नारायणकाजीले बैठकस्थलै छाडेर हिँडे
१६ भदौ २०७०
•
८ मिनेट पाठ
नारायणकाजीले बैठकस्थलै छाडेर हिँडे
काठमाडौं — एकीकृत माओवादीले चुनावी अभियानअघि गर्न खोजेको सांगठनिक कार्यविभाजनको प्रस्तावमा निवर्तमान उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै बैठकस्थल छाडेर हिँडेका छन्। श्रेष्ठ एकाएक बाहिरिएपछि कार्यविभाजन सन्दर्भमा आइतबारदेखि हुने भनिएको केन्द्रीय समिति बैठक सुरु नहुँदै स्थगित भएको छ। पूर्व पदाधिकारी, पूर्व स्थायी समिति, ब्युरो र राज्य संयोजकको संयुक्त बैठकबाटै ब्युरो र राज्य समिति संयोजक चयन गर्न बैठक डाकिएको थियो।

'चुनावकेन्द्रित कार्यविभाजन गर्न लागेका हौं, अझ अलिकति गृहकार्य पुगेन भन्ने कुरा आयो, त्यसैले बैठक सुचारु हुन सकेन,' केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले आइतबार नागरिकसँग भने, 'थप गृहकार्य गरी भोलि बस्छौं ।' उनका अनुसार कार्यविभाजनका लागि गृहकार्य जारी छ ।

बैठकमा सहभागी स्रोतका अनुसार उपाध्यक्ष श्रेष्ठले मधेस ब्युरो इन्चार्ज चयन, आफ्नो उम्मेदवारी क्षेत्र निर्धारण र भारतसँगको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) बारे अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग असहमति प्रकट गर्दै बैठक छाडेर हिँडेका हुन् ।

दाहाल र भट्टराई 'भद्र सहमति' गरेर बैठकमा आउने र त्यही पार्टीमा लागू गर्न खोज्ने प्रवृत्ति देखिएको भन्दै श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको सहभागी एक नेताले बताए ।

अध्यक्ष दाहालले पूर्वपोलिटब्युरो सदस्य हरिबोल गजुरेलले सम्हाल्दै आएको मधेस ब्युरो इन्चार्जमा एमाले परित्याग गरी आएका रामचन्द्र झालाई ल्याउने प्रस्ताव राखेका थिए । श्रेष्ठले उक्त प्रस्ताव ठाडै अस्विकार गरेका छन् । उक्त स्थानमा गिरिराजमणि पोखरेललाई नै दोहो¥याउनुपर्ने श्रेष्ठले अडान राखे । नेता पोखरेलले गजुरेलअघि मधेस ब्युरो इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

'पोखरेल कि झा भन्ने विषयमा दुवै पक्षले आ–आफ्नो अडान राखे, त्यसमा सहमति हुन नसकेपछि कार्यविभाजन नै हुन सकेन,' अर्का सहभागीले नागरिकसँग भने, 'गजुरेलजीले झाको नाम प्रस्ताव गर्नुभयो, उहाँले मान्नुभएन ।'

दोस्रो संविधानसभा निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिने चाहनामा भट्टराई बाधक बनेको श्रेष्ठको बुझाइ छ । गृहजिल्ला भएकाले श्रेष्ठले गोरखा सुरक्षित मानेका छन् । दाहाल र भट्टराई भने श्रेष्ठलाई काठमाडौंबाट उम्मेदवार बनाउन चाहन्छन् । यसमा श्रेष्ठको आपत्ति देखिन्छ ।

'म पहिलोचोटि निर्वाचन लड्न खोजिरहेको छु, त्यसैले गृहजिल्ला गोरखाबाट लड्न चाहन्छु,' श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो, 'बाबुरामजीलाई अरू ठाउँबाट लडाउनुस्, म गोरखाबाटै लड्छु ।'

पहिलो चरणको अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि र जिल्ला÷राज्य समितिले गोरखाबाट श्रेष्ठ र भट्टराई दुवैलाई सिफारिस गरेका छन् । अध्यक्ष दाहाल भने गोरखाबाट बाबुराम भट्टराई र हितराज पाण्डेलाई प्रत्यक्षतर्फ लडाउने योजनामा पुगिसकेका छन् । दाहालले नेवार समुदायको बाहुल्य भएकाले काठमाडौंमा लड्दा मत आउने तर्क राख्दै श्रेष्ठको नाम प्रस्ताव गरेका हुन् ।

बैठकमा निवर्तमान उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठबीच भारतसँगको बिप्पा सम्झौतालाई लिएर पनि चर्काचर्की परेको छ । 'पार्टीले राजनीतिक प्रतिवेदन अझै पारित गर्न सकेको छैन, बिप्पाका बारेमा केन्द्रीय समितिमा छलफल गराउने भनेर हेटौडा महाधिवेशनमा भनियो, तर न आजसम्म प्रतिवेदन पास गरियो, न बिप्पाबारे कुनै ठोस निर्णय लिइयो ?' श्रेष्ठले बैठकमा भने, 'पहिला राजनीतिक प्रतिवेदन पास गरौं र बिप्पाको विषय क्लियर गरौं, अनि कार्यविभाजनतिर जाऔं ।'

उक्त प्रस्तावमा अध्यक्ष दाहाल मौन बसे । भट्टराईले भने कडा प्रतिवाद गर्दै त्यसको जवाफ अध्यक्ष दाहालले दिनुपर्ने धारणा राखे । 'बिप्पाका बारेमा अब अध्यक्षले नै प्रस्ट पार्नुप¥यो, किनकि मैले भारतसँग बिप्पा सम्झौता गर्नुअघि अध्यक्षलाई सोधेको थिएँ, उहाँकै निर्देशनमा गरेको हुँ,' भट्टराईले भने । यसमा अध्यक्ष दाहालले कुनै प्रतिक्रिया दिएनन् ।

महाधिवेशनले चयन गरे पनि भट्टराईकै कारण उपाध्यक्ष परित्याग गर्नुपरेकोमा आक्रोशित रहँदै आएका श्रेष्ठ सातौं विस्तारित बैठकपछि पछिल्ला पार्टीका सार्वजनिक कार्यक्रममा कमै देखिन थालेका छन् । पछिल्लो कार्यविभाजनमा पनि 'अध्यक्ष दाहाल र भट्टराईले एकलौटी गर्न खोजेको' भन्दै श्रेष्ठले असन्तुष्टि जनाएपछि लाजिम्पाट बैठक प्रभावित हुन पुग्यो ।

'औषधी खान बिर्सें, म खाएर आउँछु भनेर बैठक छाडेर हिँडनु भएका प्रकाशजी (श्रेष्ठ) फर्केर आउनुभएन,' सहभागी स्रोतले भन्यो, 'उहाँ फर्केर नआएपछि केन्द्रीय समिति बैठकै नबसी स्थगित भएको हो ।'

बिहान ११ बजे पार्टी मुख्यालयमा सुरु हुने भनिए पनि कार्यविभाजन र भट्टराई–श्रेष्ठबीच लाजिम्पाटमै चर्काचर्की परेपछि समयमा सुरु हुन सकेन । बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका केन्द्रीय नेतालाई २ बजे सुरु हुने जानकारी गराइयो । श्रेष्ठ भने पेरिसडाँडा नै पुगेनन् ।

'पाँच बजेसम्म कुर्दा पनि प्रकाशजी नआएपछि हामी बैठकमै नबसी फर्केर आयौं,' एक केन्द्रीय सदस्यले नागरिकसँग भने । उनका अनुसार केन्द्रीय तहमा कार्यविभाजन मिलाएपछि बैठक सुचारु हुनेछ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस