काठमाडौं— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पूर्व निर्धारित जापान भ्रमण रद्द भएको छ। पार्टीको भातृ संगठन नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा साउन १८ गतेदेखि दाहालले जापान भ्रमण गर्न लागेका थिए।
अध्यक्ष दाहालको भ्रमणमा उनले जापानमा रहेका एमाओवादी कार्यकर्तालाई प्रशिक्षण दिने लगायतका कार्यक्रम तय भएको थियो।
'उच्च स्तरीय राजनीतिक समितिका अध्यक्ष भएकाले र राजनीतिक मुद्दाहरुमा व्यस्त रहनु पर्ने भएकाले अध्यक्षको भ्रमण रद्द भएको हो', दाहाल निकट स्रोतले नागरिकन्युजसँग भन्यो। दाहालको भ्रमण रद्द भए पनि एमाओवादीका विदेश विभाग प्रमुख राम कार्कीले भने पूर्व निर्धारित मिति १८ साउनदेखि जापानको भ्रमण गर्ने भएका छन्।
'अध्यक्ष नगए पनि विदेश विभाग प्रमुख कार्कीले जापानका सबै कार्यक्रमहरु पूरा गर्नुहुनेछ', स्रोतले बतायो। यसअघि साउन ५ गतेका लागि तय भएको अध्यक्षको जापान भ्रमण विस्तारित बैठकका कारण साउन १८ लाई सारिएको थियो।