चीनको चार अर्ब सहयोग
१० असार २०७०
•
५ मिनेट पाठ
चीनको चार अर्ब सहयोग
कामाडौं - चीनले संविधानसभा चुनाव र विभिन्न विकास–निर्माणमा नेपाललाई करिब ४ अर्ब रुपैयाँ सघाउने भएको छ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र दुईदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा मंगलबार त्यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदैछ।
चीनले 'बाइलेटि्रयल फ्रेमवर्क एग्रिमेन्ट' अन्तर्गत निर्वाचन र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि उक्त रकम सघाउन लागेको हो। त्यसमध्ये संविधानसभा निर्वाचनका लागि एक करोड युआन (करिब १६ करोड रुपैयाँ) र प्रतिष्ठान निर्माणका लागि ३ अर्ब ६० करोड रुपैयाँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
डेढ वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका क्रममा प्रतिष्ठान निर्माणमा आर्थिक सहयोग दिने सैद्धान्तिक सहमति भएको थियो। उक्त भ्रमणमा जेइची विदेशमन्त्रीका रुपमा सम्मिलित थिए। चीनले त्यतिबेला विभिन्न परियोजनामा ७ सय ५० चिनियाँ युआन (करिब १२ अर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो।
सिंहदरबारस्थित मन्त्रिपरिषद कार्यालयमा मंगलबार एक कार्यक्रमबीच निर्वाचन, प्रतिष्ठान निर्माण र सहायतासम्बन्धी तीन सहमतिपत्रमा अर्थ सचिव शान्तराज सुवेदी र चिनियाँ उपवाणिज्यमन्त्री जियाङ योपिङले हस्ताक्षर गर्नेछन्।




सोमबार अपराह्न काठमाडौं आइपुगेका जेइचीले संविधानसभा निर्वाचन घोषणाको स्वागत गर्दै त्यसमा चीनको सहयोग रहने बताए।
'चीन सधैं नेपालमा विकास र शान्ति हेर्न चाहन्छ, नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गर्न सधैँ तत्पर छ,' नेपाली समकक्षी गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग सोमबार साँझ राजधानीस्थित होटल याक एन्ड यतीमा भएको द्विपक्षीय बैठकमा जेइचीलाई उद्धृत गर्दै परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले भने, 'संविधानसभा निर्वाचनले नै नेपालमा स्थिरता कायम गर्न सक्छ।'
उनले चुनाव मिति घोषणाको स्वागत गर्दै निर्वाचनलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन चीन तयार रहेको पनि जनाए।
बैठकमा नेपाल सरकारका छजना सचिव कृष्णहरि बास्कोटा, दुर्गाप्रसाद भट्टराई, शान्ताराम सुवेदी, जनार्दन नेपाल, तुलसी सिटौला र नवीन घिमिरेसमेत थिए। चीनका तर्फबाट पनि जेइचीका साथ उपविदेशमन्त्री जियाङ यिसुई, उपवाणिज्यमन्त्री जियाङ योपिङ, सार्वजनिक सुरक्षासम्बन्धी उपविदेशमन्त्रीलगायत थिए।
द्विपक्षीय बैठकमा थप परियोजनामा समेत सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरिएको थियो। पयर्टन र जलविद्युत क्षेत्रमा चीनको सहयोग मागिएको थियो। पश्चिम सेती जलविद्युत परियोजनामा सहयोग गर्न पनि चीनलाई विशेष आग्रह गरिएको थियो।
'हवाइसेवा विस्तार र रेल सेवाले नेपाललाई जोड्न हामीले आग्रह गर्‍यौं,' परराष्ट्र प्रवक्ता थापाले बैठकबारे जानकारी दिए, 'सहयोग गर्न चिनियाँ पक्ष सकारात्मक रहेको पायौं।' एक चीन नीतिमा वषर्ौंदेखि अडिग रही नेपालमा चीनविरोधी गतिविधि हुन नदिएकोमा बैठकमा चिनियाँ पक्षले धन्यवाद दिएको थियो।
मंगलबार साँझ स्वदेश फर्कनुअघि जेइचीले कार्यबाहक राष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलगायतसँग भेट गर्ने कार्यक्रम छ। मंगलबार नै उनले एक कार्यक्रमबीच चिनियाँ सहयोगमा सुरु हुन लागेको काठमाडौं रिङरोड सुधार अयोजनाको उद्घाटन गर्नेछन्। कलंकीदेखि कोटेश्वरसम्मको ९ किलोमिटर सडक विस्तार गरिने छ। जेइचीको भ्रमण टोली १९ सदस्यीय छ।
रेग्मी सरकार गठनयता जेइची नेपाल भ्रमण गर्ने सबैभन्दा ठूला चिनियाँ अधिकारी हुन्।
अर्को समाचार
चीनले दियो साढे चौध अर्ब
नागरिक
१४ चैत्र २०७१
•
९ मिनेट पाठ
चीनले दियो साढे चौध अर्ब
हङकङ-चीनले नेपाललाई साढे चौध अर्ब रुपैयाँ नयाँ आर्थिक सहयोग घोषणा गरेको छ। शनिबार चीनको हाइनानस्थित बोआओ सहरमा राष्ट्रपति रामवरण यादवसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ आर्थिक सहयोग प्रस्ताव गर्दै सुरक्षा सहयोग सुदृढ गर्न आग्रह गरेका छन्।‘एसियाका लागि बोआओ मञ्च' को वार्षिक सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न शनिबार त्यहाँ पुगेका नेपाल र चीनका राष्ट्रपतिबीच साँझ बोआओस्थित स्टेट गेस्ट हाउसमा करिब आधा घन्टा औपचारिक भेटवार्ता भएको हो। गणतन्त्र स्थापना भएको करिब सात वर्षपछि नेपालका राष्ट्रपतिसँग उत्तरी छिमेक चीनका राष्ट्रपतिले पहिलो भेटवार्ता गरेका हुन्।




चीनका लागि नेपाली राजदूत महेश मास्केले दुई राष्ट्रपतिबीचको पहिलो भेटवार्ता निकै उपलब्धिमूलक रहेको बताए। ‘कोदारी राजमार्गको स्तरोन्नति र अन्य यातायात पूर्वाधारमा लगानी गर्ने गरी चिनियाँ राष्ट्रपतिले नेपाललाई ९० करोड युआन (करिब १४ अर्ब ४८ करोड रुपैयाँ) आर्थिक सहयोग घोषणा गरेका छन्,' बोआओमा दुई राष्ट्रपतिबीचको भेटवार्तामा संलग्न राजदूत मास्केले नागरिकसँग भने, ‘पाँच वर्षभित्र तालिमलगायत १५ सय कार्यक्रम तथा कृषि प्रविधिमा सहयोग गर्न चीन तयार भएको छ।' 

राष्ट्रपति यादवले नेपाल संविधानसभाबाट संविधान बनाउने प्रक्रियामा रहेको जानकारी दिँदै नयाँ आर्थिक सहयोगप्रति चीनलाई धन्यवाद दिएका छन्। राजदूत मास्केका अनुसार चिनियाँ राष्ट्रपतिले नयाँ संविधान छिट्टै जारी होस् भनेर नेपाललाई शुभकामना दिए। राष्ट्रपति यादवले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा स्वागत गर्न उत्सुक रहेको भन्दै चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको मास्केले जनाए। 

चिनियाँ कम्युनिस्ट पार्टीको अनलाइन पत्रिका ‘पिपुल्स डट सिएन' का अनुसार वार्तामा राष्ट्रपति यादवले नेपाल ‘एक चीन नीति' मा प्रतिबद्ध रहेको बताएका थिए भने चिनियाँ राष्ट्रपतिले सुरक्षा अझ सुदृढ गर्न आग्रह गरेका थिए।

‘नेपालले आफ्नो भूमिमा कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधि गर्न अनुमति दिने छैन भन्ने हामी आशा गर्छौं,' पिपुल्स डट सिएनले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीलाई उद्धृत गर्दै लेखेको छ, ‘कानुन प्रवर्द्धन र सुरक्षा सहयोग अझ प्रगाढ बनाउन दुवै पक्ष तयार हुनुपर्छ।'

‘एसियाका लागि बोआओ मञ्च' को वार्षिक सम्मेलनमा राष्ट्रपति यादवलाई स्वागत गर्दै राष्ट्रपति सीले तिब्बत र ताइवान मामिलामा चीनको दृढ समर्थन गरेकोमा नेपालको प्रशंसा गरे। दुई देशबीच असल छिमेकी र सुरक्षा अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै राष्ट्रपति सीले भने, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति चीनको दृढ समर्थन छ।' 

भेटवार्तामा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सव शृंखलाबद्ध रूपमा मनाउने दुई राष्ट्र प्रमुखबीच समझदारी भएको छ। चीन र नेपाल पारस्परिक राजनीतिक आदर गर्ने राम्रो मित्र रहेको उल्लेख गर्दै राष्ट्रपति सीले नयाँ परिस्थितिमा नेपालसँगको सम्बन्धलाई नयाँ उचाइ दिन चीन तयार रहेको बताएका छन्। 

राष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध स्थापना भएको ६० वर्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा जतिसुकै परिवर्तन आए पनि दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेकोमा नेपालले गर्व गर्ने बताए। नेपाल र चीनले साझा चासोका विषयमा आपसी समझदारी निर्माण गरी अघि बढ्नुपर्ने बताउँदै राष्ट्रपति यादवले चीनले अघि सारेको सिल्करोड आर्थिक क्षेत्रको योजना तथा एसियाली पूर्वाधार लगानी बैंकलाई नेपालले दृढ समर्थन गर्ने विश्वास चिनियाँ राष्ट्रपतिलाई दिएका छन्। 

‘क्षेत्रीय आर्थिक विकास प्रवर्द्धनमा चीनसँग सार्क राष्ट्रको सहयोग बलियो हुने आश नेपालले लिएको छ,' राष्ट्रपति यादवले भने, ‘नेपाल अन्तर्राष्ट्रिय मामिलामा चीनले खेलेको महत्वपूर्ण र सकारात्मक भूमिकाको प्रशंसा गर्छ र चीनसँग सहयोग सुदृढ गर्न इच्छुक छ।'

चीनले अघि सारेको सिल्करोड आर्थिक क्षेत्रको योजनामा नेपालले समर्थन जनाएकोमा राष्ट्रपति सीले धन्यवाद दिए। साथै, नेपालसँग भौतिक पूर्वाधार, जलविद्युत विकास, कृषि, विज्ञान र प्रविधिको आधुनिकीरणजस्ता अन्तरसम्बन्धित क्षेत्रमा दुई पक्षले सहयोग बलियो बनाउन आग्रह गरे। चिनियाँ राष्ट्रपतिले साँस्कृतिक आदानप्रदान बढाउन आग्रह गर्दै चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा तथा तिब्बत, सिचुवान र अन्य छिमेकी प्रान्तलाई नेपालसँग आदानप्रदान र सहयोग बढाउन प्रोत्साहित गरिने आश्वासन दिएका छन्। 

राष्ट्रपति यादवले अपराह्न बोआओमै अस्ट्रियाका राष्ट्रपति हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। 

शनिबार बिहान ‘एसियाका लागि बोआओ मञ्च' मा पहिलोपटक सम्बोधन गर्दै राष्ट्रपति यादवले नेपालमा लगानी गर्न चीनलगायत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। लगानीका लागि नेपालको शासन ‘उदार र आकर्षक' रहेको उल्लेख गर्दै राष्ट्रपतिले पूर्वाधार, जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधि लाभदायक क्षेत्र हुनसक्ने बताए। 

गरिबी र शान्ति सँगसँगै जान नसक्ने तर्क गर्दै राष्ट्रपति यादवले क्षेत्रीय आर्थिक समृद्धिका लागि साझा लक्ष्य बनाउन आग्रह गरे। चीनका राष्ट्रपति सी जिनपिङसहित १५ देशका नेता सहभागी बोआओ वार्षिक सम्मेलनमा यादवले भने, ‘नेपाल एसियाली पूर्वाधार विकास बैंक तथा सिल्करोड आर्थिक क्षेत्रजस्ता क्षेत्रीय पहललाई सहयोग गर्न तयार छ।' 

बिहीबार ग्वान्झाओ हुँदै सान्या पुगेका राष्ट्रपति यादव शुक्रबार नेपालमण्डप अवलोकन गरी शनिबार बिहान सम्मेलनमा सहभागी हुन बोआओ नगर पुगेका थिए। बोआओको कार्यक्रम सकेर साँझ राष्ट्रपति प्रतिनिधिमण्डल हाइनान प्रान्तको राजधानी हाइकु पुगेको छ। आइतबार त्यहाँबाट तिब्बतको राजधानी ल्हासा उड्ने कार्यक्रम छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस