काठमाडौं — योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले आयोगना गरेको युवा दौड प्रतियोगितमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन्। वाइसिएलको प्रथम अधिवेशनको पूर्व सन्ध्यामा आज बिहान आयोजना गरिएको दौड प्रतियोगितामा युवासँगै अध्यक्ष दाहाल पनि दौडिएका हुन्।
दाहालले त्रिपुरेश्वरमा दौड प्रतियोगिताको उद्घाटन गरेका थिए। त्यसपछि उनी ५ किलोमिटर लामो दौडमा त्रिपुरेश्वरदेखि सुन्धारासम्म सहभागी भए। दौड त्रिपुरेश्वरदेखि सुरु भइ दरवारमार्ग, भद्रकाली हुँदै त्रिपुरेश्वर आएर टुंगिएको थियो। दौडमा एमाओवादीका नेता वर्षमान पुन, हिसिला यमी, लोकेन्द्र बिष्ट लगायतका नेताहरु सहभागी थिए।
प्रतियोगीतामा पुरुष तर्फको खुल्ला दौडमा मानवहादु थापा प्रथम, करण खड्का दोस्रो र लक्ष्मण काफ्ले तेस्रो भएका थिए।
महिलातर्फ मनमती विष्ट प्रथम, बसन्ती कुमाल चौधरी दोस्रो र त्रेया भण्डारी तेस्रो भए। दौडमा विजयी हुनेलाई क्रमस १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
जुनियर दौडतर्फ प्रथम मिनवहादु चौधरी, दोस्रो आजाद महतो, तेस्रो ज्ञानदास चौधरी भए। उनीहरुले क्रमस ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार जिते।
कार्यक्रममा अध्यक्ष दाहालले ४ जना खेलाडिलाई सम्मान गरेका थिए। कराँतेका गंगा देवि अधिकारी र सुनिल लामा, ट्रयाथोलनका राजीव बहादुर गुरुङ र टिकाराम थापालाई सम्मान गरिएको थियो। उनीहरुलाई नगद १५ हजार र ताम्रापत्र प्रदान गरिएको थियो।
युवालाई खेलप्रति अभिरुचि जगाउनको लागी प्रतियोतिता आयोजना गरिएको वाइसिएल खेलकुद विभाग संयोजक दिपक कोइरालाले बताए। लिगको प्रथम अधिवेसन भदौ १५ गते काठमाडौमा हुँदै छ।