काठमाडौं– उच्चस्तरीय राजनीतिक समिति र निर्वाचनप्रति असन्तुष्ट रहेको उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्तामा ४ विषयमा सहमति भएको छ। राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्ने, समानुपातिकको संख्या सिट संख्या बढाउने, उच्चस्तरीय राजनीतिक समितिलाई निस्क्रिय पार्ने र फोटो सहितको मतदाता नामावली संकलन गर्न समय थप्ने विषयमा दुई पक्षबीच सहमति भएको हो।राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम चैत १ गते २५ बुँदे अड्काउ फुकाउ आदेश जारी गरेका थिए। सो आदेशले प्रधान्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाउने आधार जुटाएको थियो।
निर्वाचन क्षेत्र बढाउने र मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिने विषयमा भने मोर्चा र समितिबीच सहमति हुन सकेन। यादव पक्षले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने तथा निर्वाचन क्षेत्र बढाउनुपर्ने माग उठाएको थियो।
'क्षेत्र थप गर्ने र मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्छ भन्ने विषयमाथि थप छलफल होस् भन्ने उहाँहरुले चाहनुभएको छ', वार्तामा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने- 'अरु ४ विषयमा सहमतिमा आइयो भन्नेमा उहाँहरु पनि पुग्नु भएको छ।'
बैठकमा उच्चस्तरीय राजनीतिक समिति संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्णषप्रसाद सिटौला, नेता रामशरण महत लगायतका नेताहरु सहभागी थिए।
मोर्चाका तर्फबाट भने उपेन्द्र यादव, शरदसिंह भण्डारी, पर्शुराम तामाङ सहितका नेताहरु सहभागी थिए। सहमति हुन नसकेका २ बुँदामाथि भोलि दिउसो वार्ता हुनेछ।