काठमाडौं — बाबुराम भट्टराई सरकारको मुख्य सहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक रुपमा विभाजित भएको छ। मोर्चामा आवद्ध पाँच दलमध्ये तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल (हाल तराई मधेस सदभावाना पार्टी) र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेतृत्वले अन्य दलसँग चुनावी तालमेलका लागि मोर्चाबन्दीको पहल गरेपछि मधेसी मोर्चा औपचारिक रुपमा विभाजित हुन पुगेको हो।
महेन्द्र राय यादव नेतृत्वको तमसपा (पहिले तमलोपा, नेपाल) र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले शरदसिंह भण्डारी नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टी र अनिलकुमार झा नेतृत्वको संघीय सदभावना पार्टीसँग मिलेर चुनावी तालमेलका लागि मोर्चा बन्दी पहल गरेका छन्।
‘मधेस केन्द्रित हामी ४ दलबीच चुनावी तालमेल गर्नका लागि मोर्चाबन्दी गरेर अघि जाने सैद्धान्तिक सहमति भएको छ,’ झाले नागरिकन्युजसँग भने, ‘तत्कालै कार्यदल बनाउने र कसरी अघि जाने भन्ने विषयमा छलफल चलेको छ।'
राष्ट्रपति भवनमा हिजो साँझ सर्वपक्षिय बैठक सकिएपछि चार दलका प्रतिनिधिबीच चुनावी तालमेल र एकताको विषयमा उनीहरुबीच छलफल भएको थियो। महेन्द्र यादव चुनावी प्रचार प्रसारको सिलसिलामा तराईमा भएकाले पूर्णता पाउन नसके पनि अन्तिम निर्णय गर्न मात्र बाँकी रहेको झाले बताए।
भट्टराई सरकारले राजिनामा दिएपछि मोर्चाको बैठक अहिले सम्म बस्न सकेको छैन। मोर्चा आवद्ध दलका नेता नै एक अर्काको पार्टीमा प्रवेश गरेपछि मधेसी मोर्चा संकटमा पर्दै गएको थियो। मोर्चा आवद्ध राजेन्द्र महत्तो नेतृत्वको सदभावाना पार्टीले मोर्चाको औचित्य सकिए पनि औपचारिक रुपमा विभाजित भने अझै भएको थिएन। फोरम गणतान्त्रिक र तमसपा नै अलग्गै मोर्चाबन्दीमा लागे पछि मोर्चा औपचारिक रुपमा विभाजित भएको छ।
अब मोर्चामा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम, लोकतान्त्रिक मात्रै वाँकी छन्।