काठमाडौं – राष्ट्रपति रामवरण यादवले नेकपा–माओवादीसहित असन्तुष्ट राजनीतिक दलहरूको सहमतिमा तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताएका छन्। राष्ट्रपति यादवले सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनाउन राजनीतिक भेटवार्तासमेत सुरु गरेका छन्। सोमबार उनले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा मालेका महासचिव सिपी मैनालीसँग छुट्टाछुट्टै भेट गर्दै मंसिर ४ को चुनावमा सबैको सहभागिता सुनिश्चित गर्न आ–आफ्नो ठाउँबाट पहलका लागि आगह गरे।तोकिएको समयमा चुनाव नभए प्रतिगामी र विदेशी शक्तिले टाउको उठाउने राष्ट्रपतिको विश्लेषण थियो। 'सबै दललाई नमिलाए चुनाव हुन्न कि भन्ने उहा“को चिन्ता थियो,' मैनालीले राष्ट्रपतिको भनाइ उद्धृत गरे, 'प्रमुख दलबीचको ११ बुँदे राजनीतिक र २५ बुँदे बाधाअड्काउ फुकाऊ आदेशभित्रै रहेर चुनाव हुनुपर्छ, अन्यथा नकारात्मक असर पर्छ।'
असन्तुष्ट दलहरूस“ग चार दलले गरेको वार्ताप्रयासले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गर्दै राष्ट्रपति यादवले नेकपा–माओवादीसहितका दललाई चुनावमा सहभागी गराउन सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताएका थिए। 'सबै दललाई समेटेर चुनावमा जानुपर्छ भन्ने राष्ट्रपतिको जोड छ,' मैनालीले भने।
जनतालाई तोकिएको समयमै चुनाव हुन्छ भन्ने विश्वास दिलाउन र उत्साह ल्याउन दलहरूको सक्रियता कम भएको उनको बुझाइ थियो। 'जनतामा पनि चुनाव हुन्छ र भन्ने आशंका छ,' राष्ट्रपतिको आग्रह थियो, 'जनतामा भरोसा र उत्साह भर्ने काममा लाग्नुहोस्।'
राष्ट्रपतिले देश भनेको जनता र भूगोल दुवै भएको भन्दै निर्वाचन क्षेत्र निर्धारणमा धेरै विवाद नगर्नसमेत आग्रह गरेका थिए। द्वन्द्व र विकासको पूर्वाधार नपुगेकाले पहाडमा जनसंख्या घटेको उल्लेख गर्दै राष्ट्रपति यादवले भने, 'जनसंख्या घट्यो भन्दैमा भूगोललाई प्रतिनिधित्वविहीन बनाउनु हुँदैन।'
सबै दललाई निर्वाचनमा सहभागी गराउन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधान न्यायाधीशबाट राजीनामा गराउनु पर्ने र निर्वाचन मिति सार्न लचिलो हुनुपर्नेलगायत सुझाव आफूले दिएको माले महासचिव मैनालीले बताए।
राष्ट्रपतिले आइतबार निर्वाचन आयोगका पदाधिकारी, शनिबार उच्चस्तरीय राजनीतिक समितिका संयोजकसँग चुनावको तयारीबारे छलफल गरेका थिए।
भट्टराईले आफ्नो प्रस्ताव अध्यक्ष दाहालमार्फत् पारित गराएर सैद्धान्तिक हिसाबले आफूलाई पार्टीमा बलियो बनाएका छन्। उनले पद त्याग गरेर पार्टीभित्र संघर्ष र लडाइँको मोर्चालाई पनि परिवर्तन गरेका छन्।