काठमाडौं – उच्चस्तरीय राजनीतिक समिति र आन्दोलनरत संघीय समाजवादी पार्टीबीच शुक्रबार सम्झौतामा हस्ताक्षर हुने भएको छ। समिति र संघीय समाजवादीबीच बुधबारको वार्तामा मागबारे सैद्धान्तिक सहमति भए पनि सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन। 'भोलि बिहान (शुक्रबार) ८ बजे सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ,' संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले भने। कांग्रेस नेता मिनेन्द्र रिजालले पनि संघीय समाजवादी पार्टीसँग सबै विषय शुक्रबार टुंगिने बताए।सर्वदलीय बैठकको मोडालिटी र प्रक्रियाबारे दुवै पक्षबीच सहमति हुन बाँकी थियो। संघीय समाजवादीले सर्वदलीय बैठकबाट माग पूरा गर्नुपर्ने अडान राखेको थियो तर समिति सबै विषयमा सहमति गरेर बैठकमा जानकारी मात्रै गराउने पक्षमा थियो।
यस विषयमा श्रेष्ठ र रिजालबीच बिहीबार साँझ छलफल भएको थियो। बैठकमा 'मंसिर ४ गतेलाई घोषित संविधानसभा निर्वाचन सुनिश्चित गर्न सरकारले सर्वदलीय बैठक बोलाउन आग्रह गर्ने' विषय राख्ने सहमति भएको छ। बैठकमा विघटित संविधानसभाका सभासद रहेका दलको सहभागिता रहनेछ।
श्रेष्ठले संविधान संशोधन सर्वदलीय बैठकको निर्णयअनुसार हुने जानकारी दिए। 'संविधानसभाको आकार ६ सय १ वा ५ सय ८५ हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्छ,' उनले भने।
पाँच दल सम्मिलित समितिको सदस्य मधेसी जनअधिकार फोरम भने मनोनीत प्रावधानप्रति आपत्ति जनाउँदै वार्तामा सहभागी भएन। फोरमले संविधानसभामा मनोनीतको व्यवस्था गर्नै नहुने धारणा राख्दै आएको छ।