काठमाडौं — निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख भूमिका हुने र सेना आवश्यकताअनुसार प्रयोग हुने गृह मन्त्रालय स्रोतले जनाएको छ। प्रहरी संख्या अपुग हुने कारणले करिब ४० हजार म्यादी प्रहरी लिने तयारी गृहको छ।गृहसचिव नवीन घिमिरेले शनिबार नागरिकसँग कुरा गर्दै भने, 'चुनावमा सुरक्षा निकायहरूलाई कसरी प्रयोग गर्ने भन्नेबारे एकीकृत निर्वाचन सुरक्षा योजनामा छलफल भइरहेको छ, टुंगो लागिसकेको छैन ।'
तर निर्वाचनको सुरक्षा कमान्ड गृह मन्त्रालयले सम्हाल्ने कुरा घिमिरेले बताए । 'जे हुन्छ, त्यो गृहको कमान्डमा हुन्छ,' सचिव घिमिरेले भने ।
सेनाको भूमिकाबारे बोल्दै उनले भने, 'महत्वपूर्ण संरचनाको सुरक्षा, सुरक्षा घेराको बाहिरी वृत्त, गस्ती, पिकेटिङलगायतका काममा सरकारले सेनाको प्रयोग गर्ने सम्भावना छ ।'
पुरानो अनुभवअनुसार निर्वाचनमा तीन तहको सुरक्षा घेरा हुनेछ । पहिलोमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा सेनाले सम्हाल्ने कार्ययोजना प्रहरीले बनाइसकेको छ । निर्वाचनअघि, मतदानको दिन र निर्वाचनपछि मतगणनासम्म सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिने गृह अधिकारी बताउँछन् । मतपत्र, मतपेटिका ओसारपसार, निर्वाचन स्थलको बाहिरी सुरक्षामा पनि सेना रहनेछन् । सेना स्थल, हवाइ र गाडी गस्ती गरेर जनस्तरमा निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिने रणनीतिअन्तर्गत तोकिएको क्षेत्रमा परिचालित हुनेछ ।
गृहमन्त्री माधवप्रसाद घिमिरेले नागरिकसँगको हालैको अन्तर्वार्तामा पनि मतपेटिका, मतपत्र पु¥याउने काममा सेनाको प्रयोग गरिने जानकारी दिएका छन् ।
अन्तर्वार्तामा उनले भनेका छन्, 'नेपालको संविधान, कानुनअनुरुप आवश्यकताअनुसार सहयोग लिन्छौंजस्तो महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा, मतपत्र, मतपेटिका ढुवानी आदि । संविधान, कानुनबमोजिम तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सेनाको प्रयोग गर्नुपर्ने हुन्छ ।'
कतिपय महत्वपूर्ण संरचनाहरूको सुरक्षा जुन अहिले प्रहरी, सशस्त्र प्रहरीले गर्दैछन्, तिनको जिम्मा सेनालाई दिएर त्यहाँ कार्यरत प्रहरी र सशस्त्र प्रहरीलाई चुनावी सुरक्षामा लगाइने गृहका अधिकारीहरू बताउँछन् ।
प्रहरीले तयार गरेर गृहलाई दिएको सुरक्षा योजनामा सेनाले पैदल, गस्ती, हवाइ गस्ती, गाडी मोबाइलको जिम्मेवारी दिनु उपयुक्त हुने उल्लेख छ । प्रतिवेदनमा प्रत्येक निर्वाचन क्षेत्रमा सेनाको १, १ वटा बेस क्याम्प खडा गरी विषम परिस्थितिमा परिचालन गर्नुपर्ने, विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान, कारागार महत्वपूर्ण पुल, कल्भर्टजस्ता स्थानमा पिकेट मोबाइल ड्युटी मिलाउनुपर्ने उल्लेख छ ।
त्यस्तै, सशस्त्र प्रहरीलाई महत्वपूर्ण प्रतिष्ठान, कारागारलगायतका क्षेत्रको सुरक्षा दिने उल्लेख छ । प्रत्येक निर्वाचन क्षेत्रमा बेस क्याम्प खडा गरी आवश्यक परेका बेला परिचालन गर्ने गाडी, पैदल गस्ती गर्ने, बुथको मतपेटिका संकलनलगायत सुरक्षित साथ मतगणना स्थलसम्म पु¥याउने र मतगणना स्थलको सुरक्षा दिने प्रतिवेदनमा छ ।
नागरिकसँग कुरा गर्दै एक स्रोतले भन्यो, 'सुरक्षा परिषदले निर्णय गरेर सेनालाई जिम्मेवारी दिने गरिन्छ ।'
नेपाली सेनाका प्रवक्ता, जगदीशचन्द्र पोखरेल, विगतका निर्वाचनजस्तै आगामी संविधानसभा निर्वाचनमा सेना खटिने बताउँछन् । अहिलेसम्म सरकारले सेनाको भूमिकाबारे कुनै निर्णय नगरेकाले विस्तृतमा बताउन नसक्ने पोखरेले बताए । उनले भने, 'विगतमा पनि भूमिका खेलेको थियो, सरकारले गर्ने निर्णयका आधारमा भूमिका खेल्छ ।' कति सेना निर्वाचन सुरक्षामा सहभागी हुने भन्नेबारे पोखरेलले बताउन चाहेनन् । उनले भने, 'सरकारको निर्णय नआएसम्म केही भन्न सकिन्न ।'
एकीकृत निर्वाचन सुरक्षा योजनाको गृहकार्य गरिरहेको सरकार नेपाल प्रहरीअन्तर्गत अवकाशप्राप्त सेना र प्रहरी कर्मचारीलाई म्यादी प्रहरीमा भर्ना लिने योजनामा छ । '४० हजार म्यादी प्रहरी भर्ना लिने मन्त्रालयको योजना छ,' गृहस्रोतले भन्यो ।
संविधानसभा निर्वाचनका लागि गृहले करिब १ लाख ५० हजार सुरक्षाकर्मी आवश्यक हुने आँकलन गर्दै आएको छ । नेपाल प्रहरीको करिब ६७ हजार दरबन्दीमध्ये ५४ हजार चुनावी सुरक्षाका केन्द्रित हुनसक्नेछन् । त्यस्तै, ३७ हजार दरबन्दीको सशस्त्र प्रहरीमध्ये करिब २५ हजार निर्वाचन सुरक्षामा केन्द्रित हुनेछन् भने बाँकी सुरक्षाकर्मी म्यादी प्रहरी र सेनाको प्रयोगबाट पूरा गर्ने गृहको योजना छ ।
संविधानसभा निर्वाचन २०६४ मा प्रहरी र सशस्त्र प्रहरीले करिब ७० हजार म्यादी प्रहरी भर्ना गरेका थिए । पहिले म्यादी प्रहरीलाई प्रत्येक निर्वाचन क्षेत्रमा प्रयोग गरिए पनि अब उनीहरू सबै निर्वाचन स्थानमा हुनेछैनन् । गृह स्रोतले भन्यो, 'आवश्यकता हेरी म्यादी प्रहरी परिचालन हुनेछन्, सबै ठाउँमा उनीहरू नहुन पनि सक्छन् ।'
गृह अधिकारीहरूका अनुसार अवकाशप्राप्त भूतपूर्व प्रहरी र सेनाबाट ४० हजार म्यादी लिइनेछ, नपुगे मात्र सर्वसाधारणलाई म्यादी प्रहरीमा भर्ना लिइनेछ । गृहले प्रहरी र सेनाका अवकाशप्राप्त संगठनहरूलाई अनौपचारिक आग्रह गरिसकिएको स्रोतले बतायो ।

४० हजार म्यादी प्रहरी