काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण क्रममा नयाँदिल्ली पुगेका छन्। भारत सरकारको निम्तोमा आइतबार बिहान दिल्ली पुगेका उनले राजनीतिक भेटघाट सुरु गरेका छन्।
देउवाले आइतबार साँझ नेपाल सोलिड्यारिटी सोसाइटीका अध्यक्ष डिपी त्रिपाठीसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई देशबीच आपसीहितका विषयमा छलफल गरे। देउवासँगै पत्नी आरजु राणा साथै केन्द्रीय सदस्य विमलेन्द्र निधि पनि छन्। त्रिपाठीले देउवाको सम्मानमा रात्रि भोज आयोजना गरेका थिए। त्यसअघि देउवा नेपाली जनसम्पर्क समिति भारतले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेशसचिव रञ्जन मथाईलगायत उच्च पदस्थ पदाधिकारीसँग भेट्ने कार्यक्रम छ।
भारत जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले भ्रमणमा दुई देशबीच सम्बन्ध विस्तार, जलस्रोतको विकासमा सहयोग, संविधानसभा चुनावलगायत विषयमा कुरा हुने जनाए। 'नेपाल–भारत सहयोग, सम्बन्ध विस्तार, सिँचाइ तथा जलस्रोत विकासका विषयलाई प्राथमिकतामा राखेर भारतीय नेताहरूसँग कुरा गर्नेछु,' उनले भने, 'जलस्रोत विकासमा दुवै देश मिलेर गर्न सकिने धेरै काम छन्।' संविधानसभा निर्वाचन, त्यसका लागि हुन सक्ने प्राविधिक, व्यवस्थापकीयलगायत सहयोगका विषयमा पनि कुरा हुने उनले बताए।
एक अर्को प्रसंगमा नेता देउवाले जारी राजनीतिक अन्योलको एक मात्र निकास संविधानभसा निर्वाचन भएकाले थ्रेस होल्डको अडान छोडेर भए पनि निर्वाचनमा जानुपर्ने बताए। 'थ्रेस होल्डका विषयमा अहिले भइरहेको विवादले निर्वाचन अनिश्चित बनाएको छ,' उनले भने, 'दलीय सहमति जुट्न नसके निर्वाचनसम्बनधी कानुनमा बिनासर्त अघि बढ्नु पर्छ। मैले सभापतिलाई पनि भनेको छु।'
निर्वाचन बिथोल्न भएको बहानाबाजीमा कांग्रेस सहयोगी बन्न नहुने र चुनावी वातावरण बनाउनुतर्फ लाग्नुपर्ने उनले जनाए। देउवा शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।