काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसवादी दलसँग मिलेर सरकार बनाएकोमा पश्चताप गरेका छन्। टुप्पीदेखि पैतलासम्म बद्नाम मधेसवादी दलसँग मिल्नु बाध्यता भएको भन्दै दाहालले आगामी संविधान सभा निर्वाचनमा एमाओवादीलाई स्पष्ट बहुमत दिन आग्रह गरे।'रुखमा चढाएर फेद काट्ने एमालेको वैशाखी टेकेर पहिलो चोटी सरकार बनायौं त्यो वैशाखीको पनि भर भएन', दाहालले भने- 'टुप्पीदेखि पैतलासम्म बद्नाम मधेसवादी दलसँग मिलेर सरकार बनायौं त्यसको पनि भर भएन।' उनले सोही कारण देखाउँदै एमाओवादीलाई स्पष्ट बहुमत दिन आवश्यक भएको तर्क गरे। अध्यक्ष दाहालले आफ्नो सरकारका सहयोगी एमालेलाई गाली गरे पनि मधेसवादी दललाई भने अहिलेसम्म गाली गरेका थिएनन्। पहिलो पटक दाहालले मधेसवादी दललाई बद्नामको संज्ञा दिएका हुन्।
योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो कार्यकालमा कसैले पनि भ्रस्टाचार नगरेको दाबी गरे।
नेता बाबुराम भट्टराईले भ्रस्टाचारीहरुले नै एमाओवादीलाई भ्रस्टाचारी भनेर बद्नाम गराइरहेको आरोप लगाए। 'डिल्लीबजार खोरमा बस्ने अनि हामीलाई भ्रस्टाचारी भन्ने?', भट्टराईले भने- 'भ्रस्टाचारी नै हामीलाई भ्रस्टाचारी भनेर हाँस्यास्पद आरोप लगाइरहेका छन्।'