इलाम— समग्र दार्जिलिङको विकासका निम्ति डेढ बर्षअघि गठित 'गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन' (जिटिए)को रिक्त कार्यकारी प्रशासक चयन गर्न बुधवार आयोजित बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बैठकमा सहभागी भएपनि कार्यकारी प्रशासक छनौटमा सहभागी नहुने बताएको गोर्खा जनमुक्ति मोर्चाले अन्तिममा सहभागिता नजनाएपछि बैठक स्थगित भएको हो । ४५ सदस्यीय जिटिएमा मोर्चाले प्रतिनिधित्व नगर्दा मुख्य सचिव र अरु दुई÷चार सदस्यमात्र उपश्थित थिए ।तेलङ्गनालाई छुट्टै राज्य दिइने भएपछि कार्यकारी प्रशासकबाट मोर्चा अध्यक्ष विमल गुरुङले राजीनामा दिएपछि नयाँ प्रशासक खोज्न लामो प्रयासपछि बैठक आयोजना गरिएको थियो । पक्राउ परेका आठ सय नेता–कार्यकर्ता रिहा गर्नुपर्ने र झुठा मुद्दा सबै फिर्ता गर्नुपर्ने सर्त राख्दै त्यसो नगरेसम्म बैठकमा आफ्नो पार्टीका तर्फबाट कोही पदाधिकारी सहभागी नहुने लिखित पत्र मोर्चाले 'जिटिए' मुख्य सचिव आरडी मीनासमक्ष बुझाएको थियो ।
'बैठकमा कार्यकारी प्रशासक छान्ने कुरामा हाम्रो चासो थिएन, जेल र हिरासतमा रहेका नेता–कार्यकर्ता छोडिनुपर्छ भन्ने दवाव दिन बैठक बहिष्कार गरेका हौं' गुरुङले बुधवार भने, 'फेरि जिटिएमैं अल्झिएर हामीलाई दार्जिलिङको विकास गर्नु छैन, छुट्टै राज्य नैं चाहिएको छ ।' १८ जुलाई २०११ मा मोर्चा, राज्य र केन्द्र सरकारवीच भएको सम्झौतापछि 'जिटिए' गठन गर्ने सम्झौता भएको थियो ।
त्यसपछि चुनाव गरेर चयन भएका पदाधिकारीले 'जिटिए' चलाउ"दै आएपछि तेलङ्गना भारतमा नया" राज्य जन्मिने निश्चित भएपछि मोर्चाले 'जिटिए' त्याग्ने घोषणा गर्दै अगष्ट ३ देखि दार्जिलिङक्षेत्रमा आन्दोलन चर्काएको हो । बार्षिक करोडौं बजेट छुट्टिने 'जिटिए'ले मात्र प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बसोवास गर्ने १६ लाख मानिसको आवश्यकता पूरा नहुने भन्दै मोर्चाले गोर्खाल्याण्ड नैं चाहिने अडान राख्दै आएको छ ।
यसैवीच, लेप्चा समुदायको सम्मान ग्रहण गर्न हिजो कालेम्पोङ आएकी मुख्यमन्त्री ममता बनर्जीले 'दार्जिलिङ बंगालबाट विभाजन हु"दैन' भनेकोमा आपत्ति जनाउ"दै अध्यक्ष गुरुङले 'दार्जिलिङ कहिल्यै पनि बंगाल अधिनश्थ नभएको र एकसय सात बर्षदेखि छुट्टै राज्यको माग उठिरहेकाले गोर्खाल्याण्ड अनिवार्य भएको' प्रतिक्रिया दिएका छन् । पैसाको लोभमा लेप्चालाई उचालेर तृणमूल क"ग्रेसले सम्मान कार्यक्रम गरेको आरोप लगाउ"दै मुख्यमन्त्रीको चुनौतीले कोही नडराउने र गोर्खाल्याण्डनिम्ति लडिरहने प्रतिवद्धता जनाएका छन् ।