इलाम — पश्चिमी सिक्किमको योक्सम–टासिडिङ क्षेत्रको तमाबुङ गाउँमा आइतवार राति पहिरो जाँदा एकै घरका चारसहित पाँच नेपालीभाषीको मृत्यु भएको छ। दुई घण्टा जति मुसलधारे झरी परेपछि तोपोङडाँडाबाट पहिरो खस्दा त्यसको पुछार रहेको घरमा सुतिरहेका नेपालीभाषीको पुरिएर मृत्यु भएको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा घरधनी ५७ बर्षीया इन्द्रमाया राई, उनका १८ बर्षीय छोरा साजन राई, बुहारी १८ बर्षीया देशमाया राई, दुई महिनाको बच्चा र ६४ बर्षीय वीरबहादुर सुव्बा छन्। खास घर तोपोङ भए पनि बालीनाली उठाउन तल झरेका उनीहरुको पहिरोले पुरिएर मृत्यु भएपछि पश्चिमी सिक्किमको योक्सम–टासिडिङ क्षेत्रका नेपालीभाषी स्तव्ध छन्।
घटनास्थल पुगेका प्रहरीले पहिरो पन्छाएर मृतकको शव झिकेको र पोष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको सिलिगुडीबाट मंगलवार प्रकाशित 'हिमालय दर्पण'ले उल्लेख गरेको छ। पहिरोले विस्थापित ९ परिवारलाई स्थानीय विद्यालयमा राहत शिविर सञ्चालन गरी राखिएको छ । यसअघि पनि पहिरोले ठूलो क्षति पुर्याएको त्यसक्षेत्रमा सिक्किम सरकारले चा"डै राहत घोषणा गर्ने जनाएको छ ।