उनले भने ।
नेपाल एयरलाइन्सको मलेसिया कार्यालयका अनुसार सोमबार १ सय ९० जनाले टिकट काटे पनि ६३ जना अपुग भएपछि समयमा उड्न सकेन । मलेसियाको अध्यागमन विभागले ६३ जना कामदारलाई बोर्डिङ पास प्राप्त पाएपछि र ४३ लाई टिकट काउन्टरबाट पक्राउ गरेको तिवारीले जानकारी दिए ।
अध्यागमन विभागले एयरपोर्टमै गएर छापा मारी कामदारलाई पक्राउ गरेपछि टिकट काटेर अन्य एयरलाइन्सबाट फर्कने क्रममा रहेका कामदार नेपाली दूतावासको शरणमा पुगेका छन् । 'विभागले अकस्मात एयरपोर्टमै छापा मारेर पक्राउ गरेपछि टिकट काटेर पनि जान डर लाग्यो,' दूतावास पुगेका म्याग्दी ताकमका पूर्ण थापाले टेलिफोनमा बताए ।
दूतावासमा ५० भन्दा बढी कामदार शरण लिन पुगेको उनले बताए । 'फेरि कम्पनीमा फर्केर जाऊँ, बिदा लिइसकियो, स्वदेश फर्कूं, एयरपोर्टमा नै समातिने डर, त्यसैले धेरै कामदार दूतावासमा पुगेका छन्,' उनले भने ।
नेपाली कामदार एयरपोर्टमा पक्राउ परेको विषयमा नेपाली दूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले यसबारे बुझ्न अध्यागमनसँग पत्राचार गर्ने बताए ।
अध्यागमन विभागको नेतृत्वमा जारी अवैध कामदार पक्राउ अभियानअन्तर्गत ५ लाख अवैधानिक कामदार पक्रन १ लाख ३५ हजार प्रहरी, सेना र कर्मचारी खटिएका छन् । विभागले निश्चित समय दिएर अवैधानिक कामदारलाई स्वदेश फर्कन समय दिएको थियो । उक्त समयमा नफर्कने कामदारलाई छापा मारी पक्राउ गरेर विभिन्न १२ वटा जेलमा राखिएको विभागले जनाएको छ ।
मलेसिया सरकारले थालेको यस अभियानमा इन्डोनेसियाका कामदार बढी लÔित भए पनि बंगलादेश, भारत, म्यानमार, भियतनाम र नेपालीसमेत पक्राउ परिरहेका छन् । यस्तो अभियान तीन महिनासम्म सञ्चालन हुने त्यहा"को अध्यागमन विभागले जनाएको छ ।
छापा मार्ने क्रममा अवैधानिक कामदार ल्याउने र काम लगाउने कम्पनी तथा व्यक्तिलाई पनि ५ लाख रिंगेट र २० वर्Èसम्मको जेल सजाय हुने विभागले जनाएको छ । कामदारहरूले ट्राभल डकुमेन्ट बनाएर अध्यागमन विभागबाट आउटपास लिन पनि ३१ सय रिंगेटसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।