काठमाडौ- राष्ट्रपतिद्वारा आयोजना गरिएको सर्वदलिय बैठकमा नेकपा–माओवादीले चुनावप्रति प्रतिबद्धता जनाएको छ। यसअघि पोखरा केन्द्रीय समिति बैठकबाट उसले चुनाव बहिष्कारको नीति लिँदै बहिष्कारमा जान कार्यकर्ता परिचालन गरेको थियो।
माओवादीले चुनाव सार्न प्रस्ताव गरेकोमा अन्य दलहरुले त्यसलाई स्वीकार्न नसकिने बताएपछि पर्सी १ बजे बस्ने गरी आजको वार्ता सकिएको छ।
'तपाइँहरुलाई चुनावमा जान अप्ठ्यारो परेको उम्मेदवार मनोनयनका लागि समय थप्न निर्वाचन आयोगलाई सिफारिश गर्छौ भन्ने प्रस्ताव हामीले राख्यौं', बैठकबाट बाहिरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।
बैठकमा माओवादीले ४ बुँदामा आफ्नो धारणा राखेको छ। उसले संविधानसभाको निर्वाचन चैत्रमा सारेर सबैलाई निर्वाचनमा सहभागी हुने वातावरण गराउन माग गरेको छ।
प्रधानन्याधीश नेतृत्वको वर्तमान सरकार विघटन गरी धारा ३८ (१) अनुसार दलीय सरकार गठन गर्नुपर्ने तर त्यो हुन नसकेमा वर्तमान मन्त्रिपरिषदका अध्यक्षले प्रधानन्याधीशबाट राजीनामा दिएमा सोच्न सकिने माओवादीले बताएको छ। उसले पहिलो प्राथमिकता दलीय सरकारमा हुने बताउँदै सरकारको नेतृत्व र स्वरुपबारे पनि छलफल गर्न जोड दिएको छ।
बैद्य माओवादीले संविधानसभाको अन्तरवस्तुमा निर्वाचन अगाडि नै सहमती गर्नु पर्ने अडान बैठकमा राखेको स्रोतले बताएको छ। स्रोतका अनुसार उसले संविधान निर्माणको मार्ग चित्र तयार गर्नु पर्ने बैठकमा बताएको छ।
पूर्ण समानुपातीक निर्वाचन प्रणाली लगायत १८ बुँदेमा माग गोलमेच सम्मेलनमा छलफल गर्नु पर्ने उसको धारणा छ। माओवादीले राष्ट्रिय सहमतीको लागी गोलमेच सम्मेलन गर्नु पर्ने र त्यसमा विघटीत संविधानसभामा रहेका दलहरु र आन्दोलनरत दलहरुलाई बोलाउनु पर्ने माग गरेको छ।
दिउँसो २ बजेदेखि शीतल निवासमा भएको बैठक साँझ सवा ७ बजे सकिएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बैठक सकारात्मक भएको माओवादी नेता देव गुरुङले प्रतिक्रिया दिए।