काठमाडौं– भारतीय सेलेब्रेटी लेखिका शोभा डेले 'वित्तीय राजधानी मुम्बईलाई महाराष्ट्रबाट अलग्याएर छुट्टै प्रदेश बनाउनुपर्छ' भन्दै गत साता टि्वट गरिन्।
एक सय ४० अक्षरको सीमाभित्र रहेर डेले गरेको टि्वट–प्रस्तावले सामाजिक सञ्जालमा मात्र होइन, पूरै देशमा तरंग ल्यायो। उनको यो भनाइको खोइरो खने, बलिउडकर्मी र मराठी नेताहरूले। मराठी भाषा र समुदायको राजनीति गर्ने शिव सेनाजस्ता पार्टीका कार्यकर्ताले डेको घरैसामु नारा जुलुससमेत गर्न भ्याए।
आन्ध्रप्रदेश टुक्र्याएर तेलंगाना राज्य बनाउने निर्णयसँगै भारतमा फेरि एकचोटि छुट्टै राज्यको माग जागृत भएको छ। विभिन्न स्थानमा जातीय, भाषिक वा आर्थिक कारणले छुट्टै राज्य गठनको माग तीव्र छ।
यही मेसोमा डेले मुम्बईलाई अलग प्रदेश बनाउने टि्वट–प्रस्ताव गरेकी थिइन्।
संघको लडाइँ
एक सातादेखि नेपालीभाषीले दार्जीलिङ र आसपासका क्षेत्र समेेटेर गोर्खाल्यान्ड राज्य माग गर्दै आन्दोलन चर्काएका छन्। छुट्टै प्रशासकीय इकाइको माग त एक शताब्दीअघि अंग्रेजकालदेखिकै हो। उनीहरूको मागप्रति पश्चिम बंगाल राज्य सरकार र केन्द्र सरकार दुवै सकारात्मक छैनन्।
गोर्खाल्यान्डको मागमा असीको दशकतिर सुवास घिसिङको नेतृत्वमा रक्तपातपूर्ण विरोध प्रदर्शन भयो। त्यसैको फलस्वरुप सीमित अधिकारको गोर्खा पार्वत्य परिषद गठन गरियो। त्यसपछि फेरि विमल गुरुङको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन सुरु भयो, जुन समिति स्वायत्तताको सम्झौतामा गएर टुंगियो। अझै पनि बजेट र अन्य प्रशासकीय जिम्मेवारीमा दार्जिलिङ र कोलकोताको कुरा मिलेको छैन।
तेलंगाना राज्य गठनपछि दार्जिलिङका पहाडमा गोर्खाल्यान्डको माग फेरि गुन्जिन थालेको छ। दार्जिलिङ आसपास क्षेत्रमा अनिश्चितकालीन बन्द जारी छ।
त्यस्तै, बिहार र झारखण्डका मैथिली भाषा बोलिने स्थानमा मिथिला प्रदेशको माग गरिएको छ भने बिहार, उत्तर प्रदेश र छत्तिसगढका भोजपुरी भाषा बोल्ने स्थान समेटेर भोजपुरा राज्यको माग पनि उठेको छ। उत्तर प्रदेशको विपक्षी दलकी नेतृ मायावतीको यसमा समर्थन छ। उनले 'उत्तरप्रदेशलाई चार राज्यमा विभाजित गर्न' प्रस्ताव गरेकी छन्। सन् २०११ नोभेम्बरमा उत्तर प्रदेशको मुख्यमन्त्री हुँदा नै उनले यो प्रस्ताव विधानसभाबाट पारित गराएकी थिइन्। केन्द्र सरकारले भने यसमा खासै चासो नदिएकाले भारतकै २० करोड जनसंख्या भएको सबभन्दा ठूलो राज्य विभाजन हुन सकेको छैन।
उत्तर प्रदेश राज्य छुट्टै देश हुन्थ्यो भने यो जनसंख्याका हिसाबले विश्वको पाँचौं देश हुने थियो। मायावतीले उत्तरप्रदेशलाई पूर्वाञ्चल, पश्चिमाञ्चल, अवध र बुङ्देल खण्डमा विभाजित गरिनुपर्ने माग गरेकी छन्। बुङ्देल खण्डमा उत्तर प्रदेश र मध्य प्रदेशको क्षेत्र समेटिनुपर्ने उनको माग छ। भारतको कूल जनसंख्याको करिब साढे १६ प्रतिशत उत्तर प्रदेशमै रहेकाले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्छ।
मायावतीले भने राजनीतिक कारणले भन्दा जनतालाई सुविधा हुने आधारमा राज्य विभाजनको प्रस्ताव गरेको बताउँदै आएकी छन्। तेलंगाना गठनको प्रसंगपछि फेरि उनले यो मागलाई आफ्नो एजेन्डा बनाएकी छन्। सानो राज्य निर्माण गर्दा प्रभावकारी शासन हुने र छिट्टै विकास गर्न सकिने उनको दाबी छ।
उता अजीत सिंह प्रमुख रहेको राष्ट्रिय लोकदलले पनि उत्तर प्रदेशको पश्चिमी भागलाई हरित प्रदेश बनाउन माग गरेको छ।
उत्तर प्रदेशको सत्तारुढ दल समाजवादी भने राज्य विभाजनको विपक्षमा छ। उत्तर प्रदेशमै आग्रा डिभिजन, राजस्थान र मध्यप्रदेशको भारतपुर र ग्वालियर जिल्ला समेटेर बज्रप्रदेश बनाउनुपर्ने माग पनि उठिरहेकै छ।
पश्चिम बंगालभित्रै कान्तापुर राज्यका निम्ति अर्को लडाइँ चलिरहेको छ। पश्चिम बंगालसँग सीमा जोडिएको आसामका पहाड र समथर दुवै क्षेत्रमा छुट्टै राज्य माग हुँदै आएको छ। कर्बिस र बोडो दुवैले लामो समयदेखि छुट्टै प्रदेशको माग अघि सारेका छन्। तेलंगानाको निर्णयसँगै बोडोहरूले आन्दोलन चर्काएका छन्।
तमिलनाडुदेखि कर्नाटकमा समेत छुट्टै राज्यका माग भइरहेका छन्। उडिसा, झारखण्ड र छत्तिसगढ राज्यका केही जिल्ला समेटर कोसल राज्यको माग पनि छ। कुकी आदिवासीले आफू बसोबास रहेको मणिपुर क्षेत्रमा कुकील्यान्डको माग गरेका छन्। भारतको पश्चिमतर्फ पर्ने अरेबियन सागर तटमा बस्ने कोन्कानी भाषीले पनि छुट्टै राज्य खोजेका छन्। नागाल्यान्डको पूर्वी भाग छुट्टयाएर पूर्वी नागाल्यान्ड बनाउनुपर्ने आवाज पनि उठेको छ। लद्दाख क्षेत्रका बासिन्दाले युनियन टेरिटोरी बनाउन माग गर्दै आएका छन्।
तेलंगाना गठनपछि भारतमा २९ राज्य हुनेछन् भने युनियन टेरिटोरी ७ वटा छन्।
यतिमात्र होइन, महाराष्ट्रको पूर्वी क्षेत्रमा बिदर्भ राज्य गठनको विषय निकै पुरानो हो। सन् १९५६ मा मध्यप्रदेशबाट त्यस क्षेत्रलाई काटेर महाराष्ट्रमा पारिएको थियो। महाराष्ट्रका अन्य क्षेत्रले विकासमा ठूलो फड्को मारे पनि बिदर्भ पछ्योटे अवस्थामै छ। कपास खेती गरिने त्यस क्षेत्रका किसानले विपन्न आर्थिक अवस्थाका कारण आत्महत्या गरेको खबरले केहीअघि अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
भारतीय सञ्चारमाध्यमले गृह मन्त्रालयलाई उद्धृत गदर्ैै दिएको समाचारअनुसार अहिले आएजति सबैका माग पूरा गर्ने हो भने भारतमा राज्यको संख्या ५० पुग्नेछ।
इतिहासकार रामचन्द्र गुहाले 'भारत स्वतन्त्र भएको ६५ वर्ष पुगिसकेकाले देश टुक्रिने सम्भावना नभएको' भन्दै जनतालाई प्रभावकारी सेवा दिन सक्नेगरी सानोसानो प्रदेश गठन गरिनुपर्ने बताएका छन्।
'स्वतन्त्र भएको ६५ वर्षपछि अब भारतको एकतामा शंका गर्ने आधार बाँकी छैन,' फाइनान्सियल टाइम्ससँग इतिहासकार गुहाले भनेका छन्, 'आजको वास्तविक समस्या सरकारको गुणस्तर हो, साना राज्यसँग यस्तो समस्या समाधान गर्ने उपाय हुनसक्छ।'
उनका अनुसार भारतका प्रदेशहरूमा जनसंख्या निकै धेरै छ। क्षेत्रफल ठूलो छ। प्रत्येक राज्य विभाजन गर्दा पनि एउटामा औसत सवा चार करोड जनसंख्या पर्छ। संघीय शासन भएका देशको तुलना गर्र्दा यो निकै धेरै हो। ब्राजिलमा प्रत्येक राज्यमा ७० लाख जनसंख्या छ, अमेरिकामा ६० लाख र नाइजेरियामा ४० लाख मात्रै जनसंख्या छ।
थोरै जनसंख्या भएको राज्यले शासन व्यवस्था राम्रो गर्न सकेको र राम्रो आर्थिक प्रगति हासिल गरेको गुहाको तर्क छ।
कांग्रेसका प्रभावशाली नेता दिग्विजय सिंहका शब्दमा 'राज्यको विभाजन परिवार विभाजनजस्तै हो। निश्चित रूपमा यो कठिन निर्णय हो, तर कुनै वैधानिक धारणा आएको छ भने त्यसमा निर्णय लिनैपर्छ।'
राज्य विभाजनको शृंखला
अंग्रेज शासनकालमा भारत, पाकिस्तान र बंगलादेश (विभाजनअघि) मा दुई प्रकारको भूभाग थियो। पहिलो, बेलायतका गभर्नर जनरलको प्रत्यक्ष शासन भएको क्षेत्र, र अर्को राजारजौटाका माध्यमबाट शासन हुने क्षेत्र। भारतको स्वतन्त्रतापछि करिब साढे पाँच सय राजा–रजौटालाई एकीकृत गरियो।
भारतीय कंग्रेस र मुस्लिम लिगबीच स्वतन्त्र हुनुअघि नै मुद्रा, सुरक्षा र परराष्ट्रबाहेक अधिकार प्रदेशलाई नै दिनेगरी छलफल भएको थियो। त्यसलाई मुस्लिम लिगले अस्वीकार गर्यो।
अन्ततः मुलसमानका लागि छुट्टै देश पाकिस्तान जन्म भयो।
सुरुमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र संविधानका मस्यौदाकार भीमराव अम्बेडकर एकीकृत शासनका पक्षपाती थिए। महात्मा गान्धी पञ्चायतलाई सशक्त बनाउनुपर्ने पक्षमा थिए भने बल्लभभाइ पटेलसहितका नेता संघको पक्षमा। कोही छुट्टिएर नजाऊन् भनेर केन्द्रलाई शक्तिशाली र प्रदेशलाई कमजोर बनाउनेगरी संवैधानिक व्यवस्था गरिएको थियो। त्यही भएर भारतको अहिलेको संघीयतालाई 'अर्धसंघीयता' भन्ने गरिएको छ।
पछि भाषाको आधारमा संघ निर्माण गर्न हैदरावादका एक नेता आमरण अनशन बसेका थिए। ती नेताको मृत्युपछि नेहरुले सन् १९५३ राज्य पुनर्गठन आयोग स्थापना गरे। फजल अली आयोगले प्रमुख भाषाका आधारमा प्रदेश निर्माण गर्न सुझाव दिएको थियो। नेहरुले भने सुरुमा समुदायको राज्य बनाउँदा भारत राष्ट्रलाई चुनौती हुने र पृथकतावादलाई प्रोत्साहित गर्न सक्ने ठानेर विरोध गरेका थिए।
तैपनि, सन् १९५६ नोभेम्बरमा प्रमुख भाषाकै आधारमा १४ वटा राज्य गठन गरियो। त्यसमा आन्ध्र प्रदेश, आसाम, बिहार, बम्बे स्टेट, जम्मु कस्मिर, केराला, मध्यप्रदेश, मद्रास प्रदेश, मैसोर प्रदेश, उडिसा, पञ्जाब, राजस्थान, उत्तर प्रदेश र पश्चिम बंगाल थिए। सन् १९६० मा बम्बे स्टेट विभाजन गरेर गुजरातीका लागि गुजरात र मराठीका लागि महाराष्ट्र निर्माण गरियो।
पन्जाब राज्यबाट छुट्टिएर सन् १९६६ मा भाषाकै आधारमा पन्जाब र हरियाणाको विभाजन गरिएको थियो। हिन्दी बोल्नेका लागि हरियाणा र पन्जाबीका लागि पन्जाब कायम गरियो। दुवैले आफ्नो राजधानी मानेको चण्डीगढलाई युनियन टेरोटोरीका रूपमा घोषणा गरिएको छ।
सन् २००० मा भारतीय जनता पार्टीको सरकारले बिहारबाट झारखण्ड, मध्यप्रदेशबाट छत्तीसगढ र उत्तर प्रदेशका पहाडी क्षेत्र समेटेर उत्तराखण्ड राज्य गठन गरेको थियो। झारखण्ड र छत्तीसगढ राज्यको स्थापना एक दशकदेखि चलेको आदिवासी आन्दोलनको उपज हो।
स्वतन्त्रताको ६५ वर्षपछि पनि भारतमा राज्य विभाजनको यो शृंखला कसरी सम्भव भयो त?
यसको कारण हो, भारतको संविधानमा राज्यको संख्या किटान गरिएको छैन। आवश्यकताअनुसार थपघट गर्ने छुट संविधानले नै दिएको छ। यसका लागि लामो प्रक्रिया भने अपनाउनुपर्छ। केन्द्र तथा प्रदेश दुवैको संसदबाट प्रस्ताव पारित भएपछि मात्र राज्य विभाजन हुन्छ।
त्यसै कारण, सन् १९७१ मा भारतमा १६ वटा राज्य थिए। अहिले २९ पुगेको छ।
तेलंगाना गठनको पाठ
तेलंगाना पहिले निजाम राज्यको हिस्सा थियो। भारतमा विलय गरिएपछि त्यसलाई तीन टुक्रामा विभाजन गरियो। त्यसको भूभागलाई एउटा कर्नाटकतर्फ, दोस्रो आन्ध्र प्रदेश र तेस्रो महाराष्ट्र राज्यमा गाभियो।
तेलंगानाका बासिन्दा तेलगु बोल्ने भए पनि उनीहरूको संस्कृति उत्तरी भारतीयसँग मिल्थ्यो। आन्ध्र क्षेत्रका नेता भने आन्ध्र, रायलसीमा र तेलंगाना राज्यमा रहेको तेलुगुभाषीको एउटा राज्य बनाउन चाहन्थे। त्यसलाई सरकारले पनि स्विकार गर्यो। तेलंगानाका जनताले भने स्वीकार गरेका थिएनन्।
तेलंगाना राज्य गठन लामो समयदेखि अलग राज्यको अभियान चलाउँदै आएकाहरूका निम्ति यात्राको समाप्ति हो।
र, नयाँ राज्य गठनको नयाँ आधार पनि हो।
भारतका लागि र यसको प्रजातन्त्रलाई आकार दिने कुरामा रुचि भएकाहरूलाई राज्य गठनको के अर्थ छ?
आन्ध्र प्रदेशको विभाजन भारत स्वतन्त्र भएपछि इतिहासमा पहिलोपटक 'भाषिक राज्य'को विभाजन हो। त्यो राज्य क्षेत्रीय भाषा तेलगु बोल्नेहरूका लागि गठन गरिएको थियो। पचासको दशकको प्रारम्भमा आन्ध्र क्षेत्रमा राज्यको सीमा निर्धारण ऐतिहासिक प्रशासकीय आधारमा नभई भाषिक समुदायका आधारमा हुनुपर्छ भनेर अभियान नै चलेको थियो। त्यही सिलसिलामा तेलगु भाषा बोल्ने तेलंगानाका जिल्लाहरू, रायलसीमा र आन्ध्र तीन क्षेत्र जोडेर सन् १९५६ मा आन्ध्र प्रदेश गठन गरिएको थियो।
सन् १९८९ यता केन्द्रमा कुनै पनि राजनीतिक दलले बहुमत जित्न सकेको छैन। केन्द्रीय सत्ता गठबन्धनमा क्षेत्रीय पार्टीहरू महत्त्वपूर्ण खेलाडीका रूपमा उदाएका छन्। र, योसँगै अलग राज्यको माग पनि प्रखर हुँदै गएको छ।
नयाँ राज्य गठन र त्यसका राजनीतिक उत्पत्तिबारे किताब लेखेका लन्डनको किङ्स कलेजका लेक्चरर लुइस टिल्लिन 'वर्षौंदेखिको राजनीतिक तथा आर्थिक प्रभुत्वलाई चुनौति दिन नयाँ राज्य माग हुने गरेको' बताउँछन्। उनले यसलाई 'राज्य निर्माणको नयाँ आधार' भनेका छन्।
उनी तेलंगानाको मागलाई आर्थिक उदारीकरणपछिको आन्ध्र प्रदेशको अवस्था जोडेर हेर्नुपर्ने बताउँछन्। हैदराबाद विश्वव्यापी पुँजी तथा जनतासँग राम्रो सम्बन्ध भएको भारतको ठूलो सहरमध्ये एक हो। त्यसमा फेसबुकको भारतीय मुख्यालयसमेत छ। हैदरावाद तेलंगाना क्षेत्रमा पर्छ, तर यसको ग्रामीण क्षेत्रको सम्बन्ध निकै तनावपूर्ण थियो।
दिल्ली विश्वविद्यालयका इतिहास प्राध्यापक महेश रंगराजानले पनि पछिल्लो समय तीव्र औद्योगिक विकास गरिरहेको भारतमा जंगल, प्राकृतिक स्रोत भएको स्थानमा पनि छुट्टै प्रदेशको अभियान तीव्र भएको बताएका छन्।
राज्य निर्माणको यो माग जति लोकतान्त्रिक भयो र यसलाई जति सकारात्मक रूपमा लिन सक्यो लोकतन्त्र उति संस्थागत हुने विश्लेषकहरूको भनाइ छ।
संविधानले यतिउति राज्य भनी किटान नगरेकाले र आवश्यकताअनुसार थपघट गर्न सकिने प्रावधानले पनि भारतको सांस्कृतिक विविधतालाई एक बनाएको छ। यो मामलामा संविधान संकीर्ण भइदिएको भए राज्य विभाजन होइन, देशविभाजनको कुरा उठ्नसक्थ्यो भन्ने विश्लेषकको ठम्याइ छ।
(एजेन्सीको सहयोगमा)