काठमाडौं - नेकपा एमालेले एकीकृत माओवादी र मधेसवादी दलको आन्तरिक विवादसहित आगामी संविधानसभा निर्वाचनका पाँच प्रमुख चुनौती ठहर गरेको छ।
अध्यक्ष झलनाथ खनालले शुक्रबार पार्टी मुख्यालय बल्खुमा सुरु २२औं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा–माओवादीबाट निर्वाचन बहिस्कार घोषणा, तराईका सशस्त्र समूहबीच हुनसक्ने सम्भावित एकता र निर्वाचन क्षेत्र निर्धारण विवादलाई पनि चुनौतीका रुपमा पहिचान गरिएको छ।
नौ पृष्ठको प्रतिवेदनमा एकीकृत माओवादी र मधेसवादी दलका कारण निर्वाचन हुनेमा आशंका गरिएको छ। 'वैचारिक विचलन, राजनीतिक अवसरवाद र सांगठनिक अराजकताको प्रक्रियाबाट गुजि्ररहेको एकीकृत माओवादी यसबीचमा थप आन्तरिक संकटमा फसेको छ,' प्रस्तावमा भनिएको छ, 'मधेसकेन्द्रित दलहरू आन्तरिक किचलो, दलबदल र गठबन्धन निर्माणका असफल प्रक्रियाबाट गुजि्ररहेका छन्। आफंै संकटमा फसेका यी दलहरूको भूमिका भोलि निर्वाचनका लागि प्रतिकूल बन्ने हो कि भन्ने आशंका पनि कायमै छ।'
मिति घोषणासँगै चुनावको विरोध गर्न थालेका संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपालसहित राजनीतिक दलमा समेत भाग लिने–नलिने द्विविधा बढेको एमालेको निष्कर्ष छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगमा देखिएको विवाद उठाएर यिनीहरुले चुनावमा व्यवधान खडा गर्न सक्ने एमाले आँकलन छ। 'यस विषय (निर्वाचन क्षेत्र निर्धारण) लाई अनावश्यक जटिल बनाउने र तराईको निर्वाचन क्षेत्र बढाउने नाममा पहाड एवं हिमालको प्रतिनिधित्वलाई कटौती गर्न खिचलो सुरु गर्न थालिएको छ,' प्रस्तावमा भनिएको छ, 'अनावश्यक राजनीतीकरण र निर्वाचनमा व्यवधान खडा गर्ने प्रयासप्रति पार्टी सजग छ।'
एमालेले निर्वाचन क्षेत्र संवैधानिक व्यवस्था र मुलुकको जनसंख्या र भूगोलको सन्तुलनलाई ध्यानमा राखेर यस विषय टुंग्याइनुपर्ने पार्टीको अडान रहेको प्रस्ट पारेको छ। मधेसवादी राजनीतिक दलले २०६८ को जनणनाले मधेसमा बढी जनसंख्या देखिएको भन्दै संविधानसभा निर्वाचन क्षेत्र बढाउनुपर्ने माग गर्दै आएका छन्।
निर्वाचनको पक्षमा वातावरण बन्दै गएको र पार्टीको पक्षमा जनलहरसमेत देखिएको एमाले ठहर छ। 'समाजको आम मनोविज्ञान पनि निर्वाचनको पक्षमा बलियो बन्दै गएको कुरा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न देखिएको जनसहभागिताले स्पष्ट पार्छ,' प्रस्तावमा भनिएको छ, 'संविधानसभा निर्वाचनका लागि अभियानमा खटिनुभएका केन्द्रीय प्रतिनिधिले प्रस्तुत गर्नुभएका तथ्य आधारित प्रतिवेदनले राष्ट्रिय राजनीतिमा शक्तिसन्तुलन पार्टीको पक्षमा अनुकूल बन्दै गइरहेको स्पष्ट र उत्साहजनक तस्बिर प्रस्तुत गर्छन्।'
एमालेले निर्वाचनमा एजेन्डा मिल्ने साना वामपन्थी दल तथा लोकतान्त्रिक शक्तिसँग स्थानीय आवश्यकतानुसार एकता गर्ने प्रस्ताव गरेको छ। 'विगत बैठकबाट नेकपा (एमाले) को स्पष्ट बहुमतको योजनाका साथ पार्टी आफ्नै शक्ति, सामर्थ्य र एजेन्डाका आधारमा निर्वाचनमा जाने स्पष्ट पारिसकेका छौं। निर्वाचनसम्बन्धी हाम्रो मुख्य अवधारणा यही नै हो,' प्रस्तावमा भनिएको छ, 'संविधान निर्माणका लागि आवश्यक पर्ने दुईतिहाइ बहुमतका लागि एजेन्डा मिल्ने साना वामपन्थी दल र अन्य लोकतान्त्रिक शक्तिसँग स्थानीय आवश्यकता र स्थितिअनुसार विभिन्न स्तरमा तालमेल, समन्वय र सहकार्यको ढोका पार्टीले खुला राख्नेछ।'
अध्यक्ष खनालले भदौमा हुने राष्ट्रिय प्रतिनिधि परिषदको बैठकबाट निर्वाचन परिचालन कमिटी गठन गर्ने र जारी केन्द्रीय कमिटी बैठकबाट चुनावी घोषणापत्र तयारी कमिटी गठन गर्ने प्रस्ताव गरेका छन्।
अध्यक्ष खनालको प्रस्तावमा अन्तरिम मन्त्रिपरिषदको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्नेमा दीर्घकालीन असर गर्ने निर्णय गर्न थालेको भन्दै आपत्ति व्यक्त गरिएको छ। 'सूचनालाई नियन्त्रण गर्ने नयाँ सञ्चार नीति र अध्यागमनको व्यवस्थापनमा विदेशी संलग्नतालगायत कतिपय निर्णय विवादास्पद देखिएका छन्,' प्रस्तावमा भनिएको छ, 'यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइनेछ र सरकारलाई निर्वाचनको पक्षमा सकारात्मक वातावरण निर्माणमा केन्द्रित हुन ध्यानाकर्षण गरिनेछ।'
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिवेदनमाथि शनिबारबाट छलफल हुने जानकारी दिए। उनका अनुसार बैठकमा निर्वाचन परिचालन अभियान– २०७० को समीक्षा, केन्द्रीय कमिटी मनोयनन, संगठनात्मक प्रस्ताव, संविधानसभा निर्वाचन तयारी, राष्ट्रिय प्रतिनिधि परिषदको बैठकका अतिरिक्त स्थानीय निकाय तथा भौतिक संरचना विभागको प्रतिवेदन, महिला फाँटको प्रस्ताव, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनसम्बन्धी प्रस्ताव, सहकारी सम्बन्धमा लगायत प्रस्तावमा छलफल हुनेछ।