माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध
२६ चैत्र २०७७
•
२ मिनेट पाठ
माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध
वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गरे। उनीहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो।




वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको बताए। आज सुरु भएको बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाए।

उनले सरकारले विगतका वर्ष झै यस वर्षमा पनि सरकारको नीति कार्यक्रम ल्याइँदा आइएनजीओहरुलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान राखिएको थिएन भने। उनले अहिलेको सरकारले मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख रकम एमाले पार्टीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयोजनका निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो संसद्मा प्रष्ट पार्न माग गरे। नेता बानियाँले सरकारले आफैँ निर्माण कम्पनी स्थापना गरी सञ्चालन गर्न भनी विधेयक ल्याउन खोजिएकामा आपत्ति प्रकट गर्दै जनताकै सहभागितामा निजी कम्पनी सञ्चालन हुनु स्वभाविक भएको भन्दै सरकारले नै कम्पनी स्थापना गर्नु नाजायज र अनियमित कार्यलाई प्रत्साहित गर्न खोजिएको धारणा व्यक्त गरे। बैठकमा साझा विवेकशील दलका रमेश पौड्यालले सरकारले प्रतिपक्ष दलहरुसँग सहकार्य, विचारविमर्श नै नगरी एकपक्षीय ढङ्गबाट आफ्नो चुनावी क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले बजेट र योजनाको बाँडफाँड गर्नु नाजायज भएको उल्लेख गर्दै सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई तत्काल स्थगन गर्नुपर्ने माग गरे।

उक्त बैठकको विषेश समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोरसाईँ र राप्रपाका रीता माझीले सरकारले अहिले जनताको स्वास्थ्य उपचारप्रति गम्भीर नभएकाले कोभिड–१९ सङ्क्रमणका बिरामी दैनिकरूपमा बढ्दै गएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रित गर्नुपर्ने र तत्कालका लागि विद्युतीय बस खरिद प्रक्रियालाई स्थगन राखी आवश्यक मापदण्डका विषयमा छलफल गर्नुपर्ने धारण व्यक्त गरे। प्रदेशसभा बैठकमा छलफलका लागि आज तयार गरिएको कार्यसूची संसद्मा पेश नै नभई हटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
अर्को समाचार
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
३७ मिनेट अघि
•
१ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
काठमाडौं। राजनीतिक दलहरू नागरिकसँग जोडिन प्रायः चुनाव, सभा, संगठन विस्तार र राजनीतिक गतिविधिलाई माध्यम बनाउँदै आएका छन्। नेपाली कांग्रेसले भने अब सामाजिक काममार्फत स्थानीय तहमा आफ्नो उपस्थिति स्थापित गर्ने रणनीति अघि सारेको छ।




पार्टी सभापति गगन थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय बनाउने योजना सार्वजनिक गरेका छन्।

कांग्रेसको यो अभियानलाई पार्टीको स्थापनाकालीन सामाजिक कार्यशैलीसँग पुनः जोडिने प्रयासका रूपमा हेरिएको छ। पार्टी स्थापनाका बेला बीपी कोइरालाले सामाजिक कामलाई राजनीतिक सदस्यतासँग समेत जोडेको ऐतिहासिक अभ्यास स्मरण गर्दै थापाले अहिले पनि पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक क्षेत्रमा सक्रिय हुन आग्रह गरेका छन्।

उनका अनुसार कांग्रेसका नेता तथा कार्यकर्ता व्यक्तिगत रूपमा विभिन्न सामाजिक काममा संलग्न भए पनि ती कामले पार्टीको संस्थागत पहिचान पाउन सकेका छैनन्। त्यसैले अब सामाजिक कामलाई पार्टीको नाम र संगठनसँग जोडेर अघि बढाउनुपर्ने उनको जोड छ।
‘अब जे काम गर्दा पनि कांग्रेस भनेर सामाजिक काम गरौँ,’ थापाले नेता–कार्यकर्तालाई निर्देशन दिँदै भनेका छन्।

चार महिनामा सबै पालिकामा कम्तीमा एउटा परियोजना

अभियानअन्तर्गत आगामी पुसदेखि चैतसम्म चार महिनाको अवधिमा देशभरका सबै स्थानीय तहमा कम्तीमा एउटा ठोस सामाजिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। स्थानीय आवश्यकता र भौगोलिक अवस्थाका आधारमा परियोजना छनोट गरिनेछ।

विद्यालयका कक्षाकोठा निर्माण, विपन्न नागरिकका लागि आवास, खानेपानी आयोजना, सांस्कृतिक सम्पदा संरक्षण, सीपमूलक तालिम, कृषि प्रवर्द्धन, वातावरण संरक्षण तथा युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम अभियानका सम्भावित क्षेत्र हुन्।

यसले अभियानलाई एउटै प्रकृतिको कार्यक्रमभन्दा स्थानीय समस्यामा आधारित परियोजनाका रूपमा अघि बढाउन खोजिएको देखाउँछ। हिमाली क्षेत्रमा खानेपानी र विद्यालय पूर्वाधार प्राथमिकतामा पर्न सक्छन् भने सहरी क्षेत्रमा सीप विकास, रोजगारी र वातावरण संरक्षणका कार्यक्रम बढी सान्दर्भिक हुन सक्छन्।

तर परियोजना छनोट गर्नु मात्र अभियानको उपलब्धि हुनेछैन। स्थानीय नागरिकको वास्तविक आवश्यकता पहिचान, लाभग्राहीको छनोट र कामको गुणस्तर सुनिश्चित गर्नु यसको प्रभावकारिता मापन गर्ने आधार बन्नेछ।

केन्द्रले स्रोत जुटाउने, स्थानीय तहले काम गर्ने

अभियानको अर्को महत्त्वपूर्ण पक्ष आर्थिक तथा प्राविधिक स्रोत व्यवस्थापन हो। स्थानीय तहमा छनोट भएका परियोजनाका लागि आवश्यक स्रोत–साधन केन्द्रीय कार्यालयले उपलब्ध गराउने सभापति थापाले प्रतिबद्धता जनाएका छन्।

‘तपाईंहरू आँट्नुहोस् मात्र, आवश्यक स्रोत–साधन हामी जुटाउँछौँ,’ उनले भनेका छन्।

छनोट गरिएका परियोजनाबारे पुसको अन्तिम सातासम्म केन्द्रीय कार्यसमितिलाई लिखित जानकारी गराउनुपर्नेछ। परियोजनाको प्रकृतिअनुसार चार महिना, छ महिना वा एक वर्षसम्म पनि कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

यद्यपि, सबै पालिकामा एकैपटक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पूरा गर्न आर्थिक स्रोत, जनशक्ति र स्थानीय संगठनको क्षमता महत्त्वपूर्ण हुनेछ। केन्द्रबाट स्रोत उपलब्ध गराउने प्रतिबद्धता भए पनि त्यसको पारदर्शी वितरण र प्रभावकारी उपयोग सुनिश्चित गर्नु चुनौतीपूर्ण हुन सक्छ।

विशेषगरी परियोजनाको लागत, सहयोगको स्रोत, खर्च विवरण र सम्पन्न कामको सार्वजनिक अभिलेख राख्न सके मात्र अभियानप्रति नागरिकको विश्वास बढ्न सक्छ।

सामाजिक सेवा कि पार्टीको पहिचान विस्तार?

‘एनसी फर एनसी’ अभियानको राजनीतिक र सामाजिक दुवै पक्ष छन्। एकातिर यसले विद्यालय, खानेपानी, आवास, कृषि र रोजगारीजस्ता नागरिकका दैनिक आवश्यकतामा पार्टीलाई प्रत्यक्ष जोड्ने अवसर दिन्छ। अर्कोतिर सामाजिक काममा पार्टीको नाम जोड्ने रणनीतिले संगठनको उपस्थिति र सार्वजनिक पहिचान विस्तार गर्ने उद्देश्य पनि बोकेको देखिन्छ।

यस सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, सामाजिक कामको केन्द्रमा नागरिकको आवश्यकता रहनेछ कि पार्टीको संगठनात्मक पहिचान?

राजनीतिक दलले सामाजिक काम गर्नु लोकतान्त्रिक अभ्यासको स्वाभाविक हिस्सा हो। तर सार्वजनिक हितका परियोजनामा दलगत आबद्धताभन्दा आवश्यकताका आधारमा लाभग्राही छनोट गर्नु आवश्यक हुन्छ। विशेषगरी विपन्न, दलित, अपांगता भएका व्यक्ति, महिला र सीमान्तकृत समुदायले समान रूपमा लाभ लिन सक्ने व्यवस्था हुनुपर्छ।

अभियानको विश्वसनीयता पार्टीको प्रचारभन्दा नागरिकले प्राप्त गर्ने वास्तविक सुविधाबाट स्थापित हुनेछ।

कामको नतिजाबाट नेता–कार्यकर्ताको मूल्याङ्कन

अभियानलाई व्यवस्थित बनाउन कांग्रेसले केन्द्रीय स्तरमा छुट्टै सचिवालय स्थापना गर्ने भएको छ। सचिवालयले देशभर सञ्चालन भएका कार्यक्रम र सम्पन्न कामको विवरण संकलन गरी पार्टी सभापतिलाई बुझाउनेछ।

चार महिनापछि अभियानको विस्तृत समीक्षा गरिनेछ। त्यसक्रममा नेता–कार्यकर्ताले आफूले जिम्मेवारी पाएको पालिकामा सञ्चालन गरेको परियोजनाको विवरण प्रस्तुत गर्नुपर्नेछ। अभियानको नतिजाका आधारमा उनीहरूको सांगठनिक मूल्याङ्कनसमेत गरिने थापाले बताएका छन्।

यो व्यवस्थाले पार्टीभित्र कामको जिम्मेवारी र जवाफदेहितालाई जोड्न खोजेको देखिन्छ। तर मूल्याङ्कन गर्दा कार्यक्रमको संख्या र खर्चलाई मात्र आधार बनाउने कि त्यसबाट नागरिकको जीवनमा आएको परिवर्तनलाई पनि मापन गर्ने भन्ने विषय महत्त्वपूर्ण हुनेछ।
उदाहरणका लागि, विद्यालयको भवन निर्माण सम्पन्न हुनु एउटा उपलब्धि हो। तर त्यसले विद्यार्थीको सिकाइ वातावरणमा कस्तो सुधार ल्यायो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैगरी खानेपानी आयोजना निर्माण हुनुका साथै त्यसबाट कति घरधुरी लाभान्वित भए भन्ने विवरण सार्वजनिक हुनुपर्छ।

घोषणाभन्दा कार्यान्वयनमा अभियानको परीक्षा

कांग्रेसले अघि सारेको ‘एनसी फर एनसी’ अभियानले पार्टीको पुरानो सामाजिक कार्यशैलीलाई नयाँ संगठनात्मक संरचनासँग जोड्ने प्रयास गरेको छ। यसले स्थानीय तहमा पार्टीका नेता तथा कार्यकर्तालाई नागरिकका समस्या समाधानमा प्रत्यक्ष सहभागी गराउने अवसर दिन सक्छ।

तर देशभरका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य आफैँमा ठूलो व्यवस्थापकीय जिम्मेवारी हो। स्रोतको उपलब्धता, स्थानीय समन्वय, परियोजनाको निरन्तरता, पारदर्शिता र परिणामको मूल्याङ्कन यस अभियानका मुख्य चुनौती हुनेछन्।

चार महिनापछि अभियानको समीक्षा गर्दा कति कार्यक्रम घोषणा भए भन्नेभन्दा कति काम सम्पन्न भए, कति नागरिक लाभान्वित भए र ती कार्यक्रमले स्थानीय समस्यामा कस्तो परिवर्तन ल्याए भन्ने विषयले बढी महत्त्व पाउनेछ।

अन्ततः ‘एनसी फर एनसी’ अभियानको सफलता कांग्रेसले कति ठाउँमा आफ्नो नाम स्थापित गर्‍यो भन्नेमा मात्र होइन, कति नागरिकले पार्टीको पहलबाट वास्तविक लाभ पाए भन्नेमा निर्भर हुनेछ।
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस