सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिने घोषणा गरेका छन्। त्यस विषयमा आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई मन्त्री गुरुङले आग्रह समेत गरेका छन्।
सञ्चार मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे समयमै सुझाव दिन आग्रह गरेका हुन्।
उनले भने, 'मन्त्रालयको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुझाव दिन म सरोकारवाला सबै निकायलाई आग्रह गर्दछु', सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, 'नेपाल पत्रकार महासंघलगायतका संघ, संगठनहरुले दिएको सुझावको आधारमा कोभिड प्रभावित श्रमजीवि पत्रकारहरुलाई राहत प्याकेज घोषणा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु।'