रत्ननगर (चितवन)- नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले अब नेपाली राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने बताएकी छिन्।नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको १८ औं स्मृति दिवसका अवसरमा महिला सङ्घ चितवनले आज नारायणगढमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेस पार्टीभित्र पनि महिला प्रतिनिधिको ३३ प्रतिशत सुनिश्चित हुने उल्लेख गरिन।
उनले राजनीतिक सहमतिका आधारमा समयमै निर्वाचन गर्नुपर्नेमा समेत जोड दिइन्।
नेत्री कोइरालाले मङ्गलादेवीले महिलाको अधिकार स्थापित गर्न ठूलो सङ्घर्ष गरेको पनि स्मरण गरिन।
कार्यक्रममा बोल्दै काँग्रेस चितवनका अगुवा महिलाहरुले स्व. मङ्गलादेवी सिंहको अगुवाइमा बनेको सङ्घले महिला अधिकार सुनिश्चितताका लागि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका थिए।