काठमाडौ - उच्चस्तरीय राजनीतिक समितिसँग छलफलमा जुटेको नेकपा- माओवादीका सचिव देव गुरुङले बैठकपछि चुनावको विकल्प नरहेको बताएका छन्। 'राष्ट्रियता गम्भीर संकटमा परेको बेला दलहरुबीच सहमतिको विकल्प छैन,' नागरिकन्युजसँग उनले भने, 'संविधान निर्माण, निर्वाचन र सरकार सबै सहमतिमा गर्नुपर्छ भन्ने हो।'
चुनावमा आउनसक्ने संकेत नेकपा-माओवादीबाट पाएपछि आज हुने भनिएको निर्णायक बैठक अझै लम्बिने देखिएको छ। उच्चस्तरीय राजनीतिक समिति र नेकपा-माओवादीबीचको वार्ता निष्कर्षमा पुग्न भने सकेन। बानेश्वरमा बसेको बैठकमा वैध माओवादीले आफूहरु चुनावमा आउन तयार भएको संकेत गरेको वार्तामा सहभागी एमाले नेता रघुजी पन्तले बताए।
'वैधजीहरु चुनामा आउँछु भन्नु भएको छ,' पन्तले भने- 'उहाँहरुलाई निर्वाचनमा ल्याउन के के गर्नु पर्छ त्यसको लागि फेरी अर्को छलफल हुने छ।'
असन्तुष्ट दलसँगको वार्ता साउनभित्रै टुङ्ग्याउने भन्दै समितिले तयारी गरेको थियो। माओवादीसँगको वार्ता सकिएलगत्तै मधेसी जनअधिकार फोरम नेपालसँग समितिले वार्ता गरिरहेको छ। यसपछि अशोक राई नेतृत्वको सघीय समाजवादी पार्टीसँग वार्ता हुने छ।